आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अपराध

बत्ती बलेको तीन दिनपछि अज्ञात समूहद्धारा तोडफोड

बत्ती बलेको तीन दिनपछि अज्ञात समूहद्धारा तोडफोड

अपराध
कात्तिक १७ सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ३ को राया गाउँमा तीन दिन अगाडि यही कात्तिक १४ गते उद्घाटन गरिएको विद्युत् अज्ञात समूहले तोडफोड गरेका छन् । राया खोला जलविद्युत्को पावर हाउसको झ्याल, विद्युत् सप्लायर्सका तारलगायतका सामग्री अज्ञात समूहले आइतवार राती तोडफोड गरेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा क्षेत्र विकास कोषबाट एक करोड लगानीमा निर्माण कार्य सम्पन्न भएर उद्घाटन कार्य गरी गाउँमा बत्ती बलेको अवस्थामा अज्ञात समूहले तोडफोड गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । रासस ...
तीनकुने पुलमुनि पुरुषको शव फेला

तीनकुने पुलमुनि पुरुषको शव फेला

अपराध
कात्तिक १६ काठमाडौं । काठमाडौंको तीनकुनेस्थित बागमती नदीको पुलमुनि एक पुरुषको शव फेला परेको छ ।अन्दाजी ३०–३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् । सो विषयमा अनुसन्धान भइरहेको उनले बताएका छन् ।
ललितपुरको जुवाखालबाट पूर्वमन्त्री सहित १० जना पक्राउ

ललितपुरको जुवाखालबाट पूर्वमन्त्री सहित १० जना पक्राउ

अपराध
कात्तिक १६ काठमाडौं । ललितपुरको एक  जुवाखाल  बाट पूर्वमन्त्री सहित १० जना पक्राउ परेका छन् ।हाल जनता समाजवादीका नेता रहेका पूर्वराज्यमन्त्री कोभारी राय सहित १० जनालाई प्रहरीले आइतबार बिहान ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट एक लाख ५३ हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी प्रभाव स्वम्भुबाट खटिएको टोलीले उनीहरुलाई जुजा खेल्दा खेल्दै पक्राउ गरेको हो ।डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कोभारी राज्यमन्त्री थिए । शेरबहादुर देउवा र लोकेन्द्र बहादुरको पालामा पनि कोभारी राज्यमन्त्री थिए । प्रकाउ पर्नेहरुमा कोभारीसहित उत्तरकुमार लामा, पार्वत भण्डारी,सविन लामा, कञ्चन तामाङ, दवेन्द्र श्रेष्ठ, विक्रम लामा, जितपुर लामा रहेका छन् । ...
बालिकामाथि जबर्जस्ती गर्न खोज्ने दुई जना आफन्त पक्राउ

बालिकामाथि जबर्जस्ती गर्न खोज्ने दुई जना आफन्त पक्राउ

अपराध
कात्तिक १६ ताप्लेजुङ । ताप्लेजुङमा दुई बालिकामाथि जबर्जस्ती करणीको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा सिदिङ्वा ४, साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय आइन्द्रहाङ लिम्बू र आठराइ त्रिवेणी गाउँपालिका २ बस्ने २५ वर्षीय बालकृष्ण माबो लिम्बू छन् ।रासस ...
काठमाडौंको टोखामा अपरिचित व्यक्तिको छुरा प्रहारबाट युवकको मृत्यु

काठमाडौंको टोखामा अपरिचित व्यक्तिको छुरा प्रहारबाट युवकको मृत्यु

अपराध
कात्तिक १४ काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–५ मा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।अहिले वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गरिरहेको छ । ...
प्रहरीको खोजी सूचीमा र्‍यापर भिटेन

प्रहरीको खोजी सूचीमा र्‍यापर भिटेन

अपराध
कात्तिक १४ काठमाडौं । समाजले पचाउन नसक्ने अश्लिल शब्द प्रयोग गरेर गीत बनाएको भन्दै र्यापर भिटेन उर्फ समीर घिसिङलाई प्रहरीले खोजी गरिरहेको छ । प्रहरी प्रधान कार्यालयको उजुरी छानवीन तथा गुनासो शाखामा उजुरी परेपछि उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए लगत्तै साइबर व्यूरोले उनको खोजी गरेको हो । ‘यस पटक प्रहरीमाथि नै र्यापमार्फत आक्रमण गरेको र समाजमा अश्लिलता फैलाउने शब्द राखेका कारण प्रहरीले उनलाई पक्राउ गरी कारवाही अघि बढाउछ त्यसका लागि साइबर व्यूरोलाई निर्दैशन गइसकेको छ’, प्रहरी प्रवक्ता कुवेर कडायतले भने । भिटेनको नयाँ गीत ‘पारा’ एक साताअघि युट्युवमा पोस्ट गरेका थिए । भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरोलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । एक वर्षअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोप...
काठमाडौं भित्रिँदै गरेको ठूलो परिमाणको पटाकासहित एक जना पक्राउ

काठमाडौं भित्रिँदै गरेको ठूलो परिमाणको पटाकासहित एक जना पक्राउ

अपराध
कात्तिक १३ काठमाडौं । रौतहटबाट काठमाडौं भित्रिँदै गरेको ठूलो परिमाणको पटाकासहित एकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार नागढुंगा चेक प्वाइन्टबाट रौतहट राजदेवी नगरपालिका-६ का ३२ वर्षीय पिन्टु जैसवाललाई पक्राउ गरिएको हो।  प्रहरीका अनुसार उनी ना६ख ७११४ नम्बरको यात्रुबाहक बसमा पटाका लिएर काठमाडौं आइरहेका थिए। उनको साथबाट खुर्सानी पटाका ८ हजार ४०० थान, सिंगल रकेट १२ थान, गमला पटाका ८० थान, बुलेट पटाका १०० थान र लामो रकेट पटाका १९० थान बरामद भएको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए। पक्राउ परेका जैसवाललाई हिरासतमा राखिएको छ। उनीमाथि मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान थालिएको श्रेष्ठले बताए।  पटाका विशेषगरी तिहार छठ पर्वमा बढी प्रयोग हुने गरेको छ। असुरक्षित प्रयोग भए मानिसको ज्यानसम्म जानसक्न...
ट्राफिक प्रहरीलाई ५ सयदेखि ३ हजारसम्म घुस दिन खोज्ने ८ जना पक्राउ

ट्राफिक प्रहरीलाई ५ सयदेखि ३ हजारसम्म घुस दिन खोज्ने ८ जना पक्राउ

अपराध
कात्तिक १३ काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैँ कारवाहीमा परेका छन् । दशैँका अवधिमा सवारी नियम उल्लङ्घनविरुद्ध चलाइएको कारवाही अभियानका क्रममा नियम उल्लङ्घन गर्ने उनीहरुले प्रहरीलाई नै आर्थिक लोभ देखाएपछि कारवाही गरिएको छ । यसरी कारवाहीमा पर्नेमा आठ सवारी चालक तथा सहचालक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, विक्रम तामाङ, प्रेमबहादुर तामाङ, खड्गबहादुर सुनुवार, अभिक आचार्य र अविन शाही छन् । उनीहरुले सवारी नियम उल्लङ्घन गरेपछि कारवाही गर्न खोज्ने ट्राफिक प्रहरीलाई रु ५०० देखि तीन हजारसम्म दिन खोजेका थिए । महाशाखाले कुनै प्रलोभनमा नपरी आर्थिक लाभ इन्कार गरेर संलग्नलाई नियमानुसार कारवाहीका दायरामा ल्याउने ती ट्राफिक प्रहरीलाई पुरस्क...
नग्न तस्बीर तथा भिडियो माग्नेसँग सचेत रहन नेपाल प्रहरीको आग्रह

नग्न तस्बीर तथा भिडियो माग्नेसँग सचेत रहन नेपाल प्रहरीको आग्रह

अपराध
कात्तिक १३ काठमाडौं ।नेपाल प्रहरीको साइबर ब्यूरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लिल गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ। विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क हुन आग्रह गरिएको हो। यस्ता गिरोहले प्रविधिको दुरुपयोग गरेर व्यक्तिको फेसबुक ह्याक भएको बहाना बनाई त्यसको प्रमाणीकरणका लागि नग्न तस्वीर वा श्रव्यदृष्य माग गर्ने गरेको पाइएको ब्यूरोको विज्ञप्तिमा उल्लेख छ। ‘उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक...
तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

अपराध
कात्तिक १३ काठमाडौं । कपिलवस्तु र बझाङमा तास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मध्य बनगाईबाट तास खलिरहेको अवस्थामा सोही नगरपालिका-७ कोईली बनगाई बस्ने ४३ वर्षीय सन्तोष गिरी लगायत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो । यसैगरी बझाङको जयपृथ्वी नगरपालिका-४ गोलाईस्थित सिन्केडाँडा बस्ने दिपक बहादुर सिंहको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित गोलाई बस्ने ३२ वर्षीय गगन खाती लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  दिपकको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई ७० हजार ७ सय ३० रुपैयाँ र १ ग...