शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

स्वास्थ्य

थप ३० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४ सय ८७

थप ३० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४ सय ८७

समाचार, स्वास्थ्य
काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको हो । सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । त्यहाँका २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षका पुरुष र ८ वर्षकी बालिकामा कोरोना संक्रमण देखिएको हो । नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ । चितवनको भरतपुर महान...
गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर :क्रिमसन अस्पताल

गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर :क्रिमसन अस्पताल

समाचार, स्वास्थ्य
गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर रहेको उनी उपचाररत अस्पतालले स्पष्ट पारेको छ । रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको अवस्था स्थिर रहेको र अहिले आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘बिरामीको मृत्यु भएको भन्ने हल्लामात्रै हो । उहाँको आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको छ ।’ अस्पतालले मृृत्यु भएको भनेर पुष्टि नगरेको भन्दै उनले आफूहरुले यसबारे स्पष्ट पार्न विज्ञप्ति जारी गर्न लागेको पनि बताए । बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल व्यवस्थापनले संक्रमितलाई कोरोना विशेष अस्पतालमा लैजान समेत सुझाएको तर सरकारी निकायबाटै यहीँ उपचार गर्ने भनेपनि आफूहरुले उपचार गरिरहेको उनको भनाइ छ ।गम्भीर अवस्थामा रहेका बिरामीलाई आफ्नो अस्पतालले निको पार्न हरतरह प्रयास जारी रहेको...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । भारतमा कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन हजार तीन सय ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ६ हजार सात सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा पाँच हजार ६ सय ११ नयाँ संक्रमित भेटिएका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ हजारएक सय ३६ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ३२५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १२ हजार चार सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ८४ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १२ हजार १४...
कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि पछि प्रहरीका ६ वटा इकाइ सिल

कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि पछि प्रहरीका ६ वटा इकाइ सिल

समाचार, स्वास्थ्य
काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको छ भने मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ । ‘सबैमा गरेर २ सय बढी कर्मचारी कार्यरत छौं’, कुँवरले भने, ‘अब सबैको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी गरिरहेका छौं ।’ टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो । दुवै जना कालीमाटीको प्रहरी ब्यारेकमा बस्दै आएका थिए । ब्यारेकमा सुत्ने कोठासँगै खाना खाने मेस पनि सामूहिक हुन्छ । ...
स्वाद र गन्ध थाहा नपाउनु कोरोना लक्षण भएको बेलायतको जनस्वास्थ्य विभागबाट पुष्टि

स्वाद र गन्ध थाहा नपाउनु कोरोना लक्षण भएको बेलायतको जनस्वास्थ्य विभागबाट पुष्टि

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस ९एनएचएस० ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थियो र पुष्टिका लागि थप अनुसन्धान थालिएको थियो । बेलायतको स्वास्थ विभागका एक अधिकृत प्रोफेसर जोनाथन भ्यान ट्यामले अनुसन्धानबाट यस्तो कुरा पत्ता लागेको बताए । कसैमा यी दुई मात्र लक्षण देखिए एक हप्ता घरमा अलग्गै बस्न आग्रह गरिएको छ भने यीबाहेक अन्य पूर्ववत् लक्षणसमेत देखिए १४ दिन अलग्गै बस्न भनिएको छ । प्रो ट्यामले कोरोनाको सङ्क्रमणबाट हालै भर्ना भएका नयाँ सङ्क्रमितमा यी लक्षण करीब ९३ प्रतिशतलाई देखिएको बताए । किङ्स कलेज लण्डनका अनुसन्धानकर्मी प्रो टिम स्पेक्टरको सम...
डब्ल्यूएचओलाई अमेरिकी राष्ट्रपति ट्रम्पको ३० दिने अल्टिमेटम

डब्ल्यूएचओलाई अमेरिकी राष्ट्रपति ट्रम्पको ३० दिने अल्टिमेटम

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि ३० दिनको अल्टिमेटम दिएका छन् । उनले यो समयमा डब्ल्यूएचओले माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र पोष्ट गरेका छन् । यो पत्रमा उनले डब्ल्यूएचओले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना गरिएको छ । ट्रम्पले डब्ल्यूएचओले चीनको वुहानबाट फैलिएको यो महामारीबारे प्राप्त भएको विश्वसनीय प्रतिवेदनलाई पनि बेवास्ता गर्दै आएको आरोप लगाए । ट्रम्पले डब्ल्यूएचओले निरन्तर चीनको प्रशंसा गरेकोमा पनि आपत्ति जनाएका छन् । ट्रम्पले डब्ल्यूएचओले आफ्नो सुधारको मागलाई अस्वीकार गरेको खण्डमा स्थायी रुपमा सह...
कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, समाज, स्वास्थ्य
कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं । कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेकाहरुमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिए । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको हो । ...
शोकमा डुब्यो कोरोनाबाट युवकको मृत्यु भएपछि नरैनापुरः उच्च सुरक्षा सतर्कता

शोकमा डुब्यो कोरोनाबाट युवकको मृत्यु भएपछि नरैनापुरः उच्च सुरक्षा सतर्कता

समाचार, समाज, स्वास्थ्य
राँझा । क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो । शोकमग्न रहेको अवस्थामा स्थानीय मृतकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गाउँमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्कामा त्रसित समेत हुन पुगेको स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा स्वास्थ्य र व्यवस्थापनको पक्ष फितलो रहेको गुनासोसमेत आएको छ । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अचानक भएको अकल्पनीय निधनले सिङ्गो गाउँपालिका शोकमा ढुबेको बताए । ‘कोरोना सङ्क्रमितको सङ्ख्या थपिने आशङ्काले पनि स्थानीयवासी त्रसित भएको देखिएको छ, त्रसितभन्दा पनि संयमित हुन जरुर...
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख नजीक,पछिल्लो २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिए

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख नजीक,पछिल्लो २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
एजेन्सी । गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  भारतमा आइतबार एकै दिनमा १५७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ३६ हजार २९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५९ हजार ३४५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् । यहाँमात्र ३३ हजार ५३ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाको संक्रमणबाट महाराष्ट्रमा १ हजार १९८ जनाको मृत्यु भएको छ । महाराष्ट्रपछि गु...
स्वास्थ्यकर्मी डा. कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी

स्वास्थ्यकर्मी डा. कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी

समाचार, समाज, स्वास्थ्य
वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन् ।शुक्रबार बिहान ती युवकले हेटौंडाबाट काठमाडौं आउँदै गरेका डा। कार्कीलाई नागढुंगामा गाडी रोकेर दुव्र्यवहार गरेका थिए । नागढुंगामै प्रहरीले सवारी पास नबोकेको भन्दै डा.कार्कीलाई रोकेको थियो । त्यसपछि प्रहरी नजिकै रहेका ती युवकले डा.कार्कीको झोला खानतलासी गर्नुका साथै अनधिकृत रुपमा केरकार गरेका थिए । केही बेरको भनाभनपछि डा. कार्की काठमाडौं नआई हेटौंडा फर्किएका थिए । घटनाको दुई दिनपछि आइतबार ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अभद्र व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको र पीडितका तर्फबाट सोमबार बिहान जाहेरी परेको बताए । डा. कार्कीले आफूमाथि प्रहर...