आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अपराध

चितवनमा  रु ९७ लाख चोरी गर्ने पक्राउ

चितवनमा रु ९७ लाख चोरी गर्ने पक्राउ

अपराध, समाचार
चितवन प्रहरीले रु ९७ लाख चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन्। उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए। थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए। प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टरमा निज कविराज बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेका अवस्थामा रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा रु ४० लाख गरी रु ९७ लाख र चोरीमा प्रयोग हुने औजारसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिए। थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइर...
कर्मनासा खोलाको जग्गा कम्पनीको नाममा दर्ता, ३५ जना जग्गाधनी अनुसन्धानको दायरामा

कर्मनासा खोलाको जग्गा कम्पनीको नाममा दर्ता, ३५ जना जग्गाधनी अनुसन्धानको दायरामा

अपराध
कात्तिक ३० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।खोलाको प्राकृतिक धार परिवर्तन गरी तत्कालीन नापी कार्यालय, मालपोत कार्यालय र तत्कालीन ललितपुर उपमहानगरपालिकाका केही कर्मचारीको मिलेमतोमा कर्मनासा खोलाको करिब सात रोपनी जग्गा हडपेर कम्पनीको नाममा दर्ता गरेपछि आयोगमा उजुरी परेको थियो । त्यसपछि आयोगले अनुसन्धान सुरु गरेको हो । सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने असल भावना भएका केही व्यक्तिको उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषय...
मलेसियामा नेपाली युवकले छुरा हानेर गरे सिक्किमकी युवतीको हत्या

मलेसियामा नेपाली युवकले छुरा हानेर गरे सिक्किमकी युवतीको हत्या

अपराध
कात्तिक २७ काठमाडौं । मलेसियामा एक नेपाली युवकले छुरा प्रहार गरी सिक्किम घर भएकी एक युवतीको हत्या गरेका छन् ।बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत ती युवतीको हत्या भएको हो । छुरा प्रहार गर्ने युवकको पहिचान खुलिनसकेको बताइए पनि उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हत्या गरिएकी युवती सिक्किमकी आइतमाया मगर भएको त्यहीं कार्यरत नेपालीले जानकारी दिएका छन् । दर्शन नमस्ते होटल नेपाली व्यवसायीकै हो । मलेसियन प्रहरीले घटनाको मुचुल्का गरेर शव उठाइसकेको छ । घटनाबारे त्यहाँस्थित नेपाली दूतावासलाई आज (बिहीबार) जानकारी गराइने भएको छ । हत्यामा संलग्न युवा बुधबार बिहानैदेखि होटलमा रक्सी खाएर बसेको बताइएको छ । छुरा प्रहारपछि होटलका श्रमिकले उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् । सिक्किम घर भएकी मृतक मगरको नेपाली पासपोर्ट छ । प्रहरीले थप अगाडि बढाएको बताइएको छ । ...
सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादी पक्राउ

सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादी पक्राउ

अपराध
कात्तिक २५ काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु दुई लाख ५० हजार जरिवान फैसला गरेको थियो। अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए। त्यसैगरी कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन...
केटीको निहुँमा टोखा -५ देवी मन्दिरमा छुरा प्रहार गर्ने एकजना पक्राउ

केटीको निहुँमा टोखा -५ देवी मन्दिरमा छुरा प्रहार गर्ने एकजना पक्राउ

अपराध
कात्तिक २० काठमाडौं । टोखा नगरपालिका-५ देवी मन्दिरमा गोरखा अजिरकोट नगरपालिका घर भई काठमाडौं धापासी हाईट बस्ने २५ वर्षीय आशिष मगरलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा उदयपुर गाईघाट घर भएका २० वर्षीय रुपेश आले मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।रुपेशको समूह र मृतक आशिष मगरको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भई झडपको क्रममा रुपेशले आशिषलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशिषको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापश्चात फरार रुपेशलाई महानगरीय अपराध महाशाखाको प्रहरीले सुनसरी धरान उपमहानगरपालिका-८ भानुचोकबाट पक्राउ गरेको हो । साथै घटनामा प्रयोग भएको छुरा काठमाडौं महानगरपालिका-३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारी बारीबाट प्रहरीले बरामद गरेको छ ।घटनामा संलग्न रहेका अन्य तीन जनालाई गत शनिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र पक्राउ ...
चावहिल गौरीघाट बाट १.८ केजी चरेस सहित ४ जना पक्राउ

चावहिल गौरीघाट बाट १.८ केजी चरेस सहित ४ जना पक्राउ

अपराध
कात्तिक २० काठमाडौं । चावहिल गौरीघाट बाट १.८ केजी चरेस सहित ४ जना पक्राउ परेका छन।विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले ४ जनालाई पक्राउ गरी प्रहरी वृत गौशालालाई बुझाएको थियो । पक्राउ पर्नेमा बौद्ध तीनचुलीका नरेन लामा ,दिपक तामांग र काठमाडौं गुरुजु धाराका सुमन तामांग र सुरेस तामांग रहेका छन । ...
अवैधरूपमा काठमाडौं लैजाँदै गरेको पटका बुधबार बरामद

अवैधरूपमा काठमाडौं लैजाँदै गरेको पटका बुधबार बरामद

अपराध, समाचार
राजविराजबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटका बरामद गरेको हो। प्रहरी चौकी ढुङ्ग्रेवास हिरापानी चेक प्वाइन्टले अवैधरूपमा काठमाडौं लैजाँदै गरेको पटका बुधबार बरामद गरेको छ। कमलामाई नगरपालिका-४ को हिरापानी चेक प्वाइन्ट इन्चार्ज प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीका अनुसार १४ बन्डल विभिन्न ब्रान्डका पटका, गमला २० बट्टा, भुइँचक्कर ५७ प्याकेट, झिरझिरे १५० प्याकेट, हाइड्रो चकलेट बम २० प्याकेट, आतिसबाजी फाइनल दुई प्याकेट बरामद भएको बताए। छतमा झोलामा राखिएको पटका कसैले दाबी नगरेपछि बरामद गरी जनप्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालयमा लगेर नष्ट गरिएको छ। ...
फेरी काठमााडैँबाट पक्राउ परे पुण्डय गौतम

फेरी काठमााडैँबाट पक्राउ परे पुण्डय गौतम

अपराध
कात्तिक १९ काठमाडौं । शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो । गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताउनुभयो । गौतमलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । ...
हुण्डी कारोबार गर्ने तीन जना १ करोड रुपैयाँ सहित काठमाडौंमा पक्राउ

हुण्डी कारोबार गर्ने तीन जना १ करोड रुपैयाँ सहित काठमाडौंमा पक्राउ

अपराध, समाचार
 हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडौंको ओमबहालबाट पक्राउ गरेको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले बताए । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ । ...
एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्ने पक्राउ

एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्ने पक्राउ

अपराध
कात्तिक १७ काठमाडौं । काठमाडौंको कुलेश्‍वरस्थित माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरेर पैसा चोर्दा चोर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एटीएम तोडफोड भइरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट पुगेको टोलीले कैलालीको टीकापुर नगरपालिका-९ घर भइ काठमाडौंको नयाँबानेश्‍वर बस्‍ने १८ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले खाँडलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको बताएका छन् । ...