आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अपराध

बारामा प्रहरीले गोली चलाएको छ,गोली लागेर एक स्थानीयवासी गम्भीर घाईते

बारामा प्रहरीले गोली चलाएको छ,गोली लागेर एक स्थानीयवासी गम्भीर घाईते

अपराध, समाचार
बारामा प्रहरीले गोली चलाएको छ । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा एक प्रहरीले गोली चलाउन पुगेको हो । सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप हुन पुगेको र सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर एक स्थानीयवासी गम्भीर घाईते भएका छन् भने एकजना प्रहरी नायव निरीक्षक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। ...
बैंकिङ कसुर  ठहर भएका फरार अभियुक्त एक वर्षपछि आज पक्राउ

बैंकिङ कसुर ठहर भएका फरार अभियुक्त एक वर्षपछि आज पक्राउ

अपराध, समाचार
अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि एक वर्षपछि आज पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैंकिङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो। प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र रू ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो। प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताए। झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी बताए। प्रसाईँलाई कार्यालय खुलेपछि अदालत...
काठमाडौंको सुन्धारास्थित मस्जिदमा तोडफोड

काठमाडौंको सुन्धारास्थित मस्जिदमा तोडफोड

अपराध, समाचार
 काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ ।.शनिवार बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन । एक सय वर्ष भन्दा पुरानो भनिएको यो मस्जिदमा भूमाफियाको तारो समेत बन्ने गरेको छ । निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् । मस्जिद परिसरमा भेटुनभएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए । यस अघिपनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए । यस्तै मस्जिद रहेको काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भ...
बारामा प्रहरी र भारतीय नागरिकबीच गोली हानाहान

बारामा प्रहरी र भारतीय नागरिकबीच गोली हानाहान

अपराध
कात्तिक ५ निजगढ । बारामा एकजना भारतीय नागरिक र प्रहरीबीच गोली हानाहान भएको छ ।बुधबार दिउँसो ३ बजेतिर प्रहरी र भारतीय नागरिकबीच बाराको सिम्रोनगढ नगरपालिका–९ सानो बंकुलमा गोली हानाहान भएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्ति प्रहरी देखेपछि भागेका थिए । प्रहरीले रोक्न खोज्दा उनले प्रहरीमाथि नै पेस्तोल ताकेर गोली चलाएका थिए ।त्यसपछि प्रहरीले गोली हानेर उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीद्वारा गोली प्रहार गरी नियन्त्रणमा लिइनेमा भारतको मातिहारी पूर्वी जम्पारणको दूधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाह छन् । ‘शंका लागेर प्रहरीले रोक्न खोज्दा भागेको थियो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा उसले प्रहरीलाई गोली हानेको थियो, तर लागेन,’ जिल्ला प्रहरी कार्यालय बाराका एसपी कृष्ण पंगेनीले भने, ‘त्यपछि हाम्रो (प्रहरीको) टोलीले गोली हानेर नियन्त्रणमा लिएको हो ।’ प्रहरीका अनुसार कुशवाहको बाय...
गुगलविरुद्ध अमेरिकी सरकारले गर्‍यो मुद्दा दायर

गुगलविरुद्ध अमेरिकी सरकारले गर्‍यो मुद्दा दायर

अपराध
कात्तिक ५ काठमाडौं । अमेरिका सरकारले इन्टरनेटमा सर्च (खोजी) इन्जिन गुगलविरुद्ध मुद्दा दायर गरेको छ ।प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिका सरकारले गुगलविरुद्ध मुद्दा दायर गरेको हो । गुगलले एकाधिकार अन्त्य गर्ने प्रतिस्पर्धा सम्बन्धी कानून उल्लंघन गरेको आरोप उजुरीमा छ ।गुगलले मुद्दालाई गम्भीर रुपले त्रुटीपूर्ण भनेको छ । कम्पनीले आफ्ना कुनै पनि सेवाहरु पूर्णतः प्रतिस्पर्धात्मक रहेको र पहिलो प्राथमिकतामा जहिले पनि प्रयोगकर्ता नै रहने गरेको बताएको छ । अमेरिकी नियामक निकायबाट कुनै पनि प्रविधि कम्पनीमाथिको यो अहिलेसम्मकै प्रमुख मुद्दा हो ।एक वर्ष भन्दा लामो समय अनुसन्धान गरेपछि प्रविधि क्षेत्रको ठूलो कम्पनी गुगलविरुद्ध उसले अमेरिका र विश्वभर गरेका प्रयासलाई निशाना बनाई मुद्दा दायर भएको हो । ...
बन्धक बनाइएकी बालिकाको उद्धार

बन्धक बनाइएकी बालिकाको उद्धार

अपराध
कात्तिक ५ काठमाडौं । ललितपुर हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ । ती बालिका हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको महानगरीय प्रहरीवृत सातदोवाटोका प्रहरी नायव उपरीक्षक (डीएसपी) मित्रबन्धु शर्माले जानकारी दिए । बारा जिल्ला सिम्रौनगढ १ धर भई हाल महालक्ष्मी नगरपालिका ४ मनकामना चोक बस्ने गुड्डी शाहकी आठ वर्षकी छोरी अनुखा शाह कोठाभन्दा बाहिर खेलिरहेको समयमा साइकल चढेर आएका तीन जनाले साइकलमा राखी अपहरण गरेको थाहा पाएपछि आफूहरुले उद्दार गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताए । अपहरण गरेर शरीर बन्धक गरी राख्ने कार्यमा सम्लग्न हुनेमा सर्लाही जिल्ला हरिवन ८ बासटोल घर भई हाल हरिसिद्धि बस्ने वर्ष ३० का राजु कार्की, काभ्रे जिल्ला नमोबृद्ध ८ बुझाकोट घर भई हरिसिद्धी बस्ने वर्ष २३ की सीता परियार र धनुषा जिल्ला धारापानी गाउ...
प्रहरीलाई गोली हानेर भागेका मेचे ६ वर्षपछि पक्राउ

प्रहरीलाई गोली हानेर भागेका मेचे ६ वर्षपछि पक्राउ

अपराध
कात्तिक ४ काठमाडौं । हरीलाई नै गोली हानेर भागेका अपहरणकारी ६ वर्षपछि पक्राउ परेका छन्। झापाको मेचिनगर १२ का ३८ वर्षीय रमेश मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले काठमाडौंबाट पक्राउ गरेको हो। उनले २०७१ माघ १८ गते विर्तामोड नगरपालिका ६ का सुनिल कुमार अग्रवाललाई अपहरण गरी बन्धक बनाएका थिए। उनी र बजरंग पन्सारीले अपहरण गरी एम्बुलेन्समा लिएर गएका थिए। हतियार देखाएर अग्रवाललाई एउटा घरमा बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। माघ २३ गते अपहरणमुक्त गराउने क्रममा मेचेले प्रहरीलाइृ नै गोलि प्रहार गरेर फरार भएका थिए। उनको गोली प्रहारबाट एक प्रहरी घाइते भएका थिए। उनीविरुद्ध अपहरण तथा ज्यान मुद्दामा जिल्ला अदालत झापाले १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। नयाँ बसपार्कस्थित होटल काठमाडौंबाट पक्राउ गरेर झापा पठाइएको सीआईबी प्रमुख डीआईजी सहकुल थ...
रौतहटमा सुतिरहेका दम्पतीमाथि धारिलो हतियारले आक्रमण

रौतहटमा सुतिरहेका दम्पतीमाथि धारिलो हतियारले आक्रमण

अपराध, समाचार
कार्तिक २ रौतहट ।रौतहटको मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले सांघातिक आक्रमण भएको छ। धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानका छेउमा र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको छ। उनीहरुलाई गम्भीरावस्थामा तत्कालै उपचारका लागि गए राति एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ। रातभरिको उपचारपछि दुवैको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए। राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात मानिसले दुवैमाथि धारिलो हतियारले आक्रमण गरेको थियो। आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृतिअनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले चोर आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रनाउ श्रेष्ठले घरमा...
घुस लिएको अभियोगमा पक्राउ

घुस लिएको अभियोगमा पक्राउ

अपराध
कात्तिक १ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई रु १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेवापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले आज पक्राउ गरेको हो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनलाई रुपन्देही सैनामैना नगरपालिका–६ स्थित कलौनी चोकबाट पक्राउ गरिएको हो ।यस्तै आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी र निजकी श्रीमती निर्मला केवटलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । थुनामा रहेका आरोपीलाई छुटाइदिन सहयोग गरेवापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा शुक्रबार सियारी गाउँपालिका –७ स्थित खनाल मिठाइ पसल नजीकैबाट नियन्त्रणमा लिइएको हो ।उनीहरुलाई शुक्रबार पक्राउ गरिए पनि अनुसन्ध...
फेसबुकमार्फत अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा दर्ता

फेसबुकमार्फत अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा दर्ता

अपराध
असोज ३० काठमाडौं । नक्कली फेसबुक पेज बनाई अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप विगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गर्ने व्यक्ति विरुद्ध मुद्दा चलाइएको छ। प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा अनुसन्धान गरी अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको व्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । उनले ख्यातीप्राप्त महिला कलाकारको फोटोको स्वरुप विगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो । हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अश्लिल गतिविधि सञ्चालन गरेको पाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। उनी विरुद्ध अछामको ढकारी गाउँपालिकाले नामको अनधिकृत पेज बनाई गाउँपालिकाको बदनाम गरेकाले खोजी गरी कानुन अनुसार कारवाहीका लागि व्यूरोमा पत्रा...