शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

स्वास्थ्य

वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थाले

वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थाले

समाज, स्वास्थ्य
वीरगञ्ज । वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थालेका छन् । सानो पाइला नामक एक सामाजिक संस्थाले अस्पतालमा उपचाररत संक्रमितहरुलाई पोषिलो खाना र खाजा सोमबार बिहानदेखि खुवाउन सुरु गरेको हो । अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि उक्त संस्थाले पोषणयुक्त खाना र खाजा खुवाउन सुरु गरेको हो । सानोपाइला बिहानको खाजामा दुई वटा रोटी, आलुको भुजिया, एउटा अण्डा, एउटा स्याउ, अंगुर र एक गिलास दूध खुवाएको नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत संक्रमित पत्रकार सुरेश विडारीले जानकारी दिए । पोषिलो खाजा र खानको व्यवस्थापन सानो पाइलाले गरेको हो । अस्पतालमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी सानो पाइलाले लिएको थियो । संक्रमित बिरामीले पोषणयुक्त भोजन नपाएको गुनासो गर्दै अस्पतालमा उपचाररत एक ...
बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोक सिल

बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोक सिल

समाचार, समाज, स्वास्थ्य
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको तेञ्जिङ चोक सिल गरिएको छ । बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र बन्द गरिएको हो । तेञ्जिङ चोक बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए । संक्रमित युवती सर्लाही रामनगरकी हुन् । उनलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पीसीआर परीक्षण गरिएको छ । युवतीको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गरिएको नगर प्रमुख खरेलले जानकारी दिए । उक्त क्षेत्रमा आगामी तीन दिन एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोकिने बताइएको छ । आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिच...
कोरोनाले मृत्यु भएकी महिलाको शिशुसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ

कोरोनाले मृत्यु भएकी महिलाको शिशुसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ

समाचार, स्वास्थ्य
काभ्रे — कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो । सामान्यता ४ घण्टा आउने परीक्षणको नतिजा आउन ढिलाइ हुँदा आइसोलेसनमा रहेका उनीहरु ४८ घण्टादेखि तनावमा थिए । रिपोर्ट ढिला हुँदा कुनै उपचारसमेत सुरु नगरिएको मृतकको बहिनीले टेलिफोनमा जानकारी दिइन् । शिशुलाई ल्याक्टोजिन खुवाएर राखिएको छ ।नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको जिल्ला कमाण्ड पोस्टका सदस्यसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए । श्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्...
बाराका पनि पत्रकार कोरोना संक्रमित

बाराका पनि पत्रकार कोरोना संक्रमित

समाचार, समाज, स्वास्थ्य
बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ । ...
चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने तयारी

चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने तयारी

समाचार, समाज, स्वास्थ्य
प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई कारबाही गर्ने तयारी थालेको छ। शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए। आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए। उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोधसमेत भएको थियो। 'आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर जाने जोकोहीलाई पनि कानुनी कारबाही हुन्छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने,'त्यस्ता हर्कतलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हुन्छ। त्यसमा कसैलाई पनि कुनै प्रकारको छुट हुँदैन।' दुर्व्यवहार गर्ने उत्तम कार्कीको कुनै पनि परिचय पत्र नरहेको समेत खुलेको...
भारतबाट नेपाललाई ३० हजार कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग

भारतबाट नेपाललाई ३० हजार कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग

समाचार, स्वास्थ्य
काठमाडौं–भारतले नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पीसीआर टेस्ट कीट सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतवार कोभिड–१९ पीसीआर किट हस्तान्तरण गरेका हुन् । पुनाका माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तर गरिएको दूतावासले जनाएको छ । सो टेस्ट कीटको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्ने दूतावासले विश्वास व्यक्त गरेको छ । यसैगरि, गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तरण गरेका थिए । ...
भारतमा प्रतिदिन कोरोना संक्रमणमा नयाँ रेकर्ड

भारतमा प्रतिदिन कोरोना संक्रमणमा नयाँ रेकर्ड

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतले प्रतिदिन कोरोना संक्रमणमा नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन कोरोनाका ४ हजार ८ सय ८५ जना नयाँ संक्रमित थपिएपछि नयाँ रेकर्ड बनेको हो। यसक्रममा गुजरात राज्यमा एकैदिन १ हजार बढी संक्रमित फेला पर्ने दोश्रो राज्य बनेको छ। यीमध्ये ७ सय ९ जना संक्रमित साता लामो परीक्षणपछि फेला परेका हुन्। उनीहरू सबै व्यापारी र विक्रेता भएको टाइम्स अफ इण्डियाले जनाएको छ। यसैगरी कोरोनाको संक्रमणबाट भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा संक्रमितको अझै बढिरहेको छ। त्यहाँ एकैदिन १६ सय ६ जना नयाँ संक्रमित फेला परेका छन् भने ६७ जनाको ज्यान गएको छ। त्यहाँ एकैदिन यतिधेरै मानिसको ज्यान गएको पहिलोपटक हो। हालसम्म भारतमा ९० हजार ६ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन्। पछिल्लो तथ्यांक अनुसार दुई दिनको अवधिमा भारतमा १० हजार संक्रमित थपिएको टाइम्स अफ इण्डियाको समाचारमा उल्लेख छ। श...
तरुण दल रसुवाले २५ सय लकडाउन बाट प्रभावित बिपन्न नागरिक लाई खाना ख़ुवायो

तरुण दल रसुवाले २५ सय लकडाउन बाट प्रभावित बिपन्न नागरिक लाई खाना ख़ुवायो

समाचार, समाज, स्वास्थ्य
कोरोना भाइरसका कारण डेड महिना देखि लकडाउन बाट प्रभावित बनेकाहरुलाई राजधानीको बालाजुस्थित माछापोखरीमा बैशाख १६ गते देखी २५ गते सम्म १० दीन नेपाली काँग्रेसको भातृ सस्था नेपाल तरुण दल रसुवाले निशुःक खाना खुवाएको छ । तरुण दल रसुवाका अध्यक्ष डील बहादुर मोक्तानको नेतृत्वमा चैत्र १६ गतेदेखि खाना खुवाउन थालिएको हो ।दैनिक २ ८० मजदुर, असाहय र सडक बालबालिकाहरुलाई खाना खुवाइरहेको र हालसम्म २५०० जना लाई खुवाइसकेको नेपाली कांग्रेस रसुवाका नेता कुमार देवकोटाले जानकारी दिनु भो ।दैनिकी खाना बनाउन तरुण दलका स्वयंसेवकहरु बिहानै बालाजु माछापोखरी पुग्छन ! बालाजु माछापोखरी स्थित बर्गर हाउसका संचालक एवं तरुदल नेता खेसम तामाङ उक्त काममा निरन्तर लागिरहेका छन ।हरेक दिन बिहानको खानामा दाल भात तरकारी अचार र कुनै दिन खिर तरकारी पनि खुवाइएको र पहिलो चरन को कार्यक्रम स्थगीत भएको र अबका दीन मा नया चरण को कार्यक्रम सुरु ...
संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा जानुपर्ने डब्लुएचओको चेतावनी

संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा जानुपर्ने डब्लुएचओको चेतावनी

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार कोरोना प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनी दिएको छ। उसले कोरोना प्रभावित मुलुकलाई ुएकदमै सावधानीपूर्वक र चरणबद्ध रुपमाु कोरोनाको व्यवस्थापन गर्न सुझाब दिएको छ। संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रियससले यसका लागि विश्वका मुलुकहरूले पछ्याउनुपर्ने कदमहरु प्रस्तुत गरेका छन्। यसमा निगरानी नियन्त्रण र स्वास्थ्य प्रणालीको तयारी लगायतका सुझावहरु समावेश छन्। ‘यदि लकडाउनपछिको संक्रमणकालिन अवस्थालाई एकदमै ध्यानपूर्वक चरणबद्ध रुपमा व्यवस्थापन नगरे पुनः लकडाउन फर्किनुपर्ने खतरा छ’ जेनेभामा उनले भने। त्यसैगरी उनले कोरोना संक्रमणको खतरा अझै रहेकाले स्वभाविक लयमा फर्किन सम्भव नभएको पनि बताए। उनले स्वास्थ्य प्रणालीमाथिको लगानीमा जोड दिए। ‘कोरोना अन्ततः कम हुनेछ तर पहिलाजस्तै लयमा फर्किने भन्...

यो समय मदिरा सेवन गरे स्वास्थ्यलाई थप जोखिम पर्न सक्ने

समाचार, स्वास्थ्य
मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य सङ्कटका समयमा मदिरा सेवन नगर्न अपिल गरिएको छ । मदिरा सेवनबाट मुलुकका विभिन्न मागमा मानवीय क्षति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन गरेर आफूलाई थप जोखिममा नपार्न पनि आग्रह गरिएको हो । स्वास्थ्यमन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मदिराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्ने भन्दै यसले कोरोना सङ्क्रमणको थप जोखिम बढ्ने बताए । “मदिराले हानी गर्छ, फाइदा गर्दैन, कोरोना भाइरसलाई नष्ट गर्ने कुरै भएन, न मानिसमा छर्केर नै यसको नियन्त्रण गर्न सकिन्छ न सेवनले नै रोक्न सकिन्छ । यो दुवै हिसाबले मदिराको प्रयोग हानीकारक छ”, उनले भने । प्रवक्ता देवकोटाले मुलुक लकडाउनको अवस्थामा मदिरा सेवन गर्नुको साटो शारीरिक तथा मानसिक हिसाबले सुदृढ हुने खालका क्रियाकलाप गर्न अ...