आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई

अन्तराष्ट्रिय, समाचार, समाज
सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ। भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ। उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ। नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले “भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग” गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको हो। ओस्लोमा १०१ औँ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो। यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ। गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए। ...
दक्षिण कोरियामा १५ लाख श्रमिकले पाएनन् तलब

दक्षिण कोरियामा १५ लाख श्रमिकले पाएनन् तलब

अन्तराष्ट्रिय
असोज २३ काठमाडौं । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ । सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १।४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन वोन पुगेको छ । त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ । यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा छन् । सन् २०१९ मा मात्र पाँच जना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी ज्याला ५४५....
एनआरएन विश्व विज्ञ सम्मेलन आजबाट : प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

एनआरएन विश्व विज्ञ सम्मेलन आजबाट : प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

अन्तराष्ट्रिय
असोज २३ लण्डन। गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहआयोजनामा ३ दिने दोस्रो विश्व ज्ञान सम्मेलन शुरु भएको छ। भर्चुअल ९जुम० माध्यमबाट हुने सम्मेलनको उद्घाटन शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ । सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा सहितले सम्वोधन गर्ने भएका छन् । २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनका संयोजक तथा गैरआवासीय नेपाली संघका महासचिव डा। हेम राज शर्माले जानकारी दिए । ...
विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख नाघ्यो

अन्तराष्ट्रिय
असोज २३ काठमाडौं ।विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख नाघेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार ८२७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ७७९ संक्रमित थपिएका छन् ।कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४९ हजार ८१० संक्रमितको मृत्यु भइसकेको छ । ...
स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफमा

स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफमा

अन्तराष्ट्रिय, खेलकुद
असोज २३ काठमाडौं । स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।बिहीबार रातिको खेलमा जित हात पारेका स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा खेल्न लागेका हुन् । प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डले इजरायलमाथि पेनाल्टी सुटआउटमा जित निकाल्यो ।केनी मेकलिनले स्कटल्याण्डका लागि बिजयी गोल गरेका थिए । नोभम्बर १२ मा सर्बियाबिरुद्ध प्राप्त गर्ने एक जितले स्कटल्याण्डलाई युरो २०२० मा छनोट गराउनेछ । सर्बियाले समेत प्लेअफको फाइनलमा स्थान बनाउन नर्वेलाई २–१ ले हरायो । अतिरिक्त समयको खेलमा जित निकाल्दै सर्बिया समेत युरो छनोटको नजिक पुगेको छ ।सर्बियाको जितमा लाजियोका मिडफिल्डर सर्जेज मिलिन्कोभिक सेविकले दुवै गोल गरे । नर्वेका म्याथियस नर्मनले बराबरी गोल फर्काएका थिए । एजेन्सी ...
अमेरिकामा दुई महिना यताकै धेरै संक्रमण

अमेरिकामा दुई महिना यताकै धेरै संक्रमण

अन्तराष्ट्रिय
असोज २३ काठमाडौं । अमेरिकामा दुई महिना यताकै धेरै कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ५६ हजार ६५२ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थपिएका संक्रमित संख्या अगस्ट १४ यताकै धेरै हो ।संक्रमितमध्ये अहिलेसम्म ५० लाख २५ हजार १५३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ९० हजार ८३२ जनामध्ये १४ हजार ६५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ९५७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १७ हजार ७३८ पुगेको छ । ...
फ्रेन्च ओपनको फाइनलमा सोफिया र इगा बिच प्रतिस्पर्धा हुने

फ्रेन्च ओपनको फाइनलमा सोफिया र इगा बिच प्रतिस्पर्धा हुने

अन्तराष्ट्रिय, खेलकुद
असोज २३ काठमाडौं । फ्रेन्च ओपन टेनिसमा महिला एकल तर्फको उपाधिका लागि अमेरिकी सोफिया केनिन र इगा स्वीएटेकबिच प्रतिस्पर्धा हुने भएको छ । अस्ट्रेलियन ओपन विजेता २१ वर्षकी अमेरिकी खेलाडी केनिनले चेक गणतन्त्रकी पेट्रा क्वितोभालाई पराजित गरेर फाइनलमा स्थान बनाएकी हुन् । उनले पेट्रालाई ६-४ र ७-५ को सेटमा पराजित गरिन् । यस्तै १९ वर्षकी पोलिस खेलाडी इगाले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई ६-२ र ६-१ को सेटमा पराजित गरेकी हुन् । ...
पन्जाबविरुद्ध हैदरावादको शानदार जित

पन्जाबविरुद्ध हैदरावादको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज २३ काठमाडौं । आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ ।दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११र११ रन जोडे । हैदराबादका लागि राशिद खानले ३ विकेट लिदा खलिल अहमेद र टी नटराजनले २र२ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल...
इटालीमा कोरोनाको दोस्रो लहर

इटालीमा कोरोनाको दोस्रो लहर

अन्तराष्ट्रिय
असोज २३ काठमाडौं ।  इटालीमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बिहीबारदेखि मास्क लगाउन अनिवार्य गरिएको छ।इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साझ पत्रकार सम्मेलन गर्दै इटालीभर नै मास्क अनिवार्य गरिएको जानकारी दिए। मास्क अनिवार्य गरिए पनि अरु नियम भने परिवर्तन भएका छैनन्। मास्क नलगाए ४ सय युरोदेखि १ हजार युरोसम्म जरिवाना लाग्न सक्ने नियम पनि लागू गरिएको छ। ...
मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको शानदार जित

मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज २३ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्सलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले ३-० को जित दर्ता गरेको हो । डोमिनिक काल्भर्ट लेविनले गोलबाट राष्ट्रिय टिमको डेब्यू सुरु गरेका छन् । उनले २६ औँ मिनेटमा गोल गरे । सो गोलका लागि ज्याक ग्रेलिशले सहयोग गरेका हुन् ।इंग्ल्याण्डका लागि ५३ औँ मिनेटमा कनर कोडी तथा ६३ औँ मिनेटमा ड्यानी इनग्सले गोल गरेका हुन् । बिहीबार राति नै भएका खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २-१ ले पराजित गरे । यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १-१ को बराबरी खेलेका छन् । ...