आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

गर्भपतनसम्बन्धी कानुनको महिला अधकारवादीद्धारा स्वागत

गर्भपतनसम्बन्धी कानुनको महिला अधकारवादीद्धारा स्वागत

अन्तराष्ट्रिय
असोज २२ काठमाडौं । दक्षिण कोरिया सरकारले गर्भपतनसम्बन्धी कानुन ल्याइने भएको समाचारको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका छन् ।दक्षिण कोरियाको कानुन मन्त्रालयले बुधबार यहाँको सरकारले गर्भपतनलाई मान्यता दिने कानुनलाई संसदमा पेश गर्न लागेको जानकारी दिएको थियो । यहाँको सरकारले दक्षिण कोरियाका महिलालाई बढीमा १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा गरिएको बताएको थियो ।अब यो कानुन आएपछि यहाँका महिलाले आफैले इच्छा गरे बमोजिम नै गर्भपतन गराउन पाउने छन् ।यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन । गर्भवती महिलामा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा मात्र महिलाले गर्भपतन गराउन पाउँथे । तर महिला अधिकारवादीहरुले महिलाको इच्छाबमोजिम गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग ...
रसायनशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान

रसायनशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान

अन्तराष्ट्रिय
असोज २२ काठमाडौं । सन् २०२० को नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ ।रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो । उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु विज्ञानको अध्ययनसम्बन्धी अनुसन्धानलाई र क्यालिफोर्निया विश्वविद्यालयका जेनिफर ए डउन्डालाई प्राणी जगतको डिएनए (जेनोम एडिटिङ) मा परिवर्तन गर्न सकिने विधिहरुको विकाससम्बन्धी अनुसन्धानका लागि दिइएको छ ।सो पुरस्कार यी दुई वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार जनाएको हो । (रासस÷सिन्ह्वा) ...
कोरोनाको खोप विश्‍वभर पठाउने चीनको तयारी, डब्लूएचओसँग अन्तिम छलफल

कोरोनाको खोप विश्‍वभर पठाउने चीनको तयारी, डब्लूएचओसँग अन्तिम छलफल

अन्तराष्ट्रिय
असोज २२ चीन । चीनले आफूले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा ल्याउनेबारे विश्व स्वास्थ्य संगठनसँग कुरा गरेको छ । चीनले विकास गरेको खोप यहाँका उच्च जोखिममा रहेका हजारौँ कामदारका लागि दिइएको छ । यद्यपि त्यस खोपको क्लिनिकल परीक्षण पूर्ण रुपमा सम्पन्न भइसकेको थिएन । जुन खोपको विश्वसनीयताबारे विज्ञहरुले सुरक्षा चासो उठाएका छन् । डब्लूएचओका अधिकारीहरुका अनुसार चीनले उक्त खोपको आपतकालिन प्रयोगका लागि डब्लूएचओसँग प्रारम्भिक छलफल गरेको थियो । चीनले हाल आफू खोप विकासको अन्तिम र निर्णयक चरणमा पुगिसकेको जनाएको छ । र उसले चारवटा खोप समानान्तर रुपमा विकास गरिरहेको छ । दुई वटा राज्यनियन्त्रित कम्पनी चाइना नेश्नल बायोटेक ग्रूपले बनाएको छ भने अरु दुई खोप सिनोभेक बायोटेक र क्यानसिनो बायोलोजिक्स ग्रूपको सहकार्यमा विकास भइरहेका छन् । उनीहरुले ती खोप पाकिस्तान,...
डोनाल्ड ट्रम्प काममा फर्किए

डोनाल्ड ट्रम्प काममा फर्किए

अन्तराष्ट्रिय
असोज २२ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् ।कोरोना संक्रमण भएपछि ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका ट्रम्प त्यसको २ दिनपछि ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका हुन् । ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश दिएका ट्रम्पले आफूमा कुनै स्वास्थ्य समस्या नभएको बताएका छन् । ‘मैले एकदमै राम्रो महसुस गरिरहेको छ लाग्छ यो भगवानको कृपा हो,’ ट्रम्पले भिडियो सन्देशमा भने । छिटै सबै अमेरिकीले कोरोना भाइरसको संक्रमणको निशुल्क औषधि पाउने आफू विश्वस्त रहेको समेत उनले बताए । ‘म सबै अमेरिकीको उपचारमा पहुँच पुगेको हेर्न चाहन्छु, त्यसका लागि रेजेनरन फर्मास्यूटिकलले निर्माण गरेका औषधि निःशुल्क वितरण गरिनेछ, ट्रम्पले भने, ‘जुन परीक्षणकै क्रममा भएर पनि मलाई दिइएको थियो ।’ रेजेनरनले उत्पादन गरेको कोरोनाविरूद्धको हजारौँ डोज औषधि लगभग तयार भए पनि त्यसको प्रयोगमा अनुमति नहुँदा ...
शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

अन्तराष्ट्रिय
असोज २२ काठमाडौं । नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि सदुपयोग गर्ने उद्देश्यसहित शुक्रबारदेख दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन सुरु हुने भएको छ। आइतबारसम्म चल्ने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष कुमार पन्तले जानकारी दिए । उनका अनुसार सम्मेलनको उद्घाटन भर्चुअल माध्यमबाट शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहने उनले जानकारी दिए । साथै २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्त...
कोलकाताको तेस्रो जित;आइपीएल

कोलकाताको तेस्रो जित;आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज २२ काठमाडौं । आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ ।बुधबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकाताले तेस्रो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो ।चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७र१७ रन बनाए ।कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए । रविन्द्र जडेजा २१ रनमा अविजित रहदा केदार जाधबले अविजित ७ रन बनाए । कोलकाताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १र१ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले राहिल त्रिपाठीको ८१ रन मद्दतमा १ सय ६७ रन बनाएको थ...
आजबाट डिभी खुला

आजबाट डिभी खुला

अन्तराष्ट्रिय, आर्थिक, समाचार
सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता आजबाट खुल्दै छ। नेपाली समयानुसार आज राति ९ः४५ बजेबाट डिभीका लागि आवेदन खुल्ने छ। आज रातिबाट खुलेर कार्तिक २५ गते नेपालमा स्थानीय समयानुसार रातको १०:४५ बजेबाट बन्द हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ। त्यस्तै, आवेदन भर्दा कन्सल्टेण्टको सहयोग नलिन आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ। आवेदन खुलेपछि कसरी नि:शुल्क आँफैंले आवेदन दिने त? – आवेदन निशुल्क : डीभी कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन। – कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी स...
पुटिनको जन्मदिनको अवसरमा रुसले  हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण

पुटिनको जन्मदिनको अवसरमा रुसले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण

अन्तराष्ट्रिय, समाचार
रुसी राष्ट्रपति भ्लादमिर पुटिन बुधबार ६८ वर्षमा प्रवेश गरेका छन्। पुटिनको जन्मदिनको अवसर पारेरै रुसले बुधबार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको रोयटर्सले जनाएको छ। बारेन्ट्स समुद्रमा सिरकोन हाइपरसोनिक क्रुज क्षेप्यास्त्र परीक्षण गरेको रुसी अधिकारीहरुले बताएका छन्। हाइपरसोनिक क्षेप्यास्त्र शक्तिशाली हतियार हो। यस क्षेप्यास्त्रले प्रतिघण्टा ६ हजार ११५ किलोमिटरको दुरी पार गर्नसक्छ। पुटिनले आर्कटिक क्षेत्रमा रुसी सैन्य उपस्थिति बढाउने वाचा गरेको समयमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण भएको हो। ...
स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्री म्यान्चेसटर युनाईटेडमा

स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्री म्यान्चेसटर युनाईटेडमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिश प्रीमियर लीग क्लब म्यान्चेसटर युनाईटेडले स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्रीसँग सम्झौंता गरेको छ । कवानीले क्लबसँग एक बर्षका लागि सम्झौंता गरेका हुन । तर सम्झौंतामा करार अवधि लम्ब्याउन सकिने व्यवस्था रहेको छ । साथै पेलिस्ट्रीले क्लबसँग ५ बर्षको लागि सम्झौंता गरेका छन । साथै उनको सम्झौंतामा पनि करार अवधि लम्ब्याउन सकिने व्यवस्था रहेको छ । कवानीले फ्रान्स लिग र ईटालीको सिरी ए मा गोल्डेन बुट जितेका छन । युरोपमा सन २००७ मा आएपछि उनले कुल ३४१ गोल गरेका छन । जसमध्ये यूईएफए च्याम्पियन्स लिगमा उनको ३५ गोल रहेको छ । यी फरवार्डले फ्रान्सको क्लब पीएसजीलाई ६ वटा लिगको उपाधि जिताउन मद्दत गरेका छन । जाहा उनले ब्यक्तिगत २०० गोल गर्दे सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन । अन्तराष्ट्रिय खेलमा उनले उरुग्वेका लागि कोपा अमेरिका कपको उपाधि जिताउन मुख्य योगदान दिदै आफ्नो राष्ट्रका लागि ११६...
निःशुल्क कोरोना भाइरस विरुद्धको भ्याक्सिन पाउने भए कतारमा रहेका सबै नेपालीले

निःशुल्क कोरोना भाइरस विरुद्धको भ्याक्सिन पाउने भए कतारमा रहेका सबै नेपालीले

अन्तराष्ट्रिय, समाचार
कतारमा रहेका सबै नेपालीले निःशुल्क कोरोनाभाइरसविरुद्धको भ्याक्सिन पाउने भएका छन् । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले आफ्नो देशका नागरिक र आफ्नो देशका बस्ने विदेशी गरी देशभित्र भएका सबैलाई निःशुल्क कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको एक बरिष्ठ स्वास्थ्य अधिकारीले जानकारी दिए । कोभिड–१९ सम्बन्धी राष्ट्रिय स्वास्थ्य रणनैतिक समूहका अध्यक्ष डा. अब्दुल्लतिफ अल खलले यस्तो जानकारी दिएको कतार ट्रिब्युनले बनाएको छ । कतारमा ४ लाखभन्दा धेरै नेपाली बस्छन् । ‘आउँदा हप्ता र महिनामा कतारले पर्याप्त मात्रामा भ्याक्सिन सुरक्षित गर्ने तयारी गरिरहेको छ । यो व्यक्ति, सार्वजनिक र सामुदायिक स्वास्थ्यको लागि महत्वपूर्ण छ’ हम्माद मेडिकल कर्पोरेशनमा संक्रामक रोग विशेषज्ञका प्रमुख समेत रहेका डा. खलले कतार टिभीसँग कुरा गर्दै भने । उनका अनुसार जनस्वास्थ्य मन्त्रालयले भ्याक्सिन उपलब्ध हुना...