असोज २९ बनेपा । कोरोना भाइरसको संक्रमणबाट १० दिनको अन्तरालमा काभ्रेमा २ जना दाजुभाइको मृत्यु भएको छ ।विगत १ महिनादेखि धुलिखेल अस्पतालमा उपचाररत बनेपा नगरपालिका–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ ।

जनस्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाका अनुसार अवस्था गम्भीर भएपछि उनलाई लामो समयदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

मधुमेहका बिरामी समेत रहेका उनी भदौ २७ गतेदेखि अस्पतालमा उपचाररत थिए ।यसअघि असोज १८ गते मृतक पुरुषका ४५ वर्षीय भाइको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । ४५ वर्षीय भाइको पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here