श्रीलंका टाट पल्टनुको कारण
-डा.डिआर उपाध्याय,
अहिले श्रीलंकाको अबस्था चिन्ताजनक छ। श्रीलंका चरम आर्थिक संकटमा फसेको छ । कुनै बेला श्रीलंका आर्थिक, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दक्षिण एसियाली मुलुकहरूमा अग्रस्थानमा थियो। तर, अहिले श्रीलंकाको भविष्य अन्योलमा छ। श्रीलंकामा त्यहाँका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास नै छाडेर भाग्नुपर्यो। स्वेच्छाचारी शासकीय प्रवृत्तिका कारण नै श्रीलंकाले यो हविगत व्यहोर्नु परेको हो। सेनाप्रमुखले शान्ति कायम गर्न आह्वान गरेका छन्। श्रीलंका पुरानो अवस्थामा फर्कन कति समय लाग्ने हो कुनै निश्चित छैन ।
मुलुकलाई यो अवस्थामा ल्याइपुर्याउन राजापाक्षे सरकार नै मुख्य जिम्मेवार हो। श्रीलंकासँग नेपालको तुलना हुन थालेको छ। सरकारका कतिपय काम कारबाहीले शंका उत्पन्न गराएको छ । समयमै राजनीतिक नेतृत्व र नेपाली जनता सचेत हुनुपर्ने आवश्यकता देखिएको छ। श्रीलंका टाट पल्टनुका विभिन्न ...









