आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुस २९ गते ३९ औं बार्षिक साधारण सभा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते ३९ औं बार्षिक साधारण सभा बोलाएको छ । नेप्सेको कार्यालय यु.एन.आई.शान्तिमार्ग, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्दै २० प्रतिशत बोनस शेयर र ३० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । नेप्सेको  ५० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । सभाले नेप्सको अधिकृत पूँजी , जारी पूँजी र चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

पूँजीबृद्धि भएपश्चात प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने हुदाँ उक्त प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि नेप्सेले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *