बारामा प्रहरीले गोली चलाएको छ । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा एक प्रहरीले गोली चलाउन पुगेको हो ।
सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप हुन पुगेको र सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर एक स्थानीयवासी गम्भीर घाईते भएका छन् भने एकजना प्रहरी नायव निरीक्षक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।
