बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

गर्भपतनसम्बन्धी कानुनको महिला अधकारवादीद्धारा स्वागत


असोज २२ काठमाडौं । दक्षिण कोरिया सरकारले गर्भपतनसम्बन्धी कानुन ल्याइने भएको समाचारको यहाँका महिला अधिकारवादीहरुले स्वागत गरेका छन् ।दक्षिण कोरियाको कानुन मन्त्रालयले बुधबार यहाँको सरकारले गर्भपतनलाई मान्यता दिने कानुनलाई संसदमा पेश गर्न लागेको जानकारी दिएको थियो ।

यहाँको सरकारले दक्षिण कोरियाका महिलालाई बढीमा १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा गरिएको बताएको थियो ।अब यो कानुन आएपछि यहाँका महिलाले आफैले इच्छा गरे बमोजिम नै गर्भपतन गराउन पाउने छन् ।यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन । गर्भवती महिलामा गम्भीर प्रकृतिको रोग देखिएमा, बच्चा अपांग रहेको भनी स्वास्थ्य जाँचका क्रममा पाइएमा र बलात्कारका कारण गर्भ रहन गएमा मात्र महिलाले गर्भपतन गराउन पाउँथे ।

तर महिला अधिकारवादीहरुले महिलाको इच्छाबमोजिम गर्भपतन गराउन पाउनुपर्ने कानुनको माग गर्दै आएका र सरकारले यो कानुन ल्याउने भएपछि त्यसको स्वागत गरेका हुन् ।यहाँको अदालतले महिलाले गर्भपतन गराउन पाउनेगरी कानुन बनाउन भनेको थियो । यो कानुन बन्ने भएपछि यहाँका महिला अधिकारवादीहरुले यस कानुनको स्वागत गरेका हुन् ।(रासस÷ सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *