आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ५६ लाख ९३ हजार नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ५६ लाख ९३ हजार नाघ्यो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । विश्वमा एकैदिन दुई लाख ६२ हजार २ सय ९४ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा संक्रमितको संख्या तीन करोड ५६ लाख ९३ हजार ४ सय ९२ पुगेको छ । त्यस्तै विश्वमा एकैदिन ४ हजार २ सय ७ जना संक्रमितको मृत्यु भएको छ । यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४५ हजार ८ सय ४९ पुगको छ । त्यस्तै दुई करोड ६८ लाख ५९ हजार ३ सय ६१ संक्रमित उपचारपछि निको भएका छन् । ...
विराट कोहलीले आईसीसीको कोभिड–१९ प्रोटोकल उल्लघंन गरे

विराट कोहलीले आईसीसीको कोभिड–१९ प्रोटोकल उल्लघंन गरे

अन्तराष्ट्रिय, खेलकुद, समाचार
युएईमा जारी आईपीएलमा भारतीय कप्तान विराट कोहलीले अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को कोभिड–१९ प्रोटोकल उल्लघंन गरेका छन । आईपीएलमा बेङलोरका कप्तान रहेका कोहलीले दिल्ली बिरुद्वको खेलमा उक्त प्रोटोकल उल्लघंन गरेका हुन । सोमबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्ली बिरुद्वको खेलमा सर्ट कभरमा फिल्डिङ गर्ने क्रममा कोहलीले आफु तर्फ तिव्र गतिमा आईरहेको बललाई रोके अनी त्यो बलमा र्‍याल लगाए । यो घटना दिल्ली बिरुद्वको पारीमा तेस्रो ओभरमा घटयो । जब ओपनर ब्याटसम्यान पृथ्वी सावले तीव्र गतिका बलर नवदीप सैनीको ओभरको तेस्रो बललाई ड्राईभ गरेका थिए । त्यसपछि कोहलीले तुरुन्त आफ्नो गल्ती महसुस गरे र आफ्नो हात उचालेर गल्ती स्विकार गरे। गतहप्ता राजस्थान रोयल्सका ब्याटसम्यान रोबिन उथप्पाले कोलकाता नाइट राइडर्स बिरुद्वको खेलमा फिल्डिङ गर्ने क्रममा बलमा र्‍याल लगाएका थिए । कोविड– १९ महामारीको कार...
अस्पतालबाट फर्किए ट्रम्प, “साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस्।”

अस्पतालबाट फर्किए ट्रम्प, “साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस्।”

अन्तराष्ट्रिय, समाचार
कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट फर्किएका छन्। उनी तीन दिन अस्पताल भर्ना गरिएका थिए। ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताए। अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन्। त्यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका थिए, “साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस्।” ह्वाइट हाउस पुगेपछि उनी एक्लैको तस्बिर खिचिएको छ। जहाँ सैनिकले जस्तो अभिवादन गर्नुअघि उनले मास्क फुकालेको देखिन्छ। अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन्। उनले ट्वीटमा भनेका छन्, “मिथ्या समाचारले केवल मिथ्या चुनावी सर्वेक्षण देखाउँछन्।” डा. सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको त...
क्यानडा सरकार मृतक र घाइते नेपालीको परिवारलाई क्षतिपूर्ति दिन तयार

क्यानडा सरकार मृतक र घाइते नेपालीको परिवारलाई क्षतिपूर्ति दिन तयार

अन्तराष्ट्रिय, समाचार
अफगानिस्तानको राजधानी काबुलमा चार वर्षअघि भएको आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते भएका नेपालीहरुको परिवार र क्यानडा सरकारबीच मिलापत्र भएको छ । २० जुन २०१६ मा क्यानडाको राजदूतावासअघि भएको आत्मघाती आक्रमणमा परी १५ नेपाली र केही भारतीय सुरक्षागार्डको मृत्यु भएको थियो । विहानको समयमा नेपाली सुरक्षागार्डहरु बस्ने घरबाट उनीहरुलाई क्यानडेली दुतावास तर्फ आउँदै गर्दा आत्मघाती आक्रमण भएको थियो ।  तालिवानले जिम्मा लिएको त्यो आक्रमणमा परी झण्डै एक दर्जन नेपाली सुरक्षागार्ड घाइते भएका थिए । उनीहरुलाई नेपाल सरकारको पहलमा भारतको एपोलो अस्पतालमा ल्याएर उपचार गरिएको थियो । विष्फोटको ठूलो आवाजका कारण घाइते भएका धेरै कान्न नसुन्ने समस्या भोगिरहेका छन् । घटनामा ज्यान गुमाएकाहरुको परिवार र घाइतेले दुई करोड डलर क्षतिपूर्ति माग गर्दै पछि क्यानडा सरकारविरुद्ध दुई वर्षअघि अदालतमा मुद्दा दायर गर...
म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको शानदार जित: इंग्लिस प्रिमियर लिग फुटबल

म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको शानदार जित: इंग्लिस प्रिमियर लिग फुटबल

अन्तराष्ट्रिय, खेलकुद
 इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ६–१ ले पराजित गरेको छ । टाेटनह्यामका लागि ह्यारी केन र सन हेङ्ग–मिनले दुई–दुई गोल गरे । यस्तै एनडोम्बेले र औरिएरले एक–एक गोल गरे । दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरी म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए। तर सो अग्रता जोगिन सकेन । ...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघ्यो

अन्तराष्ट्रिय, समाचार
विश्वमा काेराेना संक्रमितको संख्या तीन करोड ५३ लाख ८७ हजार ६६२ पुगेको छ।   पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८९५ संक्रमित थपिएका हुन्।  कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५३७ पुगेको छ।  पछिल्लाे २४ घण्टामा थप चार हजार सातजनाकाे मृत्यु भएकाे हाे।  वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ६६ लाख ९ हजार ६७६ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ३६ हजार ४४९ छ। त्यसमध्ये ६६ हजार ४२३ जना गम्भीर अवस्थाका छन्।  सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३५ हजार ६९१ पुगेको छ।  भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ भने ब्राजिलमा ४९ लाख १५ हजार २८९ छ।  ...
कोरोनाबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु,दुई करोड ६१ लाख ३० हजार निको भए

कोरोनाबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु,दुई करोड ६१ लाख ३० हजार निको भए

अन्तराष्ट्रिय, समाचार
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजार भन्दा बढी पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजार भन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । ...
कोरोना संक्रमित ट्रम्पको अवस्था गम्भीर

कोरोना संक्रमित ट्रम्पको अवस्था गम्भीर

अन्तराष्ट्रिय, स्वास्थ्य
 कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था गम्भीर बनेको छ। अमेरिकी न्युज च्यानल सीएनएनसले स्रोतलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ट्रम्पको स्वास्थ्य अवस्थामा समस्या देखिएको हो। ट्रम्पको स्वास्थ्यमा सुधारका लागि अबको ४८ घण्टा निकै महत्वपूर्ण मानिएको छ। यद्यपी शनिबार विहानै ट्रम्पको उपचारमा संलग्न डा. सीन कनले राष्ट्रपतिले स्वस्थ महशुश गरेको बताएका थिए। ट्रम्प र उनकी श्रीमती मेलानियालाई दुई दिन पहिला कोरोना पोजेटिभ देखिएको थियो। यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४९ लाख ८ हजार ६८७ पुगेको छ। हालसम्म २ करोड ५९ लाख ८९ हजार ७५९ जना निको भएका छन् भने ७९ लाख ३६ हजार ९३८ जना संक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट १० लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ। ...
म चाँडै नै फर्कनेछु,राष्ट्रपति डोनाल्ड ट्रम्प

म चाँडै नै फर्कनेछु,राष्ट्रपति डोनाल्ड ट्रम्प

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरसबाट संक्रमित भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबारदेखि अस्पतालमा छन्। वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचाररत ट्रम्पले आइतबार फेरि ट्विटरमा अर्काे भिडियो सन्देश जारी गरेका छन्। ‘मेरो स्वास्थ्य अवस्था खासै राम्रो थिएन त्यसैले अस्पताल आएँ। अहिले म निकै राम्रो महसुस गरिरहेको छु। उहाँ (चिकित्सक) हरूले मेरो स्वास्थ्य राम्रो बनाउन असाध्यै मिहिनेत गरिरहनुभएको छ, म जसरी पनि फर्कनैपर्छ, किनभने हामीले अमेरिकालाई पुनः महान् बनाउनैपर्छ,’ भिडियोमा उनले भनेका छन्,’ ‘मलाई लाग्छ, म चाँडै नै फर्कनेछु।’ आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन्। ट्रम्पकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्ति जारी गर्दै ट्रम्पले अब केही दिन अस्पतालबाटै आफ्नो जिम्मेवारीका काम गर्ने जानकारी दिएकी छन्। अस्पतालमै उनले काम गर्ने राष...
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको लगातार चौंथो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनको लगातार चौंथो जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार चौंथो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार चौंथो जित निकालेको हो । गोडिसन पार्कमा एभर्टनलाई जित दिलाउन जेम्स रोड्रिगेजले दुई गोल गरे । यस्तै डोमिनिक लेविन र एरि मिनाले एक एक गोल गरे । ब्राइटनका निल माउपे र युभेस बिसोउमाले एक एक गोल फर्काए । खेलको १६ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा माउपेले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ४५ औं मिनेटमा मिनाले गोल गर्दा पहिलो हाफमा एभर्टन २-१ ले अघि रह्यो । खेलको ५२ औं मिनेटमा रोड्रिगेजले गोल गर्दै एभर्टनको अग्रता ३-१ को बनाए । ७० औं मिनेटमा रोड्रिगेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा ब्राइटनका बिसोउमाले थप एक गोल...