शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

आर्थिक

फेसियल हाउस को १३ औं बार्षिकोत्सव सम्पन्न

फेसियल हाउस को १३ औं बार्षिकोत्सव सम्पन्न

आर्थिक, समाचार
नेपालको अग्रणी ब्यूटी सैलुन फेसियल हाउसले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार राजधानी स्थित जमलमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रम सभासद शान्ता चौधरीको प्रमुख आतिथ्यता र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ वरिस्ठ सौन्दर्यविद प्रा. डा. राजश्री श्रेष्ठ लयायतको उपस्थिती रहेको थियो । कार्यक्रमा स्वागत मन्तब्य व्यक्त गर्दै फेसियल हाउसका संरक्षक तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले नेपालमा लगानीको सुरक्षा नहुँदा व्यवसायी बन्न गार्हो बन्ने गरेको आफुले महशुश गर्ने गरेको बताएका ...
नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्गलाई प्रवर्द्धन गर्न सानिमा बैंक क्यूआर कोडबाट भुक्तानी सुरु

नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्गलाई प्रवर्द्धन गर्न सानिमा बैंक क्यूआर कोडबाट भुक्तानी सुरु

आर्थिक, समाचार
नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्गलाई प्रवर्द्धन गर्न क्यूआर कोडबाट भुक्तानी को सुरुवात डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रबर्द्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यूआरकोड बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ ।  नेपाल राष्ट्र बैंक , सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  फलफूल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी गरेका छन ।  यस तरकारी बजारमा अपवाद बाहेक सम्पूर्ण पसलहरुमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने भएको बैंकले जनाएको छ । डिजिटल अर्थतन्त्रको विकासका लागि  यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिदै दैनिक उपभोग गर्ने वस्तुहरुको खरिदमा डिजिटल बैकिङ्गको प्रयोगलाई बढावा दिने बैंकले जनाएको छ ।   डिजिटल भुक्...
नेपाल धितोपत्र बोर्डले  शेयर ब्रोकरको  कमिशन घटायो

नेपाल धितोपत्र बोर्डले शेयर ब्रोकरको कमिशन घटायो

आर्थिक, समाचार
 नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा शेयर ब्रोकरले पाउने कमिशन घटाएको छ। बोर्डले अधिकतम ०.४० प्रतिशत कमिशन पाउने व्यवस्था गरेको हो। यसअघि ब्रोकरले अधिकतम् ०.६५ प्रतिशतसम्म कमिशन लिँदै आएका थिए। पछिल्लो दिनहरुमा शेयर कारोबारको रकम बढेको भन्दै शेयर लगानीकर्ताहरुले ब्रोकर कमिशन घटाउनुपर्ने भन्दै आन्दोलनसमेत गरिरहेका थिए। हालै अर्थमन्त्री विष्णु पौडेलले पनि शेयर ब्रोकर कमिशन घटाउन निर्देशन दिएका थिए। ...
बिहिबार नेप्से २९ दशमलव ८३ अंकले घटेको छ

बिहिबार नेप्से २९ दशमलव ८३ अंकले घटेको छ

आर्थिक, समाचार
साताको कारोबारोको अन्तिम दिन बिहिबार सेयर बजार ३० अंकले घटेको छ। संसद विघटन पछि आइतबार घटेर इतिहास कायम गरेको नेप्से समग्र साता भरमा स्थिर रहँदै २०३८ दशमलव ६३ अंकमा बन्द भएको छ। बिहिबार नेप्से २९ दशमलव ८३ अंकले घटेको हो। बिहिबार होटेल र टे«डिङ बाहेक सबै समूहका कम्पनीको कारोबारोमा गिरावट आएको छ। बिहिबार नबिल बैंकको सर्वाधिक ६१ करोड बराबरको कारोबारो भयो। यस्तै सर्वाधिक गुमाउने कम्पनीमा भने समृद्धि फाइनान्स, युनाइटेड इदिमोर्दी हाइड्रोपावर को मूल्य सर्वाधिक घटेको छ। दिनभरीमा २०४ कम्पनीको सेयर ५ अर्ब ३६ करोड रुपैयाँमा किनबेच हुँदा २८ कम्पनीको मात्रै मूल्य बढेको छ। ९ कम्पनीको मूल्य स्थिर हुँदा बाँकी सबै कम्पनीको मूल्य घटेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को  पुस २९ गते ३९ औं बार्षिक साधारण सभा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुस २९ गते ३९ औं बार्षिक साधारण सभा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते ३९ औं बार्षिक साधारण सभा बोलाएको छ । नेप्सेको कार्यालय यु.एन.आई.शान्तिमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्दै २० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । नेप्सेको  ५० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । सभाले नेप्सको अधिकृत पूँजी , जारी पूँजी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । पूँजीबृद्धि भएपश्चात प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने हुदाँ उक्त प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि नेप्सेले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । ...
नेपाल राष्ट्र बैंकले आज(मंगलवार) को लागि गरेको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज(मंगलवार) को लागि गरेको विदेशी मुद्राको विनिमयदर

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले आज(मंगलवार) को लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार १ अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र बिक्रिदर ११८ रुपैयाँ ३५ पैसा कायम गरेको छ । त्यस्तै एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९५ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६८ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुन मुद्राको मूल्य कति ? ...
सेयर बजारमा  ठुलो गिरावट

सेयर बजारमा ठुलो गिरावट

आर्थिक, समाचार
 साताको पहिलो दिन आइतबार सेयर बजारमा इतिहासकै दोस्रो ठुलो गिरावट आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि गरेको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि सेयर बजारमा इतिहासकै दोस्रो ठूलो गिरावट आएको हो। आइतबार सेयर बजार ९६ दशमलव ८८ अंकले घटेर १९३५ दशमलव ६३ बिन्दुमा बन्द भएको छ। यसअघि तीन हप्ता पहिले मात्रै राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्ने नीति अपनाएपछि बजार एकै दिन १२३ अंकले घटेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको छ। यो नै सेयर बजारमा इतिहासकै दोस्रो ठूलो गिरावट हो। पछिल्लो केही समय घट्दो क्रममा रहेको कारोबारो रकम आइतबार भने ह्वात्तै बढेको छ। आइतबार १९८ कम्पनीको १ करोड ४० लाख कित्ता सेयर ९ अर्ब ५ करोड रुपैयाँमा खरिदबिक्री भयो। आइतबार ७ वटा कम्पनीको मूल्य मात्रै बढ्दा अरु सबै ...
आफ्नो मिहिनेत र परिश्रमको मुल्य नपाउनु किसानको लागी दुर्भाग्य

आफ्नो मिहिनेत र परिश्रमको मुल्य नपाउनु किसानको लागी दुर्भाग्य

आर्थिक, समाचार
डा.डिआर उपाध्याय उखु किसानहरु हलो र जुवा सहित काठमान्डौको माइतिघरमा आन्दोलित छन् । उनीहरुले आफ्नो बक्यौता रकम पाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका हुन्। उनिहरुले उठाएका माग प्रति विभिन्न संघ सस्था र केही समुह हरुले समर्थन जनाएका छन् । सरकारले पनि उनीहरुका मागप्रति सकारात्मक भइ रकम बुझाउन बाँकी चिनी उद्योगीहरुलाई तुरुन्तै किसानको खातामा जम्मा गरिदिन दबाब दिएको छ । यदि किसानको मागलाई बेवास्ता गरेको अवस्थामा राज्यले उनीहरुलाई पक्राउ गर्ने बताइसकेको छ । उखु किसानले हरेक वर्ष झमेला । खेपिरहन बाध्य छन् उनीहरूले आफ्नो उत्पादन चिनीउद्योगलाई उपलब्ध गराउँदै आएका छन् तर उनीहरुले तत्कालै मूल्य पाउँदैनन्। किसानहरु मर्कामा छन् उनीहरू उधारोमा कारोबार गर्न बाध्य छन् । उनीहरुले उधारो दिएको उखुको मुल्य वर्षौंसम्म उठाउन सक्दैनन्। समयम आफ्नो भुक्तानी नपाएपछि उनीहरू आर्थिक रूपले संकटमा पर्छन्।यी समस्...
नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो

नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो

आर्थिक, समाचार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधवार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन आज पनि दोहोरो अङ्कले घटेर बजार बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.७० बिन्दुले ओरालो लागेर २०३२.५१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०४ बिन्दुले घटेर ३८५.९४ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ४१ लाख १४ हजार ४६० कित्ता शेयर रु ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ बराबरको कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज लघुवित्त उपसमूहको शेयर मात्रै उकालो लागेको छ । सो उपसमूह भने ९।२८ ले उकालो लागेको हो । त्यस्तै, बैंकिङ ११.४, व्यापार ५८.०१, होटल ३२.०६, विकास बैंक १६.६८, जलविद्युत् २७.३६, वित्त ८.३९, निर्जीवन बीमा १३५.५९, उत्पादन ३५.१, अन्य ३२.४५, जीवन बीमा २७४.२७ र सामूहिक ल...
नेप्से ६ दशमलव २० अंक घट्दै २ हजार ५५ दशमलव २२ विन्दुमा

नेप्से ६ दशमलव २० अंक घट्दै २ हजार ५५ दशमलव २२ विन्दुमा

आर्थिक, समाचार
 साताको चौथो दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। बुधबार बजार परिसूचक ६ दशमलव २० अंक घट्दै २ हजार ५५ दशमलव २२ विन्दुमा बन्द भएको छ। यसअघि मंगलबार बजार ५ दशमलव ७५ अंकले घटेर २ हजार ६१ दशमलव ४१ विन्दुमा बन्द भएको थियो। बुधबार नेप्से परिसूचकसँगै मंगलवारको तुलनामा कारोबार रकम पनि घटेको छ। मंगलबार रू. ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार बराबरको ९७ लाख ५५ हजार ५४७ कित्ता सेयर खरिदबिक्री भएको थियो। बुधबार भने रू. ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार बराबरको १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता सेयर कारोबार भएको छ। बुधबार सर्वाधिक कारोबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको रू.३९ करोड ४३ लाख ९५ हजार बराबरको सेयर खरिद बिक्री भएको छ। ...