काठमाडौँ —फागुन २३।
नेपालका गौरवराज घिमिरेले लामो समयसम्म हातले पुस्तक घुमाउदै बिश्व किर्तिमान तोडेका छन ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्ने उदेश्यका साथ काठमाडौंको चावहिल स्थित विनायक स्कुलको प्राङणमा मार्च ०७, विहिबार आयोजित कार्यक्रम माझ २३ वर्षिय घिमिरेले निरन्तर दुई घण्टा दश मिनेटसम्म हातले पुस्तक घुमाउदै बिश्व किर्तिमान बनाएका छन ।
यसअघि यो किर्तिमान नाइजेरियाका बेन्जामिन इनुमुगाको नाममा रहेको थियो । इनुमुगाले सन २०१८ जून १२ मा १ घण्टा ९ मिनेट ४६ सेकेन्डको किर्तिमान राखेका थिए ।
घिमिरेले १ दशमलव शुन्य ८९ किलोग्राम तौलयुक्त कुल २५६ पृष्ठको किताब दुई घण्टा दश मिनेटसम्म घुमाएका थिए । उनले बनाएको उक्त रेकर्डलाई भिडियोमा कैद गरिएको छ ।
उक्त भिडियो रेकर्ड सहित अब गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम दर्ता गर्ने माग दाबीको प्रकृया अगाडी बढाउने घिमिरेले जनाएका छन ।