आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

जीप दुर्घटनामा परी दुई जनाको मृत्यु

जीप दुर्घटनामा परी दुई जनाको मृत्यु

समाचार, समाज
 बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए। प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए। पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ। यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा शनिबार साँझ सवारी दुर...
कुमारी युवा क्लबको दोश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

कुमारी युवा क्लबको दोश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

समाचार, समाज
कुमारी युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मण्डिखाटारमा रहेको कुमारी युवा क्लबले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कान्तिपुर अस्पतालको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । बुढानिलकण्ठ रेडक्रस,निब्स स्कूल,चर्चित ग्रोसरी तथा प्रदिप मेडिकल लगायत मण्डीखाटारका सक्रिय युवाहरुको विशेष सहयोगमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका सभासद कुसुम कुमार कार्कीले कार्यक्रमलाई सहयोग गर्ने तथा रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । कोरोना कहरका कारण रगत संकलनमा देखिएको कमीका कारण रक्त अभाव हुन थालेकोले क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्लबको अग्रसरतामा रगत संकलन गरिएको युवा समाजसेवी रामचन्द्र गौतमले जानकारी दिए । कार्यक्रममा वडा,नगरका विशेष...
गृह मन्त्रालयको ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चुनावको तयारी तीव्रताका साथ अगाडि बढाउन निर्देशन

गृह मन्त्रालयको ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चुनावको तयारी तीव्रताका साथ अगाडि बढाउन निर्देशन

समाचार, समाज
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चुनावको तयारी तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा अदालतमा बहस जारी रहँद मन्त्रालयले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको चुनावको तयारी तीव्र पार्न गृहसचिव महेश्वर न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका हुन् । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चुनावसम्बनधी ९ बुँदे निर्देशन दिँदै चुनावको तयारी तिव्र पार्न भनिएको छ । चुस्त सुरक्षा व्यवस्था मिलाउने, मतदानस्थलको निरीक्षण/अवलोकन गर्ने, मतदाता नामावलीमा संकलनमा खटिएको आयोगको टोलीलाई सहयोग गर्नेजस्ता निर्देशन दिइएको छ । अदालतमा मुद्दा रहेको र चुनाब हुने नहुने अन्यौलकाबीच जिल्लाप्रशासन कार्यालयहरुले चुनाबी तयारी तिब्र नपारेको भन्दै गृहले यस्तो निर्देशन दिएको स्रोतको भनाइ छ । ...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा  सुनुवाइ आज

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ आज

समाचार, समाज
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ तय भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। उक्त विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन। आज पनि सो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ। रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन्। प्रतिनिधिसभा विघटन विवादको सुनुवाइ गर्नुपर्ने आवाज उठाएका छन् भने सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्ने इजलास ...
आज देशभर २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज देशभर २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

समाचार, समाज
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो । यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥...
माघेसंक्रान्ति पर्वका अवसरमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना :राष्ट्रपति विद्यादेवी भण्डारी

माघेसंक्रान्ति पर्वका अवसरमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना :राष्ट्रपति विद्यादेवी भण्डारी

समाचार, समाज
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरीन । यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्बर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरीन । ...
‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’राष्ट्रिय योग दिवस

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’राष्ट्रिय योग दिवस

समाचार, समाज
‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्स...
देशभर आज माघे (मकर) सङ्क्रान्ति पर्व मनाइँदै

देशभर आज माघे (मकर) सङ्क्रान्ति पर्व मनाइँदै

समाचार, समाज
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सर...
आज पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै

आज पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै

समाचार, समाज
पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए । सौरमासअनुसार माघे संक्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ । यसै आधारमा आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रा...
ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार, समाज
बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको हो । ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ...