शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अपराध

नेकपा महासचिव नेत्रविक्रम चन्दविरुद्ध मुद्दा ,दाङ र रोल्पामा गरी ६ जना जिल्ला नेता पक्राउ

नेकपा महासचिव नेत्रविक्रम चन्दविरुद्ध मुद्दा ,दाङ र रोल्पामा गरी ६ जना जिल्ला नेता पक्राउ

अपराध, समाचार
रोल्पा —फागुन २२। सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दविरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । तीन वर्षअघि नयाँ पार्टी गठन गरी नेतृत्व गर्दै आएका चन्दलाई राज्यका तर्फबाट पहिलोपटक मुद्दा दर्ता भएको हो । यस्तै प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना जिल्ला नेतालाई पक्राउ गरेको छ । चन्दसहित दर्जन नेताविरुद्ध प्रहरीले मंगलबार मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार सरकारवादी फौजदारी मुद्दा दर्ता गरेको हो । रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार चन्द नेकपाका नेता कार्यकर्ताविरुद्ध राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरिएको हो । पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलस्थित एनसेलको टेलिफोन टावरमा क्षति पुर्‍याएको अभियोग उनीहरूमाथि लगाइएको छ । सोही अभियोगमा ...
टीकापुर हत्याकाण्ड घटनाको फैसला हुँदै

टीकापुर हत्याकाण्ड घटनाको फैसला हुँदै

अपराध, समाचार
काठमाडौं—फागुन २२। टीकापुर घटना मुद्दाको बहस सकिएपछि जिल्ला अदालत कैलालीले बुधबार फैसला गर्ने तयारी रहेको अदालतका रजिष्ट्रारले जनाएका छन् । दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएपछि फैसलाको तयारी भएको हो । एक बालक सहित ९ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो। प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरुले बेग्लाबेग्ले बहस गरेका छन्। काठमाडौंबाट आएका वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व न्यायधिवक्त हरि फुयाल र अधिवक्ता दिनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन्। यस्तै दिनमणि पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका हुन्। कैलालीका अधिवक्ताहरु गंगाराम पाध्याय, गजेन्द्र केसी, गम्भीरसिंह ऐर, बीरबहादुर जे...
एकैदिनमा जथाभावी हर्न बजाउने १७१ चालकलाई कार्वाही

एकैदिनमा जथाभावी हर्न बजाउने १७१ चालकलाई कार्वाही

अपराध, समाचार, समाज
काठमाडौं— फागुन १३। ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए । ‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपर...
बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

बलात्कार गरेको आरोप लागेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

अपराध, समाचार, समाज
नवलपुर— २८, माघ । नवलपुरको एक जना महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका -४ का वडाअध्यक्ष झकबहादुर कुमाललाई पुर्पक्षका लागि थुनामा राखिएको छ । जिल्ला अदालत नवलपरासी पूर्वले सोमबार कुमाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली -२ स्थित जंगलमा ती महिलालाई करणी गरेको आरोप लागेको हो । बैशाख ३० गते युवतीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दिएकी थिइन् । घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनलाई जिल्ला कारागार चितवन चलान गरिएको छ । घटना नवलपुरमा भएकाले वडाअध्यक्ष कुमाल तनहुँका भएपनि नवलपुरबाटै नै म...
पोखरा लेकसाइडमा १४ वर्षीय एक बालकको हत्या

पोखरा लेकसाइडमा १४ वर्षीय एक बालकको हत्या

अपराध, समाचार, समाज
कास्की— २८, माघ । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । (रासस)...
सुनसरीमा छुरा प्रहार गरी महिलाको हत्या

सुनसरीमा छुरा प्रहार गरी महिलाको हत्या

अपराध, समाचार, समाज
सुनसरी— २८, माघ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् । लालबहादुरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । मृतक सोनिया विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईले बताए । (रासस)...
गजुरीबाट ३६० किलो चरेशसहित ३ भारतीय पक्राउ

गजुरीबाट ३६० किलो चरेशसहित ३ भारतीय पक्राउ

अपराध, समाचार, समाज
धादिङ— २७, माघ । आइतबार बिहान लागुऔषध नियन्त्रण ब्युरोको सहयोगमा गजुरी प्रहरीले ठुलो परिणाममा लागु औषध चरेश बरामद गरेको छ । काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै वीरगंजतर्फ जानलागेको भारतीय कन्टेनरमा लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको तीन सय ६० किलो चरेशसहित ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । प्रहरी टोलीले एसआर ५५ एम ९४८४ नम्बरको भारतीय नम्बरको कन्टेनर आइतबार बिहान गजुरी बजारमा रोकेर चेक गर्दा चरेश फेला परेको हो । बरामद गरिएको चरेश सँगै भारत उत्तर प्रदेशका ओमप्रकाश, मोतिहारी जिल्लाका गुलाफ खानलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । एकजनाको भने परिचय खुल्न सकेको छैन । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहानपक्राउ परेको लागुऔषध चरेस यो वर्षको अहिले सम्मकै सबैभन्दा ठुलो परिमाणको ह...
सल्यानमा आमाले छोराको विष सेवन गराई हत्या गरेको पुष्टि

सल्यानमा आमाले छोराको विष सेवन गराई हत्या गरेको पुष्टि

अपराध, समाचार, समाज
सल्यान— २३, माघ । झन्डै एक महिनाअघि विष सेवन गरी आत्महत्या गरेका भनिने छत्रेस्वरी गाउँपालिका ४ सुंगुरखोरका चार वर्षीय बालक समिर खत्रीलाई आमा यमुना केसी भन्ने एलिसा खत्रीले विष सेवन गराई हत्या गरेको प्रहरीले जनाएको छ । एक महिनादेखिको अनुसन्धानबाट हत्याको रहस्य खुलेको हो । आफ्नै कोठामा सल्फास नामक विषादी खुवाएपछि बालकले बान्ता गर्न थालेको र पेट दुख्न थालेपछि श्रीनगर बजारमा रहेको अस्पतालमा उपचार गर्न ल्याउँदा गत पुस २८ गते मृत्यु भएको थियो । बालकको जिल्ला अस्पतालमा पोस्टमार्टम गर्नुपर्ने भए पनि सीधैं घर फर्काएर गाउँ नजिकैको गाडेपछि शंका लागेकै कारण जिल्ला प्रहरी कार्यालयको टोलीले पुस २९ गते उत्खनन गरी पोस्टमार्टम गराएको थियो । त्यसपछि आमा एलिसालाई नियन्त्रणमा लिइएको थियो । आरोपीले छोराको हत्या गरेको स्वीकारेको प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । एलिसाले एक अपरिचित ब्यक...
३३ किलो सुन प्रकरणमा दुबईबाट नेपाल सुन पठाउने हरि खड्का पक्राउ

३३ किलो सुन प्रकरणमा दुबईबाट नेपाल सुन पठाउने हरि खड्का पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं— २२, माघ । ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आरोपमा युएई प्रहरीले हरिशरण खड्कालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार दुबई बसेर नेपालमा सुन पठाउने गरेको अनुशन्धानमा देखिएपछि खड्का विरुद्ध इन्टरपोल मार्फत पक्राउ नोटिस जारी भएसँगै उनी पक्राउ परेका हुन्। उनी पक्राउ परेको अनौपचारिक सूचना प्राप्त भएपनि औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए। को हुन हरिशरण ? २१ पौषमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थल बाहिर बरामद गरेको थियो । सुन तस्करीमा संग्लन देखिएका १२ जनालाई ब्युरोले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो भने तस्करीमा सामेल रहेको १९ जनालाई ब्युरोले फरार अभियुक्तको सुचीमा राखेको थियो । ति...
बच्ची अपहरण गर्ने गुप्ता महोत्तरीको भित्तामोडबाट पक्राउ

बच्ची अपहरण गर्ने गुप्ता महोत्तरीको भित्तामोडबाट पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं— २२, माघ । प्रसुती गृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । गए राति महोत्तरीको भित्तामोडमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिनुभयो । उनलाई अहिले काठमाडौँ ल्याउन लागिएको जानकारी दिँदै उहाँले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताउनुभयो । गुप्ताले यही माघ ११ गते काठमाडौँको कोटेश्वरस्थित घरबाट ती बालिकालाई अपहरण गरेका थिए । गुप्ताका परिवारले जनकपुरमा पैसा बुझेपछि उनले सोही दिन तिलगङ्गास्थित गणेश होटल अगाडि बालिका छाडेर फरार भएका थिए । पैसा उनकी पत्नी अर्चना गुप्ताले लिएको पाइएपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेर मुद्दा दर्ता गर्नाका साथै अनुसन्धान जारी राखेको छ । उनी हाल परिसरको हिरासतमा छिन् । (रासस...