आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

प्रहरी सहायक निरीक्षकद्वारा टाउकोमा गोली प्रहार गरी आत्महत्या

प्रहरी सहायक निरीक्षकद्वारा टाउकोमा गोली प्रहार गरी आत्महत्या

अपराध, समाचार, समाज
काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंले आफैंलाई टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । आइतबार बिहान डिउटी सकेर फर्केपछि कोठाको ढोका थुनेर असई महेश कार्कीले आफ्नै टाउकोमा गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।  डीआईजी पोखरेलका अनुसार उनको टाउकोमा गोली लागेको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन । ...
कपिलवस्तुका दुई पत्रकार सहित कोरोना संक्रमण संक्रमितको संख्या ६९ जना पुग्यो

कपिलवस्तुका दुई पत्रकार सहित कोरोना संक्रमण संक्रमितको संख्या ६९ जना पुग्यो

समाचार, समाज, स्वास्थ्य
बुटवल । कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ । दुईजना मध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन् । एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका थिए । एकजना बाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् । दुबै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरु उनीहरुको सम्पर्कमा पुगिसकेका छ । यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ । ...
प्रेमीसँग मिलेर श्रीमतीले आफ्नै आँखाअगाडि गराइन् श्रीमानको हत्या

प्रेमीसँग मिलेर श्रीमतीले आफ्नै आँखाअगाडि गराइन् श्रीमानको हत्या

अपराध, समाचार, समाज
विराटनगरका औषधी व्यवसायी देवीप्रसाद दुलालको हत्यामा तीन जना संलग्न भएको पाइएको छ । हत्याको मुख्य योजनाकार श्रीमती मिना श्रेष्ठ दुलाल रहेको र हत्यामा गर्ने विराटनगरकै ब्रह्मदेव साह र इटहरी १२ खनारका सोनु साह छन् । थप अनुसन्धानको क्रममा सोनु सोमबार ३ बजे खनारबाट पक्राउ परेका हुन् । सोनु र ब्रह्मदेव साथी हुन् । हत्याको पूर्व योजनासहित मीनाले बोलाएपछि शनिबार राति ब्रम्हदेव र सोनु डोरी र हत्याका लागि प्रयोग हुने सर्जिकल ग्लोब्स लिएर आएका थिए । हत्याका क्रममा फिङ्गर प्रिन्ट देखिने डरले उनीहरूले ग्लोब्स लगाएका थिए । पक्राउ परेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमतीको योजनामा हत्या भएको बताए । यस्तो थियो हत्याको योजना शनिबार राति दुलालको घरमा औषधि व्यवसायी ...
कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, समाज, स्वास्थ्य
कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि काठमाडौं । कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेकाहरुमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिए । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको हो । ...
शोकमा डुब्यो कोरोनाबाट युवकको मृत्यु भएपछि नरैनापुरः उच्च सुरक्षा सतर्कता

शोकमा डुब्यो कोरोनाबाट युवकको मृत्यु भएपछि नरैनापुरः उच्च सुरक्षा सतर्कता

समाचार, समाज, स्वास्थ्य
राँझा । क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो । शोकमग्न रहेको अवस्थामा स्थानीय मृतकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गाउँमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्कामा त्रसित समेत हुन पुगेको स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा स्वास्थ्य र व्यवस्थापनको पक्ष फितलो रहेको गुनासोसमेत आएको छ । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अचानक भएको अकल्पनीय निधनले सिङ्गो गाउँपालिका शोकमा ढुबेको बताए । ‘कोरोना सङ्क्रमितको सङ्ख्या थपिने आशङ्काले पनि स्थानीयवासी त्रसित भएको देखिएको छ, त्रसितभन्दा पनि संयमित हुन जरुर...
स्वास्थ्यकर्मी डा. कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी

स्वास्थ्यकर्मी डा. कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी

समाचार, समाज, स्वास्थ्य
वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन् ।शुक्रबार बिहान ती युवकले हेटौंडाबाट काठमाडौं आउँदै गरेका डा। कार्कीलाई नागढुंगामा गाडी रोकेर दुव्र्यवहार गरेका थिए । नागढुंगामै प्रहरीले सवारी पास नबोकेको भन्दै डा.कार्कीलाई रोकेको थियो । त्यसपछि प्रहरी नजिकै रहेका ती युवकले डा.कार्कीको झोला खानतलासी गर्नुका साथै अनधिकृत रुपमा केरकार गरेका थिए । केही बेरको भनाभनपछि डा. कार्की काठमाडौं नआई हेटौंडा फर्किएका थिए । घटनाको दुई दिनपछि आइतबार ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अभद्र व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको र पीडितका तर्फबाट सोमबार बिहान जाहेरी परेको बताए । डा. कार्कीले आफूमाथि प्रहर...
वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थाले

वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थाले

समाज, स्वास्थ्य
वीरगञ्ज । वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थालेका छन् । सानो पाइला नामक एक सामाजिक संस्थाले अस्पतालमा उपचाररत संक्रमितहरुलाई पोषिलो खाना र खाजा सोमबार बिहानदेखि खुवाउन सुरु गरेको हो । अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि उक्त संस्थाले पोषणयुक्त खाना र खाजा खुवाउन सुरु गरेको हो । सानोपाइला बिहानको खाजामा दुई वटा रोटी, आलुको भुजिया, एउटा अण्डा, एउटा स्याउ, अंगुर र एक गिलास दूध खुवाएको नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत संक्रमित पत्रकार सुरेश विडारीले जानकारी दिए । पोषिलो खाजा र खानको व्यवस्थापन सानो पाइलाले गरेको हो । अस्पतालमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी सानो पाइलाले लिएको थियो । संक्रमित बिरामीले पोषणयुक्त भोजन नपाएको गुनासो गर्दै अस्पतालमा उपचाररत एक ...
बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोक सिल

बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोक सिल

समाचार, समाज, स्वास्थ्य
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको तेञ्जिङ चोक सिल गरिएको छ । बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र बन्द गरिएको हो । तेञ्जिङ चोक बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए । संक्रमित युवती सर्लाही रामनगरकी हुन् । उनलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पीसीआर परीक्षण गरिएको छ । युवतीको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गरिएको नगर प्रमुख खरेलले जानकारी दिए । उक्त क्षेत्रमा आगामी तीन दिन एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोकिने बताइएको छ । आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिच...
प्रधानमन्त्रीको निर्देशन : अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्नू

प्रधानमन्त्रीको निर्देशन : अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्नू

राजनीति, समाचार, समाज
लकडाउनको वेला अत्यावश्यक सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीको कामकारबाहीमा बाधा–अवरोध गर्ने र दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा अत्यावश्यक सेवामा खटिएकामाथि दुर्व्यवहार भएको भन्दै त्यस्तो गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको एक मन्त्रीले बताए । स्वयंसेवकका नाममा सडकमा उत्रेकाले काठमाडौंको नागढुंगामा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनीमाथि दुर्व्यवहार गरेका थिए । यसको अभियोगमा स्थानीय उत्तम कार्कीलाई शनिबार नै प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले अधिकार नै नभएको काम गरेको र सवारी रोक्ने तथा खानतलासी लिने गरेको अभियोगम...
बाराका पनि पत्रकार कोरोना संक्रमित

बाराका पनि पत्रकार कोरोना संक्रमित

समाचार, समाज, स्वास्थ्य
बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ । ...