आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

रूसले बनाएकाे  कोरोनाविरूद्ध खोपको विश्वसनियता बढ्यो

रूसले बनाएकाे कोरोनाविरूद्ध खोपको विश्वसनियता बढ्यो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भदाै २० काठमाडाैं । रुसले बनाएको कोरोना भाइरसविरूद्धको खोपको विश्वसनियता बढेको छ ।रूसी वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्। मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी गरिएको बीबीसीले जनाएको छ ।खोपको वैज्ञानिक नतिजा नआइ अगस्ट महिनामा नै स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न दिएको रूसको उक्त खोपले काम गर्नेमा आशंका गरिएको थियो । तर, यो परिणामले उक्त खोपको विश्वसनियता केही हदसम्म बढाए पनि अझै पनि यसको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्न भने अझै अरू परीक्षण जरूरी रहेको बताइएको छ ।गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक...
वैज्ञानिकले शरीरभित्रै नयाँ कलेजो विकास गरे

वैज्ञानिकले शरीरभित्रै नयाँ कलेजो विकास गरे

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले कलेजो बिग्रिइसकेको शरीरभित्र नयाँ स्वस्थ कलेजो विकसित गर्ने काममा सफलता पाएका छन् । अहिले अनुसन्धानको क्रममा वैज्ञानिकहरुले सुँगुरको शरीरभित्र नयाँ स्वस्थ कलेजो विकसित गरेका हुन् । उनीहरुले यो सफलतासँगै अब मानिसको शरीरमा पनि यसैगरी नयाँ कलेजो विकसित गर्न सकिने बताएका छन् । पिट्सवर्ग युनिभसिर्टीका वैज्ञानिकहरुले ६ वटा सुँगुरहरुको लिम्फ नोडमा पूर्ण आकारको कलेजो विकसित गरेका हुन् । वैज्ञानिकहरुको यो अनुसन्धानको रिपोर्ट विश्वविद्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ। वैज्ञानिकहरुका अनुसार अध्ययनका क्रममा जनावरको कुनै एक अंग कुनै रोगका कारण बिग्रिएमा पनि यो स्वस्थ हुने र शरीरले अर्को अंग विकसित गर्न सक्ने पाइएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार कलेजोमा आफैंलाई विकसित गर्ने क्षमता हुन्छ । यसको सानो भाग मात्रै प्रत्यारोपण गरिएमा पनि यो विस्तारै वि...
बार्सिलोना छाड्न नसक्ने निर्णयमा पुगे मेस्सी

बार्सिलोना छाड्न नसक्ने निर्णयमा पुगे मेस्सी

अन्तराष्ट्रिय, खेलकुद, समाचार
भदाै २० काठमाडौं । लियोनल मेस्सी यो सिजन स्पेनिस क्लब बार्सिलोनामै रहने भएका छन् । पछिल्लो २ सातादेखि बार्सिलोना छाड्ने बताउँदै आएका मेस्सीले अन्ततः क्लब नछाड्ने घोषणा गरेका हुन् ।आफूलाई अनुबन्ध गर्नका लागि अन्य कुनै पनि क्लबले ‘रिलिज क्लज’मा उल्लेख गरिएको रकम तिर्न असम्भव रहेको र आफूले माया गरेको क्लबलाई अदालतसम्म डोरयाउन नचाहेको भन्दै मेस्सीले यो सिजन बार्सिलोना नछाड्ने निश्कर्षमा पुगेको बताएका हुन् । बार्सिलोना छाड्ने भन्दै अघिल्लो हप्ताको मंगलबार मेस्सीले क्लबका अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई पत्र लेखेका थिए । तर, बार्सिलोनाले भने उनको करारमा रहेको ७० करोड युरो तिरे मात्रै अन्य क्लबले उनलाई अनुबन्ध गर्नसक्ने बताएको थियो ।गोल डटकमसँगको कुराकानीमा मेस्सीले भनेका छन्, क्लब छाडेर जान म स्वतन्त्र छु भन्ने मलाई लागेको थियो । अध्यक्षले मलाई यो सिजनको अन्त्यमा तिमि यहाँ बस्ने कि नबस्ने भ...
अमेरिकाले तयार पार्यो कोरोनाविरुद्धको भ्याक्सिन

अमेरिकाले तयार पार्यो कोरोनाविरुद्धको भ्याक्सिन

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भदाै १९ काठमाडौं। कोरोना कहरको चर्को महामारी खेपी रहेको अमेरिकाले पनि कोरोना विरुद्धको भ्याक्सिन तयार पारेको छ । अमेरिकाको संघीय सरकारले नोभेम्बर १ देखि कोरोनाविरुद्धको खोप लगाइने हुनाले सबै राज्यलाई खोपका लागि तयार रहन अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले निर्देशन दिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले निर्देशन दिँदै नोभेम्बर १, २०२० सम्म यी खोप केन्द्रहरुलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन भनेका छन् ।अमेरिकाको केन्द्रिय सरकारले भ्याक्सिन विकास र निर्माणका लागि मेरिल्यान्डको गिथर्सबर्गस्थित नोभाभ्याक्स कम्पनीलाई १।६ अर्ब डलर सहयोग गरेर जतिसक्दो छिटो भ्याक्सिन निर्माण गर्न भनेको थियो । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार यो खोप तीन साताभित्र दुई डोजका रुपमा दिइनेछ। ...
विश्वभर कोरोनाबाट ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

विश्वभर कोरोनाबाट ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बेलायत । विश्वभर ७ हजार कोभिड–१९ संक्रमित स्वास्थ्यकर्मीले ज्यान गुमाएको एमनेस्टी इन्टरनेशनलले जनाएको छ । बिहीबारसम्मको तथ्याङ्क विश्लेषणका आधारमा एमनेस्टीले सो संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको बताएको हो । सबभन्दा बढी मेक्सिकोमा १ हजार ३२० को ज्यान गएको छ । मेक्सिकोपछि अमेरिकामा सबभन्दा बढी १ हजार ७७ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६३४ स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् भने भारतमा ५७३ को ज्यान गएको छ । ‘अरूलाई बचाउने क्रममा ७ हजारभन्दा बढीको ज्यान जानु भनेको अत्यन्तै खतरनाक संकट हो’, एमनेस्टीका अर्थ तथा सामाजिक न्याय विभागका प्रमुख स्टीभ ककबर्नले भने, ‘हरेक स्वास्थ्यकर्मीसँग कार्यस्थलमा बचेर काम गर्ने अधिकार रहन्छ, तर यहाँ धेरैले ठुलो मूल्य चुकाइरहेका छन् ।’ स्वास्थ्यकर्मीको मृत्युदर मेक्सिको, ब्राजिल तथा अमेरिकामा अत्यन्तै भयानक रहेको पनि एमनेस्टीले...
भारतका सुमित नागलमाथि सहज जित निकाली डोमिनिक थिएम तेस्रो चरणमा

भारतका सुमित नागलमाथि सहज जित निकाली डोमिनिक थिएम तेस्रो चरणमा

अन्तराष्ट्रिय, खेलकुद
भारतका सुमित नागलमाथि सहज जित निकाल्दै दोस्रो बरियताका डोमिनिक थिएम युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेस गरेका छन् । नेपाली समय अनुसार शुक्रबार बिहान भएको खेलमा दोस्रो बरियताका अस्ट्रियन थिएमले नागललाई ६-३, ६-३ र ६-२ को सेटमा पराजित गरेका हुन् । थिएमले तेस्रो चरणमा सन् २०१४ का विजेता मारिन सिलिकको सामना गर्ने भएका छन्। मारिन सिलिक स्लोभाकियाका खेलाडी नोबट गोम्बोसलाई ६-३, १-६ ७-६ (७ २) र ७-५ को सेटमा पराजित गरेर तेस्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै वासिक पोस्पिसिलले आफ्नै देश क्यानडाका खेलाड मिलोस राओनिकलाई अप्रत्यासित रुपमा ६-७ (१ ७) ६-३ ७-६ (७-४) र ६-३ को सेटमा पराजित गरेका छन् । ...
अस्ट्रेलियामाअन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध तीन महिना थपियो

अस्ट्रेलियामाअन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध तीन महिना थपियो

अन्तराष्ट्रिय, समाचार
 अस्ट्रेलियाले लगाएको अन्तर्राष्ट्रिय यात्रा तथा क्रुज जहाज सम्बन्धी प्रतिबन्ध अर्को तीन महिनाका लागि थप गरेको छ। अहिलेको मानव तथा जैविक सुरक्षाको आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सो प्रतिबन्ध थप गरिएको स्वास्थ्यमन्त्री ग्रेग हन्टले जानकारी दिए। लागू गरिएको उक्त नियमअन्तर्गत सय जनाभन्दा बढी यात्रु रहेका अन्तर्राष्ट्रिय क्रुज जहाजहरूलाई अस्ट्रेलियाको बन्दरगाहमा आएर रोक्न प्रतिबन्ध गरिएको छ भने आपतकालीन अवस्थामा रहेका क्रुजजहाज तथा मार्च १५ अघि अस्ट्रेलिया छाडेका जहाजलाई सो नियम लागू हुने छैन। त्यसैगरी सो प्रतिबन्ध गत मार्च २५ मा लागू भएसँगै अस्ट्रेलियन नागरिक तथा पिआरधारीहरूलाई अन्तर्राष्ट्रिय यात्रा गर्न रोक लगाइएको छ तर यो नियम अन्य देशका नागरिक, अत्यावश्यक कामदार, हवाइजहाज र पानीजहाजका कर्मचारी वा सरकारी कर्मचारीलाई भने लागू हुने छैन। प्रतिबन्ध आगामी डिसेम्बर १७ तारिखसम...
सर्वाधिक महंगा अभिनेता ‘द रक’ सहित उनका परिवारलाई कोरोना संक्रमण

सर्वाधिक महंगा अभिनेता ‘द रक’ सहित उनका परिवारलाई कोरोना संक्रमण

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
सबैभन्दा महँगा अभिनेता द रक ‘ड्वाइने जोनसन’ र उनका परिवारलाई कोरोना भाइरसको संक्रमण भएको छ। आफूसहित पत्नी र दुई छोरीमा कोरोना देखिएको द रकले पुष्टि गरेका हुन्। कोरोना पोजिटिभ देखिएपनि आफूहरु सबै स्वस्थ रहेको उनले बताएका छन्। ८५ वर्षका रक, उनकी ३५ वर्षकी श्रीमती लरेन र चार र दुई वर्षकी छोरीलाई दुईहप्ता अगाडि कोरोना लागेको बताइएको छ। परिवारकै नजिकका सदस्यबाट उनीहरुमा कोरोना सरेको बीबीसीले जनाएको छ। ...
भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

अन्तराष्ट्रिय, समाचार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको ट्वीटरले पुष्टि गरेको छ। मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो । ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको बताएको छ । यसअघि जुलाईमा अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि राष्ट्रपति उम्मेदवार जो बाइडेन तथा टेस्लाका संस्थापक एलन मस्कसहितको एकाउन्टमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो । मोदीको एकाउन्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान जारी रहेको र तत्कालका लागि अरु एकाउन्ट ह्याक भएको बारे जानकारी नरहेको ट्वीटरकी प्रवक्ताले बताएकी छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ । ...
भारतमा एकै दिन ८२ हजारभन्दा धेरै संक्रमित थपिए

भारतमा एकै दिन ८२ हजारभन्दा धेरै संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार
भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ८६० जना संक्रमित थपिएसँगै हालसम्म ३८ लाख ४८ हजार ९६८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार २६ जनाको कोरोनाका कारण ज्यान गुमेको भारतमा हालसम्म ६७ हजार चार सय ८६ जनाको मृत्यु भइसकेको छ । मृतक र संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित र कोरोनाका कारण ज्यान गुमाउनेको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ । ...