आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

काठमाडौंको टोखामा अपरिचित व्यक्तिको छुरा प्रहारबाट युवकको मृत्यु

कात्तिक १४ काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–५ मा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।अहिले वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *