आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने:प्रधानमन्त्री केपी शर्मा ओली

जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने:प्रधानमन्त्री केपी शर्मा ओली

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले भूगोलको आधारमा कुनै देश सानो वा ठूलो नहुने बताएका छन्। भारतीय टिभी जी न्युजलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले जनसंख्या र भूगोलमा नेपालभन्दा भारत ठूलो भएपनि सार्वभौकिता बराबरी हुने बताएका हुन। सोमबार बालुवाटारमै पुगेका जी न्युजका प्रधानसम्पादक सुधिर चौधरीले अन्तरवार्ता लिएका थिए। चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री आफूभन्दा केही वर्ष जेठो भएपनि प्रधानमन्त्रीको हैसियतमा बस्दा ठूलो देश र सानो देशको नभइ समान हैसियत हुने बताए। ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको पनि स्पष्ट सन्देश दिएका छन्। उनले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए। ...
शरणार्थी शिविरमा भएको आगलागीमा परी एक शरणार्थीको मृत्यु

शरणार्थी शिविरमा भएको आगलागीमा परी एक शरणार्थीको मृत्यु

समाचार, समाज
झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा भएको आगलागीमा परी एक शरणार्थीको मृत्यु भएको छ । दमक नगरपालिका–३ मा रहेको शरणार्थी शिविर सेक्टर नम्बर डी–४ छाप्रा नम्बर ३२५ मा सोमबार साँझ साढे सात बजेतिर आगलागी हुँदा ६० वर्षीय देशमान राईको मृत्यु भएको हो । प्याराइसिसका बिरामी राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट छाप्राभित्र रहेको १ तोला सुन, १० तोला चाँदी, ३ लाख नगद, खाद्यान्न, लत्ताकपडालगायत गरी करिब आठ लाख बराबरीको क्षति भएको जनाइएको छ । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको र आगलागीको कारणबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । ...
लाइसेन्सको  लिखित र प्रयोगात्मक परीक्षा रोकिए

लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा रोकिए

समाचार, समाज
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको  छ । यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षालाई परादर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव दिएको  छ । प्रक्रियालाई थप पारदर्शी बनाउन माग गर्दै सोमबारबाट परीक्षाहरुमा ट्राफिक प्रहरीका प्रतिनिधि पनि खटाउन छाडेको छ । यसले गर्दा उपत्याकका लाइसेन्स कार्यालयले सोमबार लिखित र प्रयोगात्मक परीक्षा लिन पाएनन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार यसबारे सोमबार नै विभागसँग छलफल हुँदैछ । ‘सीसी टिभी क्यमेराबाट हुने निगरानी पनि बढाउने र पास-फेलको रेकर्ड अझै परादर्शी रुपमा आदानप्रदान गर्नेबारे विभागसँग छलफल हुन्छ,’ अधिकारीले भने,’यसो हुँदा कतै कसैबाट ब...
चाकु खादाँ मिठो भएपनि यो बनाउन त्यति सजिलो भने छैन

चाकु खादाँ मिठो भएपनि यो बनाउन त्यति सजिलो भने छैन

समाचार, समाज
काठमाडौंको टोखा क्षेत्र यतिबेला निकै मग्मगाइरहेको छ । माघे संक्रान्तिको विशेष परिकार मानिने चाकुको बास्नाले टोखा क्षेत्र पुग्ने जो कोहीको मुख रसाउँछ । टोखामा यतिबेला खुवा चाकु, स्पेशल चाकु, झेल चाकु, बाहिरि मसला, भित्री समला, सुत्केरी मसला, सेतो तिल, कालो तिललगायतका परिकारहरु पाकिरहेको छ । तिनै परिकारहरुको बास्नाले मग्मगाइरहेको हो, टोखा । यतिबेला त्यहाँका व्यापारीलाई विभिन्न प्रकारका चाकुहरु बनाउन भ्याइनभ्याई छ । टोखामा अहिले १३ वटा चाकु कारखाना छन् । तीमध्ये ७ वटा कारखाना त एउटै पुस्ताबाट संचालित छन् । चाकु खादाँ मिठो भएपनि यो बनाउन त्यति सजिलो भने छैन । चाकु बनाउनका लागि विभिन्न प्रक्रियाहरु पुरा गर्नुपर्छ । ज्ञान, सिप र अनुभवबिना चाकु बनाउन नसकिने स्थानीय व्यवसायी बताउँछन् । ...
आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने: राष्ट्रपति विद्यादेवी भण्डारी

आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने: राष्ट्रपति विद्यादेवी भण्डारी

समाचार, समाज
राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन्। गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सद्‌भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरेकी छन्। पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिर...
आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै

आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै

समाचार, समाज
आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ। उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ। २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो। सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन्। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर मनाउँदै छ । ...
मनोहरा जेसिजको चौथो पदस्थापन तथा पुरस्कार बितरण हुने

मनोहरा जेसिजको चौथो पदस्थापन तथा पुरस्कार बितरण हुने

समाज
२०१६ सालमा स्थापना भएको मनोहरा जेसिजको चौथो पदस्थापन तथा पुरस्कार बितरण हुने भएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी चौर स्थित हेभन क्याफे थकाली भान्छा एण्ड ब्यान्केटमा पौष २९ गते बुधबार बिहान १०:३० बजे हुने उक्त कार्यक्रममा उपस्थित हुनको लागि मनोहरा जेसिजका वर्ष २०२१ का अध्यक्ष  जेसी  सगर रोक्का र वर्ष २०२० का अध्यक्ष जेसी निशान्त गौतमले अनुरोध गरेका छन । जेसिजले युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको जेसी सगर रोक्काले बताए । जेसिजमा सबै बर्ग समुदाय आबद्ध रहेको बताउदै उनले  ’ जेसिज नाफामुखी नभई सेवामुखी संस्था हो, जसले नेतृत्व विकास संगै सहज जीवन यापन गर्ने कला समेत सिकाउदै आएको बताए। ...
आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले  इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने,यातायात व्यवस्था विभाग

आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने,यातायात व्यवस्था विभाग

समाचार, समाज
 सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । गत महिनासम्ममा पाँच हजार ३०० सवारीसाधनले सो नम्बर प्लेट लिइसकेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार केही समययता सरकारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने क्रम बढिरहेको छ । अन्तिम म्याद नजिकिएकाले यो सङ्ख्या अझै बढ्ने उनले बताए । उनले भने, “कोरोनाका कारण प्रगति कम भए पनि अब सङ्क्रमण कम भएकाले विस्तारै बढ्न सक्छ ।”  सरकारले इम्बोस्ड नम्बर प्लेट लिन सरकारी सवारीसाधनका लागि विभागमा जाने व्यवस्था मिलाएको छ । निजी चारपाङ्ग्रे सवारीसाधनलाई टेकुस्थित भेहिकल फिटनेस सेन्टर र मोटरसाइकलका लागि गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ ।...
सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने

सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने

समाचार, समाज
सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् । उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । ती बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । उनले भने, “यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।” विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि संस्थाले बत्ती निकाल...
सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय

सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय

समाचार, समाज
 सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार राष्ट्रिय सभामा सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको बताएका हुन् ।   प्रधानमन्त्री ओलीले भने, ‘यो बिदा थारु जातीका लागि होइन,अरु जातीले पनि मनाउँछन् । जनताको भावना,आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको छ ।’ माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए ।  ...