आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

रुई र सुई समेत नभएका अस्पताल

रुई र सुई समेत नभएका अस्पताल

समाचार, समाज, स्वास्थ्य
काठमाडौँ — फागुन २६। पाल्पा जिल्ला अस्पतालमा टिटानसको सुई सकिएको एक वर्ष भयो, घाउ पुछ्ने रुईसमेत छैन स्टोर शाखा प्रमुख भन्छन्, ‘टेन्डर गर्दै छौँ’ फलामले काटेर गम्भीर चोट लागेपछि तानसेन नगरपालिका–११ बन्दीपोखराका १५ वर्षीय गोविन्द बोहरालाई आमा भीमाले बिहीबार जिल्ला अस्पताल दौडाइन् । एक घन्टा हिँडेर आमाछोरा अस्पताल पुगे, तर अस्पतालमा टिटी सुई नै रहेनछ । जिल्ला अस्पतालको बिजोग त्यतिवेला थाहा लाग्यो, जब भीमाले छोराको आँखामाथि जमेको रगत पुछ्न रुई मागिन् । नर्सले भनिन्, ‘रुई छैन ।’ ‘१ घन्टा हिँडेर अस्पतालसम्म आयौँ, नर्सले टिटी सुई लगाउनुपर्छ, तर यहाँ सकिएको छ भन्दै मेडिकलतिर लैजान भन्नुभयो,’ भीमाले भनिन्, ‘लतपतिएको रगत पुछ्न रुई मागेको, त्यो पनि रहेनछ ।’ अस्पतालको इमर्जेन्सी तथा स्टोर शाखाका इन्चार्ज अहेव चन्द्रतारा बस्यालले टिटी सुई सकिएको एक वर्ष भएको बताए । अहिलेसम्म किन नल्याउनुभए...
महिलाहरुको धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको छ :उपराष्ट्रपति पुन

महिलाहरुको धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको छ :उपराष्ट्रपति पुन

समाचार, समाज
काठमाडौँ — फागुन २६। उपराष्ट्रपति नन्द बहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको कुरा बताएका छन् । नेपाल महिला चेम्बरको आयोजनामा शक्रबार राजधानीमा आयोजित अन्तर्रा्ष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताउनुभएका हुन । जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा एकले बढी हुने भएकोले पुरुष भन्दा महिला शक्तिशाली हुने कुरा उनले बताए। “इतिहासमा महिलाहरुमाथि संसारभर भएको विभेदले नारीहरुलाई सचेत र जागरुक बनाएको हो“, उपराष्ट्रपति पुनले भन्े। । महिलाहरुले आफ्नो हक, अधिकार र अवसर प्राप्तीको लागि गरेको कठोर संघर्षको प्रतिफल स्वरूप नारी जगत आज समान दायित्व, भूमिका र अवसरका साथ राष्ट्र–निर्माणमा अघि बढेको कुरा उनले बताए। उपराष्ट्रपति पुनले आधा धर्ति ढाक्ने नारीहरुको अधिकारलाई नेपालको संविधानले सुनिश्चित गरेकोले महिलाहरुको सहभागिताको ...
नारी दिवसको अवसर पारी नेपाल जेसिजद्वारा समाजमा योगदान पुर्याउने ७ जना महिला सम्मानित

नारी दिवसको अवसर पारी नेपाल जेसिजद्वारा समाजमा योगदान पुर्याउने ७ जना महिला सम्मानित

समाचार, समाज
काठमाडौँ — फागुन २६। २०७५ फागुन २३ गते बिहीबारको दिन थापाथली स्थित नेपाल जेसिज भबनमा १०९ औ अंतर्रास्त्रिय नारी दिवशको अबसरमा विविध विधामा आफ्नो अलग पहिचान बनाई समाजमा योगदान पुर्याउनु भएका ७ जना महिला दिदीबहिनी हरुलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो । जस मध्ये १)पहिलो स्त्री रोग सम्बन्धि आयुर्बेदिक महिला डा। सरिता श्रेष्ठ २) शिक्षाबिद तथा नेपालको पहिलो गर्ल्स स्काउट प्रमुख राम बदन जोशी ३) पहिलो महिला क्यान्सर स्त्री रोग सम्बन्धि बिद्याबारिधी गर्ने डा।एलिजा श्रेष्ठ ४) कृषिबिज्ञ नेपालको मशरूम खेतीमा विद्याबारिधी गर्ने पहिलो महिला डा।केसरी लक्ष्मी मान्नधर ५) महिला हिँसा तथा बालबालिका हितमा कदम चलाउने पत्रकार सन्तोषी अधिकारी ६) महिला तथा बालबालिकाको हिँसा विरुद्ध काम गर्ने पुलिस इनिस्पेक्तर शुभद्रा लामा वाईवा ७) भक्तपुर क्यान्सरको सिनियर नर्स यज्ञलक्ष्मी प्रधान जेस...
गण्डकी मेडिकल कलेजमा राजनीतिक धापमा चलखेल गरी मनपरी शुल्क

गण्डकी मेडिकल कलेजमा राजनीतिक धापमा चलखेल गरी मनपरी शुल्क

अपराध, समाचार, समाज
काठमाडौँ — फागुन २४। पाँच वर्षयताका मेडिकल शिक्षामा भएका अनियमिततामा गण्डकी मेडिकल कलेजका प्रमुख सञ्चालक खुमा अर्याल पर्दापछाडि निकै सक्रिय देखिन्छन् । राजनीतिक पहुँचलगायतका कारण छानबिन र कारबाहीको आँट भने कसैले गरेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको उजुरी दर्ता भएलगत्तै गण्डकी मेडिकल कलेजका प्रमुख सञ्चालक खुमा अर्याल ‘फरार’ छन् । पाँच वर्षयता मेडिकल कलेजका अनियमितताका घटना केलाउने हो भने कतिपय चलखेलमा पर्दापछाडि अर्यालको संलग्नता देखिन्छ । राजनीतिक पहुँचलगायतका कारण छानबिन र कारबाहीको आँट भने कसैले गरेको छैन । ‘सरकारले तोकेभन्दा बढी रकम असुलेर ठगी गरेको भन्ने विद्यार्थीको उजुरी छ । त्यसअनुसार १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओमबहादुर रानामगरले भने, ‘खुमा अर्याल अहिले फरार छन् । अरूको खोजी भइरहेको छ । पक्राउ परेकाहरूव...
कैलालीको धनगढीमा एक व्यापारीको ‘अपहरण’

कैलालीको धनगढीमा एक व्यापारीको ‘अपहरण’

अपराध, समाचार, समाज
कैलाली —फागुन २३। धनगढीमा एक व्यापारीको अपहरण भएको छ । आरम्भ फेन्सी स्टोरका संचालक जगतबहादुर सिंहको अपहरण भएको प्रहरीले पुष्टि गरेको छ । बुधबार राति धनगढीबाटै उनी अपहरणमा परेको प्रहरीले जनाएको छ । सिंहका परिवारका सदस्यले सो बारेमा बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन् । अपहरणकारीले भारतीय नम्बरबाट फोन गरी सिंहको परिवारसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको जनाइएको छ । अपहरणकारीको अहिलेसम्म कुनै पहिचान भएको छैन । सिंहको अवस्था र अपहरणकारीका विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
नेत्र विक्रम चन्द ‘विप्लव’का कार्यकर्ताको घरमा प्रहरीको छापा, चाईनिज हतियारसहित पक्राउ

नेत्र विक्रम चन्द ‘विप्लव’का कार्यकर्ताको घरमा प्रहरीको छापा, चाईनिज हतियारसहित पक्राउ

अपराध, समाचार, समाज
कपिलबस्तु—फागुन २३ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको घरमा प्रहरीले छापा मारेको छ । प्रहरीले शिवराज नगरपालिका–९ स्थित शिवगढीका विभिन्न स्थानमा छापा मारेको हो । साथै गाउँका बिभिन्न घरमा छापा मार्ने क्रममा गएराति नेकपाका कार्यकर्ता दुर्गा बहादुर रोका चाईनिज हतियारसहित पक्राउ परेका छन् । चन्द नेतृत्वकै रोकालाई गएराति घरमै प्रहरीले छापा मारेर पक्राउ गरेको हो । रोकाको घरबाट २ थान एएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको प्रहरीले जनाएको छ । रोकालाई पक्राउ गरिसके पछि आज बिहान प्रहरीले शिवगढीमा फेरि छापा हान्न जाँदा स्थानीयले प्रतिकार गरेका थिए । जसले गर्दा केही समयको लागि शिवगढी तनाव ग्रस्त भएको थियो । (ईमेज खबर)...
निर्मला हत्या प्रकरणमा यातना दिएकाे र प्रमाण मेटाएकाे आरोपमा ६ प्रहरी हिरासतमा, थुनछेक बहस आज सुरु हुने

निर्मला हत्या प्रकरणमा यातना दिएकाे र प्रमाण मेटाएकाे आरोपमा ६ प्रहरी हिरासतमा, थुनछेक बहस आज सुरु हुने

अपराध, समाचार, समाज
कञ्चनपुर — फागुन २३। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा यातना दिएकाे र प्रमाण नष्ट गरेकाे आरोपमा प्रहरी कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायरसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा जिल्ला अदालतमा पेश गरेपछि आरोपितहरुलाई उपस्थित गराएर हिरासतमा राखिएको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए । उनका अनुसार मुद्दा दायर भएसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ । 'आजदेखि थुनछेक बहस सुरु हुन्छ,' उनले भने, 'त्यतिबेलासम्म सबै प्रहरी हिरासतमै हुन्छन् ।' उनका अनुसार यातना र प्रमाण मेटाउने आरोप लागेका तत्कालीन एसपी डिल्लीराज बिष्ट र निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएनन् । यातना दिएको आरोपमा बिष्टसँगै निलम्बित डिएसपीद्वय अंगुर जिसी र ...
गौरवराज घिमिरेले दुई घण्टा दश मिनेटसम्म हातले पुस्तक घुमाउदै बनाए बिश्व किर्तिमान

गौरवराज घिमिरेले दुई घण्टा दश मिनेटसम्म हातले पुस्तक घुमाउदै बनाए बिश्व किर्तिमान

समाचार, समाज
काठमाडौँ —फागुन २३। नेपालका गौरवराज घिमिरेले लामो समयसम्म हातले पुस्तक घुमाउदै बिश्व किर्तिमान तोडेका छन । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्ने उदेश्यका साथ काठमाडौंको चावहिल स्थित विनायक स्कुलको प्राङणमा मार्च ०७, विहिबार आयोजित कार्यक्रम माझ २३ वर्षिय घिमिरेले निरन्तर दुई घण्टा दश मिनेटसम्म हातले पुस्तक घुमाउदै बिश्व किर्तिमान बनाएका छन । यसअघि यो किर्तिमान नाइजेरियाका बेन्जामिन इनुमुगाको नाममा रहेको थियो । इनुमुगाले सन २०१८ जून १२ मा १ घण्टा ९ मिनेट ४६ सेकेन्डको किर्तिमान राखेका थिए । घिमिरेले १ दशमलव शुन्य ८९ किलोग्राम तौलयुक्त कुल २५६ पृष्‍ठको किताब दुई घण्टा दश मिनेटसम्म घुमाएका थिए । उनले बनाएको उक्त रेकर्डलाई भिडियोमा कैद गरिएको छ । उक्त भिडियो रेकर्ड सहित अब गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम दर्ता गर्ने माग दाबीको प्रकृया अगाडी बढाउने घिमिरेले जनाएका छन ।...
गण्डकी मेडिकल कलेज कास्कीका दुईजना सञ्चालक पक्राउ

गण्डकी मेडिकल कलेज कास्कीका दुईजना सञ्चालक पक्राउ

अपराध, समाचार, समाज
कास्की —फागुन २३। गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ परेका छन् । विद्यार्थीले ठगी मुद्दामा उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले जानकारी दिए । 'कलेज सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक, रविन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोल युवराज शर्मा, लेखा शाखाका हरिपौडल, दिनेश पौडेल, तीलक पौडेल, कृष्ण पौडेलको जाहेरी दखास्तमा नाम छ' प्रहरी उपरीक्षक रानामगरले भने ।उनीहरुलाई अनुसन्धान गरि मुद्दा चलाउने र बाँकी ८ जनाको खोजी भइरहेको रानामगरले बताए । उनीहरु विरुद्ध सन् २०१५ देखि ०१८ सम्मका एमबीबीएस विद्यार्थीले बुधबार जाहेरी दखास्त दिएका थिए । हाम्रो माग सुनुवाइ नभएपछि प्रशासन विरुद्ध मुद्धा दिएको विद्यार्थी परिवर्तन भाटले बताए । सरकारले तोकेको नियम भन्दा व...
अमेरिकन पेस्तोलसहित दुईजना संखुवासभाबाट पक्राउ

अमेरिकन पेस्तोलसहित दुईजना संखुवासभाबाट पक्राउ

अपराध, समाचार, समाज
संखुवासभा—फागुन २३। संखुवासभाको मादी नगरपालिका–५ ढाडेगाउँबाट प्रहरीले गएराति अमेरिकन पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले एक थान अमेरिकन पोस्तोल, एक थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली एक थानसहित सोही स्थान बस्ने बर्ष २३ को बुद्धिमान तामाङ र बर्ष ३६ को संजय तामाङलाई पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । (ईमेज खबर)...