आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

मेलम्चीको पानी  विभिन्न वितरण केन्द्रबाट काठमाडौंबासीका धाराधारमा धमाधम वितरण

मेलम्चीको पानी विभिन्न वितरण केन्द्रबाट काठमाडौंबासीका धाराधारमा धमाधम वितरण

समाचार, समाज
मेलम्चीको पानी आइतबार सबैभन्दा पहिले अनामनगर क्षेत्रमा आयो। लामो समय उखान टुक्का र हाँसी मजाकमा उडाईएको मेलम्चीको पानी धारामा आउँदा मक्ख देखिन्थे। पानीको अभावले राम्रोसँग कपडा धुन र नुहाउन समेत ठूलो समस्या जस्तो लाग्थ्यो। धेरै सुनियो मेलम्चीको कुरा तर, अन्ततः धारामा पुगेको छ। ‘धेरै सरकार आए, धेरै सरकार गए तर सबैजसो पार्टीका चुनावी नारा हुने मेलम्ची भने आएन। पानी काठमाडौं आएको भन्ने त छ खोइ हाम्रो धारामा पानी पुगेको छैन। काठमाडौं आइसकेको भन्ने कुरा छ, यो त हल्ला होइन होला अबको केही दिनमा धारामा पानी आउँछ भन्छन् खोइ हेराैं,’ उनी हुन् राजधानी काठमाडौंको खुमलटारमा बस्दै आएका ५७ वर्षीया नुरकाजी श्रेष्ठ। यी त प्रतिनिधि पात्र हुन् जसले मेलम्चीको पानीको लामो प्रतिक्षा गरे। पानीको समस्याले पिरोली रहेका काठमाडौंवासीहरु लामो समयदेखि पानीको काकाकुल खेप्दै आएका छन्। मेलम्चीको पानी दशौंको देखिक...
राष्ट्रपति विद्यादेवी भण्डारीको कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीप्रति श्रद्धाञ्‍जलि व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीको कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीप्रति श्रद्धाञ्‍जलि व्यक्त

समाचार, समाज
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनप्रति दु:ख व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्‍जाल ट्‍विटरमार्फत् नेता जोशीप्रति श्रद्धाञ्‍जलि अर्पण गरेकी हुन् । उनले जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको उल्लेख गरेकी छिन् । इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको असामयिक निधनको खबरले दु:खी भएको छु । उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ । स्वर्गीय जोशीप्रति श्रद्धाञ्‍जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ राष्ट्रपति भण्डारीले लेखेकी छिन्। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो । ...
तुवालोका कारण भिजिबिलीटी कम भएपछि बन्द भएको हवाइ सेवा करिब साढे दुई घन्टापछि  सुचारु

तुवालोका कारण भिजिबिलीटी कम भएपछि बन्द भएको हवाइ सेवा करिब साढे दुई घन्टापछि सुचारु

समाचार, समाज
तुवालोका कारण भिजिबिलीटी कम भएपछि बन्द भएको हवाइ सेवा सुचारु भएको छ । करिब साढे दुई घन्टापछि विमानस्थल खुलेको हो । नेपाल वायुसेवा निगमका प्रवक्ता राजकुमार क्षेत्रीकाअनुसार केही बेरअघिबाट हवाई सेवा सुचारु भएको हो । ‘भिजीबिलीटी कम भएपछि दुई घण्टा ४५ मिनेट हवाई सेवा बन्द रह्यो’ उनले भने, अहिले केही सुधार भएपछि हवाई सेवा सुचारु भएको छ ।’ शुक्रबार तुवाँलोका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडान बन्द भएका थिए । जहाज उडानका लागि ८ सय मिटरको भिजिविलिटी हुनुपर्छ । भिजिबिलीटी कम भएपछि हवाई सेवा अवरुद्ध भएको थियो । साना जहाज अवतरणका लागि एक हजार ६ सय मिटर भिजिविलिटी आवश्यक पर्छ भने ठूला जहाजको लागि २ हजार आठसय मिटर आवश्यक पर्छ । ...
स्वास्थ्य मापदण्ड पालना गरेर होली खोल्न आग्रह: जिल्ला प्रशासन कार्यालय काठमाडौं

स्वास्थ्य मापदण्ड पालना गरेर होली खोल्न आग्रह: जिल्ला प्रशासन कार्यालय काठमाडौं

समाचार, समाज
 जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को जोखिम कायम रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर होली खोल्न आग्रह गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले कोभिड–१९ को जोखिम कायमै रहेकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर होली मनाउन आग्रह गरिएको बताए । उनले चाडपर्व मनाउने नाममा कुनैपनि अवाञ्छित गतिविधिहरु नगर्न पनिसचेत गराएका छन् । कसैको इच्छाविपरित रङ हान्ने, लोला तथा पानी छ्याप्ने, नसालु पदार्थ खाने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने जस्ता व्यक्तिको जीवनमा असर पर्नेखालका कार्यहरु नगर्न प्रशासनले सचेत गराएको हो । यस्तो गतिविधि कसैले गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।यसवर्षको होली पर्व उपत्यकासहित पहाडी क्षेत्रमा चैत १५ र तराई भेगमा १६ गते परेको छ । विगत...
नेशनल सोसल वेयलफेयर अवार्ड कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित

नेशनल सोसल वेयलफेयर अवार्ड कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित

समाचार, समाज
सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गर्नुभयो । सोसल वेयलफेयर अवार्ड पाउनु हुनेहरुमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा सर्मा नेहा,महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम स...
जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु

समाचार, समाज
जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीन वटा घर पूर्णरूपमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो । ...
महिलाहरुको अस्मिता माथि किन खेलवाड ?

महिलाहरुको अस्मिता माथि किन खेलवाड ?

समाचार, समाज
डा.डिआर उपाध्याय, देशमा राजनीतिक स्थिरता भएन भने सामाजिक, सांस्कृतिक, आर्थिक, सवै क्षेत्रमा प्रभाव पर्छ । अहिले देश राजनीतिक अस्थिरताकै कारण अन्योलमा छ । नेपाली समाज विषम परिस्थितिसँग जुध्दै छ । देशले सही बाटो लिएर अगाडि बढ्न नसकिरहेको अवस्था छ । नेपाली समाजमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरु दिन–प्रतिदिन बढदै गएका छन । अहिले बिभिन्न सञ्चारमाध्यममा हत्या, हिंसा, बलत्कार, अपहरणजस्ता अपराधका समाचारहरु आइरहेका छन । समाजमा दण्डहीनताको वृद्धि भैरहेको अवस्था छ । आज समाजमा घरेलु हिंसा, बालहिंसा, दलित हिंसा, महिला हिंसा, एसिड आक्रमण, बलात्कार, महिला तथा किशोरीहरुमाथि हुने यौन दुराचारजस्ता अपराधका घटनाहरु दोहोरीरहेका छन । अव समाजमा जनचेतना जगाउनु पर्ने आबश्यकता देखिएको छ । समाजमा यौन हिंसा–हत्या, आफ्नै हाडनाताभित्र हुने गरेका घटनाहरु बिभिन्नसञ्चारमाध्यमहरुमा आउने गरेको देखिन्छ । नै...
वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग

वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग

समाचार, समाज
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । महासंघले मुल्यवृद्धिको आधारमा चैत्रको तेस्रो साताभित्र भाडा समायोजन गर्नको लागि पनि ज्ञाप...
एकैसाथ चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र

एकैसाथ चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र

समाचार, समाज
यही चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिँदै छ। पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु गरिने छ। गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ। चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ। गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदै छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हात्ती र गणकहरु छनोटको काम थालिएको छ। गणनामा ४० वटा हात्ती प्रयोग गरिँदै छ। दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिने छ। कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ। बरालका अनुसार ४० जना मुख्य गणक र वैक...
नमोबुद्ध नगरपालिकामा महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन

नमोबुद्ध नगरपालिकामा महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन

समाचार, समाज
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन गरेको छ । तालीममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका ४२ जनाको सहभागिता छ । नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने जानकारी दिए । नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतका दिनमा नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाइएकामा अब सीप विकासमा जोड दिएको बताए । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप हासिल गरेपछि महिलामाथि हुने गरेको हेपाइमा कमी आउने विश्वास व्यक्त गरे । तालीम यही चैत १६ गतेसम्म सञ्चालन हुने महिला तथा बालबालिका शाखाप्रमुख तारादेवी सुनुवारले बताए । नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्नाका साथै उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न अन्तरक्रिया, तालीम र गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै...