बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अपराध

अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ

अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ

अपराध
भदाै २६ काभ्रे- मान्छे अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पाँचखाल नगरपालिका वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, सोही ठाउँका २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल–४ स्थित २८ किलो डेरा गरी बस्ने २१ वषीया उमा परियारलाई प्रहरीले  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पाँचखाल–१२ देवभूमी घर भएका २३ वर्षीय राजकुमार दनुवारलाई धुलिखेल–४ स्थित २८ किलोमा ४/५ जनाको समूहले अपहरण गरी बन्धक बनाई पचास हजार माग गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा तीन जनालाई पक्राउ गरिएको हो । आकाश र सविनालाई बिहीवार र उमालाई आज बिहान पक्राउ गरिएको हो । घटनामा संलग्न अरू दुई जनाको खोजी...
यस्तो लफडा परेपछि प्रहरी चौकी पुगीन् युट्युवर सोनिका रोकाया

यस्तो लफडा परेपछि प्रहरी चौकी पुगीन् युट्युवर सोनिका रोकाया

अपराध
भदाै २६ काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथाभावि लेख्ने विरुद्ध दिपेन्द्र सिंह मुद्दा दायर गरिएको छ । नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्ष बनेका रोकायामाथि नेकपा समर्थक सिंहले विभिन्न आरोप लगाउदै सामाजिक सञ्जालमा अश्लिल र अभद्र प्रकारको स्टाटस लेखेका छन । सिंहले सामाजिक सञ्जालमा अध्यक्ष रोकायालाई बोका भन्दै अपशब्द प्रयोग गरेका छन् । यो सँगै भ्रष्ट्राचार गरेर छोरीका नाममा ४ करोडको घर नामसारी गर्दिएको पनि आरोप लगाइएको वर्खकी छोरी तथा युट्युवर कि छोरी सोनिका रोकायाले बताइन । विभिन्न आरोप लगाउदैँ आफुलाई काम गर्ने बातावरणमा खलल पुुयाएको बर्खले बताए । विभिन्न समयमा विभिन्न आरोप लगाउदैं अश्लिल र अराजक भित्राउने गरेका सिंहले आफुले गाउँमा नकारात्मक किसिमको हल्ला समेत फैलाएको तर सोनिकाले यी सबै आरोपहरु गलत भएको बताइन् । पछिल्...
पत्रकार वीरेन्द्र साह हत्याका अर्का अभियुक्त हरेराम १३ वर्षपछि पक्राउ

पत्रकार वीरेन्द्र साह हत्याका अर्का अभियुक्त हरेराम १३ वर्षपछि पक्राउ

अपराध, समाचार
बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अर्को अभियुक्त कोल्हवीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको साविक तेलकुवाँ गाविस-४ हाल महागढीमाई नगरपालिका(२ का ४७ वर्षीय हरेराम पटेल रहेका छन् । उनी हत्याको घटना भएको १३ वर्षपछि पक्राउ परेका हुन् । पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए । २०६४ असोज १८ मा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका थिए । हाल भने उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य र सोही पार्टीअन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष रहेका छन् । मुख्य योजनाकार लालबहादुर चौधरी अझै फरार रहेको बताइएको छ । सात महिनाअघि पत्रकार साहकै हत्याका अर्का अभियुक्त कुन्दन फौजदार पक्राउ परेका थिए । ...
नेपाली किशोरीलाई भारत लगिरहेका युवक पक्राउ

नेपाली किशोरीलाई भारत लगिरहेका युवक पक्राउ

अपराध
भदाै २५ राैतहट । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । सातै ज...
एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा

एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा

अपराध, समाचार
रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा यातना दिएको भन्दै रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको गरुडा नगरपालिका–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो । हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ । उक्त प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बन समेत गरिएको छ । यद्यपी एसपी खड्कालाई त्यहाँबाट हटाइ प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको छ । भने उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ । ...
करोडौं रकम हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक पक्राउ

करोडौं रकम हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक पक्राउ

अपराध
भदाै २४ काठमाडौं – करोडौं रकम हिनामिना गरेर फरार भएका सहकारी सञ्चालक पक्राउ परेका छन् । काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको आरोपमा खड्गीलाई पक्राउ गरिएको हो ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो । मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई अनुसन्धान शुरु भएको महाशाखाले जनाएको छ। ...
साढे १५ किलो सुन तस्करी प्रकरणमा न्युरोडका दुई सुन व्यापारी पक्राउ

साढे १५ किलो सुन तस्करी प्रकरणमा न्युरोडका दुई सुन व्यापारी पक्राउ

अपराध
भदाै २४ काठमाडौं ।काठमाडौं सुन्धाराबाट बरामद साढे १५ किलो नक्कली सुन तस्करी प्रकरणमा प्रहरीले न्यूरोडका दुई सुन व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा न्युरोडस्थित अष्टमंगल ज्वेलर्सका विजय ताम्राकार र लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई सात दिनअघि न्युरोडबाटै पक्राउ गरेको हो । संगठित अपराधअन्तर्गत अदालतबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । सुनको जलप लगाएको साढे १५ किलो चाँदीसहित आधा किलो सक्कली सुन पनि प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार सुन तस्करीका मुख्य आरोपित बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारीले उक्त आधा किलो सुन लक्की ज्वेलर्सका म्यानेजर श्रीनिवाससँग खरिद गरेका थिए । श्रीनिवासले अष्टमंगल ज्वेलर्सका म्यानेजर विजयसँग र विजयले नेपाल राष्...
६३ वर्षीया आफ्नै आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

६३ वर्षीया आफ्नै आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

अपराध, समाचार
आफ्नै वृद्ध आमालाई बलात्कार गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। इलामका एक २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार फरार भएका थिए। फरार युवाविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा परेको जाहेरीका आधारमा प्रहरीले मंगलबार राति ती युवालाई इलाम नगरपालिका–५, तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए। उनले परिवारभित्रको घटना भएको र परिचय खुल्दा थप समस्या हुने भएका कारण पीडक र पीडितको नाम ठेगना गोप्य राखेर अनुसन्धान अगाडि बढाएका बताए। पक्राउ परेका ती युवालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले बताए। ...
दुईवटा गोली लागेको अबस्थामा एक सिंगे मृत गैडा फेला

दुईवटा गोली लागेको अबस्थामा एक सिंगे मृत गैडा फेला

अपराध
भदाै २३ चितवन- चितवन राष्ट्रिय निकुञ्ज भित्र एक सिंगे मृत गैडा फेला परेको छ ।निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुबेको र टाउकोमा दुईवटा गोली लागेको अबस्थामा मृत गैडा फेला परेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । भदौ २१ गते नै उक्त गैडा मृत फेला परे पनि निकुञ्ज प्रशासनले मंगलबार मात्रै सार्वजनिक गरेको हो । मृत गैंडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । सिकारीले गोली हनेर भागेको हुनसक्ने अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष चार वटा गैंडा मरेका छन् । ...
स्वाब सङ्कलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट

स्वाब सङ्कलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट

अपराध
भदाै २३ काठमाडाैं । स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो ।बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेका बताइएको छ । भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालनरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए । उनले भने “विद्यालयमा बैठक चलिरहेको थियो । ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए । मैले यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा म माथि हातपात भयो ।” स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्...