आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

समाचार, समाज
दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतल हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । त्यसैले शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको विधिपूर्वक पूजा गरी त्यसैको बलिसमेत चढाउने गरिन्छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्यलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । घटस्थापनाको दिनदेख...
चाडपर्व लक्षित उत्सव र जात्रा नगर्न निर्देशन

चाडपर्व लक्षित उत्सव र जात्रा नगर्न निर्देशन

समाज
कात्तिक २ काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ ।कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । चाडपर्वमा पारिवारिक भेटघाट बाहेकका अन्य कार्यक्रमहरु नगर्न सबैमा जानकारी गराइएको छ । अघिल्ला वर्षहरुमा हुने गरेका विभिन्न प्रतियोगिता तथा कार्यक्रम नगर्न निर्देशन दिइएको उनले बताए । उनले भने, ‘नवरात्रिको समयमा मठमन्दिर एवं शक्तिपीठहरुमा दर्शन निषेध गरिएको छ । जिल्लामा हुने सबै किसिमका मेला महोत्सवहरु नगर्न आयोजकहरुलाई आग्रह गरिएको छ ।’ मठमन्दिर एवं शक्तिपीठमा नित्य पूजाबाहेक दर्शन लगायतका अन्य गतिविधि रोकिएको हो । कोरोना सङ्क्रमणको त्रासमा चाडपर्वलाई मर्यादित बनाउँदै घर परिवारसँग बसेर मनाउनुपर्न...
भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

समाज
कात्तिक २ भक्तपुर– जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत सङ्क्रमण फैलन सक्ने अवस्था भएको उनले उल्लेख गरे । गत असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाह...
कात्तिक १५ गतेसम्म अदालत बन्द

कात्तिक १५ गतेसम्म अदालत बन्द

समाचार, समाज
 घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएको छ। विगत वर्षमा जस्तै घस्थापना भोलि कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने भएको हो। अदालतबा नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्चले जनाएको छ। न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ। जसअनुसार सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ। त्यस्तै उच्च अदालत रहेको जिल्लमा उच्च अदालत र जिल्ला अदालत मात्र भएका जिल्लामा जिल्ला अदालत खुला रनेछन्। ...
पाटन नगरपालिका क्षेत्र आजदेखि कात्तिक ३ गतेसम्म सिल

पाटन नगरपालिका क्षेत्र आजदेखि कात्तिक ३ गतेसम्म सिल

समाज
असोज २९ बैतडी । पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ ।नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए । नगरपालिकाभित्र समुदाय स्तरमै कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो । नगरक्षेत्र सिल भएसँगै स्वास्थ्य र आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द रहेका छन् । यसका साथै बजार, व्यवसाय, होटेल, विद्यालय, कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलनमा पनि रोक लगाइएको छ ।यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको छ । ...
कोरोना संक्रमणबाट १० दिनको अन्तरालमा २ जना दाजु भाइको मृत्यु

कोरोना संक्रमणबाट १० दिनको अन्तरालमा २ जना दाजु भाइको मृत्यु

समाज
असोज २९ बनेपा । कोरोना भाइरसको संक्रमणबाट १० दिनको अन्तरालमा काभ्रेमा २ जना दाजुभाइको मृत्यु भएको छ ।विगत १ महिनादेखि धुलिखेल अस्पतालमा उपचाररत बनेपा नगरपालिका–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाका अनुसार अवस्था गम्भीर भएपछि उनलाई लामो समयदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । मधुमेहका बिरामी समेत रहेका उनी भदौ २७ गतेदेखि अस्पतालमा उपचाररत थिए ।यसअघि असोज १८ गते मृतक पुरुषका ४५ वर्षीय भाइको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । ४५ वर्षीय भाइको पनि उपचारकै क्रममा मृत्यु भएको थियो । ...
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कर्मचारीमा कोरोना  संक्रमण देखिए पछि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द

समाचार, समाज
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिए पछि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि बुधबारदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको बताएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञसमेतको छलफलपछि, नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवाको कार्य बन्द गरिएको बताएको हो । साथै नवीकरणसम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको बताएको छ । शान्ति सूरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी सेवा, मुद्दाको सुनुवाइसम्बन...
दूग्ध विकास संस्थान (डीडीसी) बाटै म्याद गुज्रिएको बटर बजारमा बिक्री

दूग्ध विकास संस्थान (डीडीसी) बाटै म्याद गुज्रिएको बटर बजारमा बिक्री

समाचार, समाज
सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी)ले म्याद गुज्रिएको (डेट एक्सपायर भएको) बटरबाट घिउ उत्पादन गरी बजारमा बिक्री गर्ने गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले मंगलबार गरेको बजार अनुगमनका क्रममा डीडीसीको बालाजु उत्पादन प्लान्टमा म्याद गुज्रिएको १ लाख ९४ हजार ९ सय ७५ किलोग्राम बटर भेटिएको हो । उक्त बटर डीडीसीले सुजल डेरी पोखराबाट खरिद गरेको थियो । अनुगमन टोलीका सदस्यका अनुसार डीडीसीको प्लान्टमा भेटिएको बटरको प्याकेटमा उत्पादित मितिले ८ महिना भित्रै उपभोग गरिसक्न भनिएको छ । तर, गोदाममा भेटिएको लगभग सबैजसो बटरमा सो मिति नाघिसकेको देखिएको बजार अनुगमन टोलीका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।गोदाममा सन् २०१९ को नोभेम्बर र सन् २०२० को जनवरी महिनामा उत्पादित बटर भेटिएको अनुगमन समितिले जानकारी दिएको छ । अनुगमन समितिका अनुसार डीडीसीले उपभोग्य म...
वाणिज्य, आपूर्ति विभागको जारको पानीमा मूल्यवृद्धि नगर्न व्यवसायीलाई निर्देशन

वाणिज्य, आपूर्ति विभागको जारको पानीमा मूल्यवृद्धि नगर्न व्यवसायीलाई निर्देशन

समाचार, समाज
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जार र बोतलको पानीमा मूल्यवृद्धि नगर्न व्यवसायीलाई निर्देशन दिएको छ।व्यवसायीहरुले जार र बोतलको पानीमा मूल्य बढाएपछि व्यवसायीलाई बोलाएर तत्काल पुरानै मूल्यमा पानी बिक्री गर्न निर्देशन दिएको हो। संसदीय समितिमा पानीको मूल्यका विषयमा परेको उजुरीमाथि छानविन भइरहेकाले निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ। यसअघि विभागका निर्देशक सागर मिश्रको संयोजकत्वमा गठित अध्ययन कार्यदलको अध्ययन प्रतिवेदनका आधारमा साउन अन्तिम साता २० लिटर जारको प्रतिजार ५० रुपैयाँ र एक लिटर बोतलको १६ रुपैयाँ निर्धारण गरिएकेो थियो। कार्यदलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल बोटलर्स वाटर एसोसियसनका महासचिव ध्रुब बहादुर गौतम र विभागका निरीक्षण अधिक...
सार्वजनिक सवारी साधनले पूर्ण सिट क्षमतामा पुरानैै भाडा दरमा यात्रु बोक्न पाउने

सार्वजनिक सवारी साधनले पूर्ण सिट क्षमतामा पुरानैै भाडा दरमा यात्रु बोक्न पाउने

समाचार, समाज
सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय सरकारले गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।। यसअघि सरकारले सार्वजनिक सवारी साधनलाई सिट क्षमताको आधा मात्रै यात्रु बोक्न निर्देशन दिएको थियो। त्यसबापत ५० प्रतिशत वढी भाडा लिन छुट दिइएको थियो। त्यो निर्णय उल्टाउदै सरकारले पूर्ण सिट क्षमतामा यात्रु बोक्न दिने निर्णय गरेको हो। दसैँ, तिहार जस्ता चाडपर्वको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले गरेको हो। ठूला चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन सकेका छैनन्। यात्रु नहुँदा अहिलेसम्म दसैँको लागि अग्रिम टिकट ...