काठमाडौ लेडि जेसिजको आयोजनामा राजधानीमा साइवर अपराध सूरक्षा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौ लेडि जेसिजको आयोजनामा राजधानीमा साइवर अपराध सूरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । लोकप्रिय हांस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम नेपाली कला क्षेत्रमा लागेका कलाकाहरुका लागी विशेष रुपमा आयोजना गरिएको थियो ।नेपाली गीत संगित तथा कलाकारहरुका लागी लक्षित उक्त सचेतना तालिम कार्यक्रमले लाखौं सर्वसाधारण विच पुग्न सक्ने कलाकारहरुले नेपालमा बढ्दो साइवर अपराधलाई न्यूनिकरणका लागी सहयोगी भूमिका खेल्न सक्ने भएकोले उक्त कार्यक्रमको आयोजना गरिएको हो । ईसिपिआई युनिभर्सिटि अमेरिकाका प्रोफेसर डा. रामहरि सुवेदीले साईवर अपराध सम्बन्धि महत्वपूर्ण जानकारी दिएका थिए । नेपालमा बढ्दो साईवर अपराध र त्यसको न्यूनिकरण विषयक चेतनामूलक जानकारीबाट उपस्थित कलाकारहरुले आफुले ज्ञानवद्र्धक कुराहरु हासिल गरेको र यस्ता जानकारी दर्शक श्रोतामाझ पुर्याउने प्रत...







