आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने तयारी

चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने तयारी

समाचार, समाज, स्वास्थ्य
प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई कारबाही गर्ने तयारी थालेको छ। शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए। आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए। उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोधसमेत भएको थियो। 'आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर जाने जोकोहीलाई पनि कानुनी कारबाही हुन्छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने,'त्यस्ता हर्कतलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हुन्छ। त्यसमा कसैलाई पनि कुनै प्रकारको छुट हुँदैन।' दुर्व्यवहार गर्ने उत्तम कार्कीको कुनै पनि परिचय पत्र नरहेको समेत खुलेको...
तरुण दल रसुवाले २५ सय लकडाउन बाट प्रभावित बिपन्न नागरिक लाई खाना ख़ुवायो

तरुण दल रसुवाले २५ सय लकडाउन बाट प्रभावित बिपन्न नागरिक लाई खाना ख़ुवायो

समाचार, समाज, स्वास्थ्य
कोरोना भाइरसका कारण डेड महिना देखि लकडाउन बाट प्रभावित बनेकाहरुलाई राजधानीको बालाजुस्थित माछापोखरीमा बैशाख १६ गते देखी २५ गते सम्म १० दीन नेपाली काँग्रेसको भातृ सस्था नेपाल तरुण दल रसुवाले निशुःक खाना खुवाएको छ । तरुण दल रसुवाका अध्यक्ष डील बहादुर मोक्तानको नेतृत्वमा चैत्र १६ गतेदेखि खाना खुवाउन थालिएको हो ।दैनिक २ ८० मजदुर, असाहय र सडक बालबालिकाहरुलाई खाना खुवाइरहेको र हालसम्म २५०० जना लाई खुवाइसकेको नेपाली कांग्रेस रसुवाका नेता कुमार देवकोटाले जानकारी दिनु भो ।दैनिकी खाना बनाउन तरुण दलका स्वयंसेवकहरु बिहानै बालाजु माछापोखरी पुग्छन ! बालाजु माछापोखरी स्थित बर्गर हाउसका संचालक एवं तरुदल नेता खेसम तामाङ उक्त काममा निरन्तर लागिरहेका छन ।हरेक दिन बिहानको खानामा दाल भात तरकारी अचार र कुनै दिन खिर तरकारी पनि खुवाइएको र पहिलो चरन को कार्यक्रम स्थगीत भएको र अबका दीन मा नया चरण को कार्यक्रम सुरु ...
रुकमाङ्गद कटवाल ट्रष्टद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान

रुकमाङ्गद कटवाल ट्रष्टद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान

आर्थिक, समाचार, समाज
काठमाडौं– डा.महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुकमाङ्गद कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ प्रदान गरेको ट्रष्टले जनाएको हो । विगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत व्यवस्थापन, राष्ट्र, राष्ट्रियता र अन्य सामाजिक कार्यहरू गर्दै आइरहेको रुकमाङ्गद कटवाल ट्रष्टले देशको सर्वाङ्गिण विकासका लागि कठिन परिस्थितिका बाबजुद दिन रात खटिरहेको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिएको जनाएको छ । आविस्कार केन्द्रले हाल विश्वभर सन्त्रासको रुपमा फैलिएको कोभिड–१९ को महामारीमा पीपीईलगायतका सामग्रीहरू निर्माण कार्यमा खेलेको भूमिका प्रशंसायोग्य रहेको भन्दै ट्रष्टका अध्यक्ष पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालले धन्यवाद दिए । हाल ट्रष्टले देशभरका आर्थिक अवस्था कमजोर भएका असहाय, अपाङ्ग तथा सिम...
रसुवा तरुण दल शुरु गर्यो निशुल्क खाना

रसुवा तरुण दल शुरु गर्यो निशुल्क खाना

राजनीति, समाचार, समाज
किरण अधिकारी- काठमाडौं । लकडाउनका कारण समस्यामा परेका महानुभाबहरुलाइ बालाजु ,माछापोखरी चोकमा निशुल्क खानाको व्यवस्था गरिएको छ । लकडाउनका कारण आर्थिक अभाब भएर खाना खान नै समस्यामा परेका हरुलाइ व्यवस्था गरिएको हो । नेपाल तरुण दल रसुवाले निशुल्क खानाको व्यवस्था गरेको तरुण दल रसुवाका अध्यक्ष दील बहादुर मुक्तान (डीम्याक्स)ले बताउनुभयो । आज देखी २५ गते सम्म निस्शुल्क मेस संचालन गर्न लागेको नेपाली कांग्रेस रुसुबाका नेता कुमार देबकोटाले जानकारी दिनुभयो । ...
लकडाउन उल्लंघन गर्नेलाई एक महिनासम्म जेल

लकडाउन उल्लंघन गर्नेलाई एक महिनासम्म जेल

समाचार, समाज
काठमाडौं : कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्च स्तरीय समितिले लकडाउन उल्लंघन गर्नेलाई एक महिनासम्म जेल राख्ने निर्णय गरेको छ । संक्रामक रोग ऐन–२०२० बमोजिम लकडाउन गर्नेलाई एक महिनासम्म जेल पठाउने निर्णय गरेको उच्च स्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताए ।  प्रधानमन्त्री कार्यालयका सचिव रहेका प्रवक्ता बिडारीका अनुसार, समितिको निर्णय पछि प्रहरी र प्रशासनलाई निर्देशन समेत दिइसकेको छ । समितिको निर्णय लगत्तै बिहीबारबाटै राजधानी उपत्यकामा लकडाउन थप कडाइ गरिएको छ । बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ भने चेकजाँचमा कडाइ गरिएको छ । प्रवक्ता बिडारीले भने, “लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रहरी प्रशासनबाट अनावश्यक आवागमन गर्नेलाई थुनामा राख्नेसम्मको कार्बाही हुनेछ ।” उनले लकडाउन उल्लङ्घन गर्नेको संख्या बढेकाले जेल पठाउनेसम्मको निर्णय भएको बताए ।  समितिको निर्...
पूर्व प्रशासक एवम् साहित्यकार न्यौपानेको निधन

पूर्व प्रशासक एवम् साहित्यकार न्यौपानेको निधन

समाचार, समाज
ललितपुर, ०१ बैशाख - पूर्व प्रशासक एवम् साहित्यकार तुलसी प्रसाद न्यौपानेको निधन भएको छ । गए राती १:०० बजे आसपास आफ्नै निवासमा ७२ बर्षको उमेरमा उनको निधन भएको हो । न्यौपानेको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । न्यौपाने मुटु सम्बन्धी रोगबाट ग्रसित थिए । तुलसी प्रसाद न्यौपानेको जन्म गोर्खा जिल्ला स्थित पालुङटारमा भएको थियो । तीन दशक भन्दा लामो समय निजामती सेवामा विताएका न्यौपानेले अधिकांश समय योजना आयोग र अर्थ मन्त्रालयमा रहेर काम गरेका थिए । अर्थ मन्त्रालय रहदा उनले बढि जसो समय वैदेशिक शाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसो त न्यौपानेले एसियाली विकास बैंकको मुख्यालयमा नेपाल सरकारको प्रतिनिधीका रुपमा रहेर समेत कार्य गरेका थिए । महादेशिय यात्रा, बिर्सिएका कविताहरु, नलेखिएका कथा लगायत एक दर्जन भन्दा बढि साहित्यिक कृतिहरु र...
महिला उद्यमी तथा सामाजीक अभियन्ता सुषमा महराको आग्रह : राष्ट्रपति देखि जनप्रतिनिधिहरुले लकडाउन अवधिभरको तलव भत्ता नलिउँ

महिला उद्यमी तथा सामाजीक अभियन्ता सुषमा महराको आग्रह : राष्ट्रपति देखि जनप्रतिनिधिहरुले लकडाउन अवधिभरको तलव भत्ता नलिउँ

समाचार, समाज
नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष, महिला उद्यमी तथा सामाजीक अभियन्ता सुषमा महराले लकडाउन अवधीभर  राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संसद र स्थानीय निकायका पदाधीकारीहरुलाई तलव भत्ता नलिन अनुरोध गर्नुभएको छ ।महराले फेसबुक मार्फत सरकारलाई ६ बुंदे सुझाब दिंदै लकडाउन अवधीभर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक सबै कर्मचारीहरुको तलब तथा भत्ता रकमको ९० प्रतिशत कटौती गर्न समेत सरकारलाई सुझाब दिनुभएको छ ।महराले लकडाउनले आक्रान्त परेको मुलुकको अर्थतन्त्र जोगाउन तथा ब्यवसायीहरुको मनोवल घट्न नदिन यो अवधिको बैंकको ब्याज १ प्रतिशत कायम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । महराले लकडाउनको कारण बास्तवीक समस्यामा परेका व्यक्तिहरुलाई गाउँघर वा जिल्ला जान चाहेमा सुरक्षित तवरले सेना वा प्रहरी मार्फत लैजाने व्यस्था गर्न सरकारलाई सुझाब दिनुभएको छ । उहाँले दिनुभएको सुझाब यस्तो छ । १.कोरोना...
यशोदादेवी भगवानसिंह मेमोरियल ट्रस्ट द्वारा नुवाकोटमा स्वास्थ्य सामाग्री प्रदान

यशोदादेवी भगवानसिंह मेमोरियल ट्रस्ट द्वारा नुवाकोटमा स्वास्थ्य सामाग्री प्रदान

समाचार, समाज, स्वास्थ्य
– किरण अधिकारी नुवाकोट, कोरोना भाइरस (कोभिड-१९)को सम्भावित जोखिमलाई न्यनिकरण गर्न भन्दै नेपाल सरकारले यतिवेला ‘लकडाउन’ गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको यो भाइरसको नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ९ जना व्यक्ति संक्रमित देखिएका छन् । सम्भावित संक्रमणको जोखिमबाट बच्न स्वास्थ्यकर्मीहरुले लगाउने पीपीई र मास्कको नेपालभर नै अभाव भईरहेको बेला नुवाकोटमा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री उपलब्ध गराएको छ । ट्रस्टले बुधबार जिल्ला समन्वय समिति प्रमुख सन्तमान तमाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको उपस्थितिमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर पी. घिमिरे र त्रिशूली अस्पतालका प्रमुख डा. रेमकुमार राईलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । ट्रस्टका प्रमुख संरक्षक नेपाली काँग्रेसका प्रभावसालि न...
जेसी सोनितराज ढुंगेलको नेपाल जेसीजका अध्यक्षलाई खुल्ला पत्र !

जेसी सोनितराज ढुंगेलको नेपाल जेसीजका अध्यक्षलाई खुल्ला पत्र !

समाचार, समाज
सोनित राज ढुङ्गेल आदरणीय अध्यक्षज्यू,नेपाल जेसीजकुशल रही कुशलताको कामना गर्दछु । हुन त यो पत्र न्यूजमा नहालेर फेसबुकमा राख्दा पनि हुन्थ्यो तर फेसबुक मा स्वतन्त्र बोल्नेलाई कारवाही हुन्छ र न्यूजमा राख्दा गलत भयो भन्दैमा माफि नै नमागी कुरा नै सेलाउछ । हजुरले जितेपछि अनेकौ विवाद आए तर मैले भेटेसम्मको र जेसीज साथीहरुलाई त्यस्तो भन्न हुन्न । उहाँले बहुमतले जितेर आउनु भएको र जति विवाद गर्यो त्यति हामीलाई र नेपाल जेसीजलाई घाटा हो, उहाँ पनि केहि गर्न सक्ने एक सक्षम जेसीज युवा हुनुहुन्छ । उहाँलाई स्वतन्त्र काम गर्न दिउँ भन्ने व्यक्तिमा म पनि एक छु । उहाँले हाम्रो शाखामा भोट माग्न आउँदै गर्दा हजुरले हामी जस्तै युवाले चलाउने हो जेसीज भन्ने अभिव्यक्ति सुनेर एउटा आशालाग्दो अध्यक्षको एक शुभ चिन्तक हु म । हजुर अध्यक्ष भएको तिन महिना भयो । विभिन्न विवादले गर्दा र देशमा महामारी परिस्थितिले गर्दा हजुर...
अस्पतालको रकम कोरोना संकमणमा सहयोग गर्ने युवा नेता तथा समाजसेवी दिपक डोटेलको घोषणा

अस्पतालको रकम कोरोना संकमणमा सहयोग गर्ने युवा नेता तथा समाजसेवी दिपक डोटेलको घोषणा

समाचार, समाज, स्वास्थ्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा समाजसेवी दिपक डोटेलले आफ्नो शेयर रहेको मध्यपुर अस्पतालबाट शेयरबापत (कोरोना संक्रमित अवधिभर) प्राप्त हुने रकम कोरोना संक्रमणबाट प्रभावित वा भइपरि आउने समस्याको लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणका कारण आम नेपाली मात्र नभई विश्व समुदाय नै एक ढिक्का हुन अपरिहार्य रहेको औंल्याउँदै उहाँले नेपालमा रहेका सरकारी अस्पताल मात्र नभई नीजि लगानीमा सञ्चालनमा रहेका अस्पताल तथा मेडिकल सेन्टरहरुले समेत संकटको बेला सरकारलाई साथ दिनुपर्नेमा जोड दिनुभयो । संकटको समयमा सरकारलाई हातमा हात, काँधमा काँध मिलाई संक्रमणको विरुद्धमा लाग्ुनपर्ने समयमा विभिन्न बहानामा कालोबजारी भएकोमा दुःख व्यक्त गर्दै स्वास्थ्य नै नरहे सम्पत्तीको कुनै अर्थ नरहेकोले सबै व्यक्ति संस्था तथा जिम्...