आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

नेप्से आइतबार मात्रै ५० दशमबल २० अंकले  वृद्धि, ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार

नेप्से आइतबार मात्रै ५० दशमबल २० अंकले वृद्धि, ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार

आर्थिक, समाचार
यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ । आइतबार मात्रै ५० दशमबल २० अंकले नेप्से वृद्धि भएको छ ।  आइतबार नेपाल  लाइफको ६६ करोड ८२ लाख ७३ हजार बराबरको शेयर खरिद विक्री भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ७९ लाख बराबरको शेयर खरिद विक्री भएको छ ।  आइतबार नेपाल टेलिकमको पनि ३१ करोड ८९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । आइतबार १५ वटा कम्पनीको शेयर बढेर सर्किट लागेको छ ।  गुराँस लाइफ, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त लगायतका कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।  ...
आजबाट सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा,शेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने

आजबाट सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा,शेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने

आर्थिक, समाचार
आजबाट सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा आएको छ । टी प्लस टु लागू भएपछि शेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आज आइतबारबाट सेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएको हो । यसअघि ‘टी प्लस थ्री’ कार्यान्वयनमा रहेको थियो । तीन दिनभित्र कारोबार सम्पन्न हुने चक्रिय प्रणालीलाई ‘टी प्लस थ्री’ र दुई दिनभित्र सम्पन्न हुने राफसाफ प्रक्रियालाई टी प्स टु’ भनिएको हो ।  यो व्यवस्था लागू भएपछि कारोबार भएको तेस्रो दिन अर्थात पर्सीपल्ट नै राफसाफ तथा फछ्र्याैट हुने सीडीएसका प्रमख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए । ‘कारोबार भएको दिनलाई गणना नगरी त्यसको दुई दिनमा राफसाफ प्रक्रिया सकिने हो,’ उनले भने ‘यसअघि कारोबारको तेस्रो दिनपछिमात्रै राफसाफ हुने गरेको थियो । उनका अनुसार नयाँ व्यवस्थाअनुसार अब धितोपत्रको बिक्री कारोबार...
१२ अर्ब १६ करोड ७ लाख रुपैयाँ बराबरको १७ सय केजी सुन आयात

१२ अर्ब १६ करोड ७ लाख रुपैयाँ बराबरको १७ सय केजी सुन आयात

आर्थिक, समाचार
काठमाडौं – पछिल्लो समय सुनको आयातमा वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्ममा गत वर्षको तुलनामा २ सय ५० केजी बढी सुन आयात भएको छ । पुससम्ममा १२ अर्ब १६ करोड ७ लाख रुपैयाँ बराबरको १७ सय केजी सुन आयात भएको छ । गत वर्ष ७ अर्ब ८८ करोड १६ लाख रुपैयाँ बराबरको १४ सय ५० केजी सुन आयात भएको देखिएको थियो । यो भन्सार विभागको तथ्यांक हो । यो आयात गत वर्षको तुलनामा ४ अर्ब २७ करोड ९१ लाख रुपैयाँ बराबर (२ सय ५० केजी)ले बढी हो ।सुनको आयात गत वर्षको तुलनमा बढेको छ । तर कारोबार हेर्ने हो भने शुन्य जस्तै अवस्थामा छ । विगतका वर्षहरुमा यो अवधी भनेको सबैभन्दा बढी सुन बिक्री हुने अवधी हो । वैशाख, जेठ, असार, भदौ, असोज, कार्तिक, मंसिर, माघ र फागुनमा लगन तथा ठूला चाडवाड पर्ने भएकाले दैनिक ५०/६० केजीको हाराहारीमा कारोबार हुने गथ्र्यो । तर यसपाली भने चाडवाड र विवाहको लगनमा पनि प...
प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु

प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु

आर्थिक, समाचार
भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको जानकारी दिए । यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रूपमा अध्ययन गरी सोको प्रतिवेदन निगमलाई बुझाइसकेको छ । पहिलो चरणको अध्ययन प्रतिवेदनले मल कारखानामा प्राकृतिक ग्यासको प्रयोगबारे स्पष्ट गर्न नसकेकाले दोस्रो चरणको अध्ययन सुरु गरिएको भट्टराईले बताए । छ महिनाभित्र प्रतिवेदन तयार गर्ने लक्ष्यसहित दोस्रो चरणको अध्ययन निगमले गरिरहेका छ । सबै दृष्टिले उपयुक्त देखिएको अवस्थामा प्रस्तावित यो पाइपलाइन निर्...
नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय

नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय

आर्थिक, समाचार
 नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ। विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ। यही लोकप्रियताले पश्चिमा मुलुकमा नेपाली चियाको माग उच्च छ। नेपाली चियाको ठूलो हिस्सा खपत हुने भारतबाहेक अन्य तेस्रो मुलुकमा नेपाली चिया उच्च मूल्यमा बिक्छ। विश्वका कुनाकुना पुग्ने नेपाली चिया नेपालकै अधिकांश जिल्लामा अहिले पनि देखिँदैन। अर्थोडक्सलाई स्वास्थ्यबद्र्धक मानिन्छ तर एकातिर गुणस्तरीय र अर्कातिर स्वदेशी उत्पादन भए पनि नेपालमै पहिचान बनाउन नसक्नु लज्जास्पद देखिन्छ। भारतले नेपाली चियालाई ‘गुणस्तरहीन’ भन्दा पनि भारतमै चिया बेच्नुपर्ने बाध्यता छ तर नेपाली बजारमा चिया पुर्याउन अहिलेसम्म कसरत भएकै देखिँदैन। पन्ध्र प्रतिशत अर्थोडक्स मात्र नेपालमा खपत हुने गरेको तथ्याङ्कले देखाउँछ...
पिएचडी चेम्वरको आयोजनामा फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो शुरु

पिएचडी चेम्वरको आयोजनामा फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो शुरु

आर्थिक, समाचार
काठमाडौं, माघ -नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको पिएचडी चेम्वर अफ कमर्सले बुधबारबाट फाइभ पि नेपाल भर्चुअल अन्तर्राष्ट्रिय एक्स्पो आयोजनामा ल्याएको छ । जनवरी २० देखि २३ सम्म जारी रहने उक्त एक्स्पोको भर्चुअल समुद्घाटनसंगै नेपाल भारत व्यवसाय प्रवद्र्धनका चुनौति तथा संभावना बिषयमा वेबिनार समेत आयोजना गरिएको छ । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडको बेलामा नेपाल भारत वीच व्यवसाय प्रवद्र्धनका बिषयमा कार्यक्रम आयोजना गरेकोमा पिएचडी चेम्वरलाइ धन्यबाद दिदै दुइ मुलुक बीच विद्यमान व्यापार तथा लगानीका विविध चुनौति एवम् संभावना बारे प्रकाश पारे । भारतले अन्य मुलुकहरुमा गरेको लगानीको तुलनामा नेपालमा नगन्य लगानी भएकोले भारत तथा नेपालका निजी क्षेत्रले नेपालमा भारतीय लगानी बढाउन संयुक्त पहल गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष श्रेष्ठले नेपालमा कृषि,जडिवुटीजन्य, खनिज ...
जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजश्व संकलन

जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजश्व संकलन

आर्थिक, समाचार
जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार राजश्व संकलन गरेको छ । कार्यालयले आ.व ०७७-०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजश्व संकलन भएको जनाएको छ । राहदानी शुल्कबापत ९२ लाख १० हजार ५००, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्ट्रेशन नवीकरण शुल्क पाँच लाख ३६ हजार २२० संकलन गरेको छ । त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना,जफत शुल्क दुई लाख आठ हजार ९००, हातहतियारको इजाजतपत्र दस्तुर ६५ हजार ६५० र अन्य प्रशासनिक सेवा शुल्क आठ हजार ७३० गरी उक्त राजस्व संकलन गरेको हो । जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३४५, प्रतिलिपि नागरिकता दुई हजार १३४ नाबालक परिचयपत्र ११०, अङ्गिकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । त्यसैगरी जिल्लाबाट सिफारिस गरिएका राहदानी एक हजा...
अब कृषिक्रान्तिमा जोड गरौँ

अब कृषिक्रान्तिमा जोड गरौँ

आर्थिक, समाचार
डा.डिआर उपाध्याय हाम्रो देश नेपाल विश्वमान चित्रमा कृषि प्रधान देश भनेर चिनिन्छ । तर हामी अझैसम्म कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ । जबसम्म हामी कृषिमा आत्मनिर्भर हुन सक्दैनौँ तब सम्म देश समृद्धि तर्फ जान सक्दैन । यो युग प्रविधिको युग हो । अन्य विकसित देशमा कृषिमा नयाँ नयाँ प्रविधिको विकास भएको छ । तर हाम्रो देशमा अहिले सम्म पनि परम्परागत रुपमा नै किसानहरु कृषि पेसा गर्न बाध्य छन् । यो हाम्रो देशको बाध्यता हो । युवा जनशक्तिको अभावमा धेरै खेतीयोग्य जमिन बाँझा छन् । युवाहरु रोजगारीको अवसर नपाएर विभिन्न देशमा आफ्नो श्रम बेच्न विवश छन् । राज्यले युवावर्गलाई कृषि सम्वन्धि तालिम र कृषिमा आधुनिक उपकरण उपलब्ध गराउँन सकेको खण्डमा खेतीयोग्य जमिन बाँझा रहने थिएनन् । जसले गर्दा अरु देशको उत्पादनमा परनिर्भर हुनु पर्ने अवस्था आउने थिएन । अब राज्यले ढिलाइ नगरी युवा लक्षित कृषि कार्यक्रम ल्याउन...
आज नेप्से १५.८७ अंकले बढेर ६ अर्ब २१ करोड ९ लाखको कारोबार

आज नेप्से १५.८७ अंकले बढेर ६ अर्ब २१ करोड ९ लाखको कारोबार

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साताको चौथो दिन आज (बुधबार)  दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्सेमा सामान्य अंकको गिरावट आएको थियो । आज नेप्से १५.८७ अंकले बढेर दुई हजार तीन सय ४२ दशमलब ७६ विन्दुमा पुगेको छ भने ६ अर्ब २१ करोड ९ लाखको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बाहेक अन्य समूह बढेका छन् बुधवार सर्वाधिक रकमको शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । हाल कायम प्रतिशेयर मूल्यलाई घटाएर रू. ५० मा झार्न लागेको कम्पनीको बुधवार रू. ६१ करोड ४० लाख ८९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबारसँगै कम्पनीको शेयरमूल्य पनि ७ दशमलव २९ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १९६ ले बढेर नेपाल लाइफ इन्स्योरेन्सको अन्तिम शेयरमूल्य रू. २ हजार ८८५ पुगेको छ । यस कम्पनीले नेपालको धितोपत्र कारोबारको इतिहासमा पहिलो पटक शेयर संख्...
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वाणिज्य बैंकसहित पाँच कम्पनीहरुलाई ऋणपत्र विक्री गर्न अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वाणिज्य बैंकसहित पाँच कम्पनीहरुलाई ऋणपत्र विक्री गर्न अनुमति

आर्थिक, समाचार
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वाणिज्य बैंकसहित पाँच कम्पनीहरुलाई ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, एनसीसी बैंक, मञ्जुश्री फाइनान्स  र कामना सेवा विकास बैंकले ऋणपत्र विक्री गर्न बोर्डको अनुमति पाएका हुन् ।  बोर्डले मञ्जुश्री फाइनान्सलाई ८ वर्षे अवधिको वार्षिक ९ दशमलव ५ प्रतिशत व्याजदरको ५ लाख कित्ता ऋणपत्र विक्री गर्न पुस २६ गते अनुमति दिएको हो । कुल कित्तामध्य कम्पनीले ३ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र २ लाख कित्ता परिपत्र विधिमात्र विक्री गर्नेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । प्राइम बैंकलाई पनि पुस २६ गतेनै बोर्डले ८ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत व्याजदर रहेको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको हो । बैंकले कुल कित्तामध्य २१ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र १४ लाख कित्ता परिपत्र विधिबाट...