शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अन्तराष्ट्रिय

जर्मनीमा कडा प्रतिबन्धसहित लकडाउन बढाइयो

जर्मनीमा कडा प्रतिबन्धसहित लकडाउन बढाइयो

अन्तराष्ट्रिय
कोरोनाको बढ्दो केसकाबीच जर्मनीमा कडा प्रतिबन्धका साथ लकडाउन बढाइएको छ ।चान्सलर एन्जेला मर्केलले मंगलवार कोरोनामाथि लगाम लगाउनको लागि ३१ जनवरीसम्म नेशनवाइड लकडाउन बढाइएको बताएकी छन् । यो निर्णय स्टेट गभर्नरको सुझावपछि मात्रै लिइएको हो । जर्मनीमा हालसम्म ३७ हजार १८० जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने १८ लाख १४ हजार ५६५ जनालाई कोरोना संक्रमण भएको छ । ...
हत्या अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोल पुग्यो रेड नोटिस

हत्या अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोल पुग्यो रेड नोटिस

अन्तराष्ट्रिय
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित ४८ जना अमेरिकी अधिकारीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । इरानले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा रेड नोटिस पठाउँदै राष्ट्रपति ट्रम्पसहितका अमेरिकी अधिकारीहरुको गिरफ्तारीको माग गरेको हो । १ वर्षअघि ३ जनवरीमा इराकको बगदादमा ड्रोन आक्रमण गरी अमेरिकाले जनरल सुलेमानीको हत्या गरेको थियो । अल जजीराका अनुसार इरानको न्यायालयसम्बन्धी मामिलाका प्रवक्ता गुलाम हुसेन इस्माइलीले भनेका छन् ‘इरान ती व्यक्तिहरुविरुद्ध कारवाही गर्न र सजाय दिन निकै गम्भीर छ जसले जनरल सुलेमानीको हत्याको आदेश दिए अनि उनीमाथि आक्रमण गरे ।’ यसअघि पनि जून २०२० मा तेहरानका प्रोसिक्युटर अली अल कासिमेहरले इन्टरपोलसँग ट्रम्पको गिरफ्तार...
विश्व स्वास्थ्य संगठन कोरोना महामारीको अनुसन्धानका लागि चीनको व्यवहारमाथि असन्तुष्ट र अत्यधिक निराश

विश्व स्वास्थ्य संगठन कोरोना महामारीको अनुसन्धानका लागि चीनको व्यवहारमाथि असन्तुष्ट र अत्यधिक निराश

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अनुसन्धानका लागि चीनको व्यवहारमाथि असन्तुष्ट र अत्यधिक निराश भएको बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनम गिब्रयेससले मंगलबार यसबारे कुरा गर्दै भनेका छन्, ‘हामीहरु निकै निराश छौं किनभने चीनले अहिलेसम्म पनि कोरोना महामारीको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको समूहलाई अहिलेसम्म देशमा आउन अनुमति दिएको छैन ।’ जनवरीको सुरुवातमा नै विशेषज्ञको समूह एक वर्ष अघि कोरोना संक्रमण कसरी सुरु भएको थियो, यसबारे पत्ता लगाउन चीनको वुहान गएको थियो । जिनेवामा एक अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका निर्देशकले भने, ‘हामीले थाहा पाएका छौं कि चिनियाँ अधिकारीले अहिलेसम्म त्यहाँ पुग्न समूहका लागि आवश्यकत अनुमतिमा सहमति दिएको छेन । म लगातार चीनका वरिष्ठ अधिकारीको सम्पर्कमा रहँदै आएको छ र मैले ...
बेलायतमा कोरोना संक्रमण धेरै फैलिएपछि फेरी लकडाउन गरी कडा नियम लागु

बेलायतमा कोरोना संक्रमण धेरै फैलिएपछि फेरी लकडाउन गरी कडा नियम लागु

अन्तराष्ट्रिय, समाचार
बेलायतमा कोरोना संक्रमण धेरै फैलिएपछि फेरी लकडाउन गरी कडा नियम लागु गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अन्य देशबाट बेलायत आउने सबै यात्रीको कोरोना रिपोर्ट नेगेटिभ देखाउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले यसबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने जानकारीसमेत दिए । बेलायतमा कोरोनाको नयाँ भेरियन्टको मामिला सार्वजनिक भएपछि सरकार कडा व्यवहार अपनाइरहेको छ । चीफ मेडिकल अफिसर क्रिस विट्टीले मंगलबार दिएको जानकारी अनुसार बेलायतमा हरेक ५० मध्ये एक व्यक्ति कोरोना पोजेटिभ छन् । अर्थात् एउटा ठूलो जनसंख्या कोरोना संक्रमणको चपेटमा छन् । ...
जर्मनीकी चान्सलर एंजेला मर्केलले मंगलबार देशव्यापी रुपमा लकडाउन बढाइएको घोषणा

जर्मनीकी चान्सलर एंजेला मर्केलले मंगलबार देशव्यापी रुपमा लकडाउन बढाइएको घोषणा

अन्तराष्ट्रिय, समाचार
जर्मनीकी चान्सलर एंजेला मर्केलले मंगलबार देशव्यापी रुपमा लकडाउन बढाइएको घोषणा गरेकी छन् । अब लकडाउन यो महिनाको अन्त्यसम्म देशभर रहनेछ । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले ंक्रमणको बढ्दो घटनालाई मध्यनजर गर्दै नयाँ अनि कडा प्रतिबन्ध पनि लागू गरेकी छिन् । उनले भनिन्, ‘हामीले मानिसहरुको सम्पर्कलाई थप कडाईका साथ रोक्नुपर्नेछ । हामी सबै नागरिकलाई अन्य व्यक्तिको सम्पर्कमा कमभन्दा कम सम्पर्कमा आउन अपिल गर्छौं ।’ ...
विश्वभर एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको भ्याक्सिन

विश्वभर एक करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको भ्याक्सिन

अन्तराष्ट्रिय
विश्वभर एक करोडभन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म एक करोड ८ लाखले भ्याक्सिन लगाइसकेको तथ्यांक छ । ग्लोबल भ्याक्सिन ट्रयाकरका अनुसार सबैभन्दा बढी चीनमा ४५ लाखले भ्याक्सिन लगाइसकेका छन् । जनसंख्याको अनुपातमा सबैभन्दा बढी इजरायलका जनताले भ्याक्सिन लगाएका छन् । त्यहाँ ११ प्रतिशत जनताले भ्याक्सिन लगाइसकेका छन् । चीनपछि अमेरिकामा ३४ लाख मानिसले भ्याक्सिन लगाइसकेका छन् । विकसित देशहरुमा धमाधम भ्याक्सिन लगाउने क्रम चलेको छ । बेलायतमा ९ लाख, रुसमा एक साता अघि नै ४ लाख ४० हजारले भ्याक्सिन लगाइसकेको तथ्यांक छ । त्यहाँ यो सात दिनमा लाखौंले भ्याक्सिन लगाइसकेका छन् । जर्मनीमा डेढ लाख, क्यानडामा ९८ हजार, बहराइनमा ५९ हजार, पोल्यान्डमा ३६ हजार, इटालीमा ३४ हजार, डेनमार्कमा २९ हजार, पोर्चुगलमा २६ हजार, मेक्सिकोमा २४ हजार, स्लोभेनियामा ९ हजार र चिलीमा ८ हजारले भ्या...
स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई २–० ले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई २–० ले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई २–० ले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा हराउँदै १७ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा पुगेको हो। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३५ अंक छ। ​ रियलको जितका लागि लुकास भाञ्क्वेजले खेलको सुरुवाती ६ मिनेटमै पहिलो गोल गरेका थिए । पहिलो हाफमा १–० ले अग्रता रिएको रियलले दोस्रो हाफमा थप एक गोल गरेको हो। दोस्रो हाफको ५३ औं मिनेटमा मार्को एसेन्सिओले गोल गर्दै रियलको २–० को जित निश्चित गरेका हुन्। पराजित भएको सेल्टा १७ खेलबाट २३ अंकसहित आठौं स्थानमा छ । ...
२०२० मा कोरोनाभाइरस महामारीका कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढी

२०२० मा कोरोनाभाइरस महामारीका कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढी

अन्तराष्ट्रिय, समाचार
सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण हवाई यात्रामा कमी आएपनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको छ। डेनमार्कको उड्डयन परामर्शदाता कम्पनी टु ७० का अनुसार सन् २०२० मा २९९ जना व्यक्ति व्यावसायिक हवाई दुर्घटनामा मारिएका थिए जुन सन् २०१९ को २५७ भन्दा बढी हो। गत वर्ष विश्वभर हवाई उडान ४२ प्रतिशतले घटेको फ्लाइटराडार २४ ले जनाएको छ। टु ७० का अनुसार मृत्यु हुनेको सङ्ख्यामा ठूला व्यावसायिक उडानहरूको दुर्घटना रहेका छन्। सो सङ्ख्यामा इरानको सशस्त्र शक्तिले खसालेको युक्रेनको जहाजमा भएको मृत्यु पनि समावेश छ। सो दुर्घटनामा १७६ जना मारिएका थिए र इरानले ती प्रत्येकको परिवारलाई १५०,००० डलर क्षतिपूर्ति दिने बताएको छ। अर्को ठूलो दुर्घटना पाकिस्तान वायुसेवाको कराँचीमा भएको विमान दुर्घटना रहेको छ जसमा ९८ जनाको मृत्यु भएको थियो। सो दुर्घटनाको कारण मानवीय त्रुटि रहेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ।...
अष्ट्रेलियामा जारी बिग बास लिगमा  सन्दीप लामिछानेको टोली होबार्ट हुरिकेन्स विजयी

अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप लामिछानेको टोली होबार्ट हुरिकेन्स विजयी

अन्तराष्ट्रिय, खेलकुद, समाचार
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए । लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिएका हुन  । उनले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिएका हुन् । चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि लामिछानेले आज पहिलो खेल खेलेका हुन । टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाए  । एक सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो । मेलबर्नका लागि कप्तान ग्लेन म्य...
टोकियोमा कोरोनाभाइरसको तेस्रो लहर,केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह

टोकियोमा कोरोनाभाइरसको तेस्रो लहर,केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन् । गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेका हुन् । भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागु गर्नुपर्ने माग कोइकीले राखेका थिए । जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए । यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड–१९ नियन्त...