शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अन्तराष्ट्रिय

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले अंक बाड्नु परेको हो । बल पोजिसनमा एकतर्फी पकड जमाएपनि रियलका फरवार्डले गोल गर्न सकेनन् । यता, घरेलु टोलीका खेलाडीले पनि केहि उत्कृष्ट अवसरलाई गोलमा बदल्न सकेनन् । बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । ओसासुना १५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । ...
विश्वमा कोरोनाबाट एकैदिन १२ हजार २ सय ९७ जनाको मृत्यु

विश्वमा कोरोनाबाट एकैदिन १२ हजार २ सय ९७ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
विश्वमा एकैदिन ७ लाख ११ हजार ३ सय ७७ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या ९ करोढ ४३ हजार २ सय ८२ पुगेको छ । त्यस्तै विश्वमा कोरोनाबाट एकैदिन १२ हजार २ सय ९७ जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४ सय ७५ पुगेको छ । त्यस्तै विश्वमा ६ करोड ४४ लाख ४५ हजार १ सय ८८ जन संक्रमित उपचारपछि निको भएका छन् । ...
इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको छ

इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको छ

अन्तराष्ट्रिय, समाचार
इन्डोनेसियाको राजधानी जाकार्ताबाट शनिबार वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको छ । बीबीसीका अनुसार जाकार्ताबाट उडेको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको थियो । विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार थिए । जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको थियो । जहाजका केही अवशेष र लासहरु समेत दुर्घटनास्थलमा देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । ...
हेन्ले एण्ड पार्टनरको  पासपोर्ट इन्डेक्समा जापानी राहदानी सबैभन्दा  शक्तिशाली

हेन्ले एण्ड पार्टनरको पासपोर्ट इन्डेक्समा जापानी राहदानी सबैभन्दा शक्तिशाली

अन्तराष्ट्रिय, समाचार
विश्वमा कोभिड महाव्याधीले आर्थिक र राजनैकि मात्र नभएर राहदानीको शक्तिमा समेत असर परेको छ । प्राय जस्तो विश्वको सबै देशहरुमा चरणबद्धरुपमा लकडाउन खुल्दै गए पनि आउदा दिनमा हवाई यात्रा जस्ता सम्वेदनशिल विषयमा भ्याक्सिन अनिवार्य हुनु पर्ने प्रावधान राखिने निश्चित छ ।  विश्वमा कुन देशको राहदानी कति भ्रमणमैत्री छ भनी गरेको सर्वेक्षण द हेन्ली पासपोर्ट इन्डेक्सले जापानी राहदानीलाई सबैभन्दा विश्वासीलो र शक्तिशाली मानेको छ । तत्काल जापानलाई विश्वको १९१ देशहरुले भ्रमण गर्न भिसा पाउने प्रथमिकतामा राखेका छन । यसका साथै एसियन नागरिकको डकुमेन्ट निरन्तर रुपमा विश्वको शक्तिशाली हुदै गएको देखिएको छ ।  त्यसैगरि, सिंगापुरले विश्वका १९० देशहरुमा भ्रमण गर्न पाउने प्राथमिकताको कारण दोस्रो स्थान कायम गरेको छ भने साउथकोरिया १८९ औ देशहरुको सूचिमा पर्न सफल भएको छ । यसरी शक्क्तीशालि डकुमेन्ट रहेको देश...
जापानको राजधानी टोकियोमा आपतकाल घोषणा

जापानको राजधानी टोकियोमा आपतकाल घोषणा

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरस संक्रमणको दर तिब्र गतिमा फैलन थालेपछि जापानको राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको छ। जापान सरकारले राजधानी टोकियोमा आपतकाल घोषणा गरेको हो। यो आपतकाल एक महिनासम्म जारी रहने छ। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले स्थिति भयावह बन्न थालेकोले उच्च सतर्कता अपनाउनका लागि आपतकाल लगाउनुपरेको बताएका छन्। ...
अन्ततः चुनावमा आफ्नो हार स्वीकार गर्दै नव निर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार,डोनाल्ड ट्रम्प

अन्ततः चुनावमा आफ्नो हार स्वीकार गर्दै नव निर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार,डोनाल्ड ट्रम्प

अन्तराष्ट्रिय, समाचार
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः चुनावमा आफ्नो हार स्वीकार गर्दै नव निर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । बुधबार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि अहिले राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भइरहेको छ । विपक्षी सांसदले उनलाई तत्काल पदबाट हटाउनुपर्ने माग गर्दै अन्यथा महाभियोग लगाउने चेतावनी दिइरहेका छन् । यहीबीच ट्रम्पले पहिलो पटक आफ्नो पराजय स्वीकार गर्दै ट्विटरमा भिडियो सन्देश जारी गरेका हुन् । जसमा उनले भनेका छन्, ‘कंग्रेस (संसद्) ले चुनावी नतिजा प्रमाणित गरिसकेको छ। अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दै छ । अब मेरो ध्यान शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तरणमा केन्द्रित हुनेछ ।’ साथै उनले संसद् भवनभित्र आक्रमण गर्ने म...
विश्वमा सात लाख ४६ हजार ७९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए,१३ हजार ५३६ जनाको मृत्यु

विश्वमा सात लाख ४६ हजार ७९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए,१३ हजार ५३६ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौँ । गत २४ घण्टामा विश्वमा सात लाख ४६ हजार ७९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १३ हजार ५३६ जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ७५ लाख ७५ हजार ४७७ र मृत्यु हुनेको संख्या १८ लाख ८८ हजार ९४० पुगेको छ।
भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ

भारतमा बर्डफ्लू, दक्षिणी नाकामा कडाइ

अन्तराष्ट्रिय
करीब एक सातादेखि भारतमा देखिएको बर्डफ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्डफ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतसँग सीमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ । नेपालमा बर्डफ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत तयारी थालेको बताइएको ...
अमेरिकी संसदमा गोली प्रहार हुँदा एक महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यूको घोषणा

अमेरिकी संसदमा गोली प्रहार हुँदा एक महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यूको घोषणा

अन्तराष्ट्रिय
एजेन्सी । अमेरिकी संसदपरिसरमा प्रहरीले गोली प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ । राष्ट्रपति ट्रम्प समर्थकहरु सुरक्षा घेरा तोडेर संसदपरिसरमा पसेपछि प्रहरीले गोली चलाएको थियो । नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसदपरिसरको सुरक्षा घेरा तोडेर भवनभित्र छिरेका थिए।  उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै भवनको झ्यालढोकामा तोडफोड गरेर अराजकता प्रदर्शन गरेका थिए । भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए। अन्तरार्ष्ट्रिय समाचार माध्यमहरुमा छापिएको समाचार अनुसा राष्ट्रपति ट्रम्पले भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन्।  हिंसा बढ्ने सम...
चीनले कोरोना कहाँबाट सुरु भएको थियो भनेर अनुसन्धान गर्न दिएन : डब्लूएचओ

चीनले कोरोना कहाँबाट सुरु भएको थियो भनेर अनुसन्धान गर्न दिएन : डब्लूएचओ

अन्तराष्ट्रिय
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमणको सुरुवात कहाँबाट भयो भनेर अनुसन्धान गर्न भनेर गएको विशेषज्ञ टोलीलाई चीनले आफ्नो देशमा प्रवेशको अनुमति नदिएको भन्दै रोष प्रकट गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लूएचओको महानिर्देशक डा. टेड्रोस एडहनम गिब्रेयससले मंगलबार भनेका छन्, ‘हामीहररू निकै निराश छौं, कोरोनाको सुरुवात कहाँबाट भएको थियो भनेर अनुसन्धान गरिरहेको विशेषज्ञ टोलीलाई चीनले अहिलेसम्म आफ्नो देश प्रवेशमा अनुमति दिएको छैन।’ गत वर्ष डिसेम्बर अन्त्यमा चीनको उहान सहरबाट कोरोना संक्रमण सुरु भएको मानिएकाे छ। तर वास्तविकता अझै प्रस्ट हुन नसकेकाले डब्लूएचओका वैज्ञानकि अनुसन्धानमा जुटेको हो। त्यसका लागि गत जनवरीमै डब्लूएचओले विशेषज्ञकाे टोली बनाएर उहान जाने तयारी गरिरहेको थियो।जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले भने, चिनिय...