आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आयल निगम घेराउ गर्ने

अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आयल निगम घेराउ गर्ने

समाचार, समाज
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै चौतर्फी विरोध भइरहेको छ । केही सातायता लगातार पेट्रोलियम पदार्थको मूल्य बढाईरहेको छ । अन्तर्राष्ट्रिय बजारमाकच्चा तेलको मूल्य बढेको र आईओसीले मूल्य बढाएर पठाएका कारण मूल्य बृद्धि गर्न परेको निगमको भनाइ छ । आइतबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य बढाएको थियो । यसैबीच सत्तारुढ दल एमालेको झलनाथ खनाल माधव नेपाल पक्षको विद्यार्थी सँगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आयल निगम घेराउ गर्ने भएको छ । दिउँसो १२:०० बजे आयलनिगमको कार्यालय, बबरमहल घेराउ गर्ने अनेरास्ववियूले जनाएको छ । ...
काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा

काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा

समाचार, समाज
देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढेको छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो । वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले देशभरिका विद्यालय बन्द गरेको थियो । आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ । वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ । त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हु...
टिप्पर चालकहरूमा लागूऔषध चेकजाँच सुरु

टिप्पर चालकहरूमा लागूऔषध चेकजाँच सुरु

समाचार, समाज
टिप्पर चालकले टिप्पर चलाउँदा लागूऔषध प्रयोग गर्ने गरेको जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले टिप्पर चालकहरूमा लागूऔषध चेकजाँच सुरु गरेको छ। प्रहरीले बिहीबार साँझदेखि टिप्पर चालकमा लागूऔषध चेकजाँच गर्ने अभियान सञ्चालन गरेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले रातको समयमा चल्ने टिप्पर चालकहरूले लागूऔषध प्रयोग गरी टिप्पर चलाउने गरेको जनगुनासो आएपछि उनीहरूले लागूऔषध प्रयोग गरे नगरेको जानकारी लिन चेकजाँच गर्ने काम सुरु गरिएको बताए । उनले जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले बिहीबार साँझ बनेपामा चेकजाँच कार्यक्रम सञ्चालन गरेको बताए । ...
कैलालीमा हात्तीको आक्रमणबाट मृत्यु

कैलालीमा हात्तीको आक्रमणबाट मृत्यु

समाचार, समाज
कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ। शुक्रवार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ। प्रहरी निरीक्षक अरुण बमले तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिए। चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। पछिल्लो समय वन जङ्गलभित्र र आसपासका क्षेत्रमा जङ्गली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ। लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताए । ...
प्रधानमन्त्री केपी शर्मा ओली १६५ वटा निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको संयुक्त शुभारम्भ गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली १६५ वटा निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको संयुक्त शुभारम्भ गर्दै

समाचार, समाज
आज (शनिबार) देशका १६५ वटा निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको छ । शनिबार १६५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको हो । बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले १६५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको सुरुआत गर्न लागेका हुन् । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडकहरुको निर्माण कार्य थाल्न प्रधानमन्त्री ओलीले शनिबार संयुक्त रुपमा शुभारमभ गर्न लागेका हुन् ।यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन । यी सडकमा अहिले पनि स्थानीय तह र प्रदेश सरकारले बजे...
सगरमाथा सहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति

सगरमाथा सहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति

समाचार, समाज
 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ ।         सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ । आज मात्रै सगरमाथाका तीनसहित छ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिनुभयो । विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।         पर्वतारोहण शाखाको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी सात आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा दुई, नुप्से (७,८६४ मिटर) मा दुई आरोही समूह छन् ।         यस्तै पुमरी (७, १६१ ...
गृह मन्त्रालयका अनुसार पछिल्लो ७ दिनमा मात्रै १ सय १७ ठाउँमा आगलागी

गृह मन्त्रालयका अनुसार पछिल्लो ७ दिनमा मात्रै १ सय १७ ठाउँमा आगलागी

समाचार, समाज
पछिल्लो ६ महिनामा आगलागीबाट मात्रै एक अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार पछिल्लो ७ दिनमा मात्रै १ सय १७ ठाउँमा आगलागी भएको छ भने ६ जनावरको मृत्यु भएको छ । धेरैजसो वन डढेलोका घटना भएको मन्त्रालयले बताएको छ । यही कारण काठमाडौं उपत्यकालगायत क्षेत्रमा प्रदूषणको मात्रा उच्च भएको छ भने सरकारले चार दिनका लागि शैक्षिक संस्था बन्दसमेत गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सूचना अधिकृत मालती पन्तले पछिल्लो समय आगलागीका घटना बढ्दै गएको बताउँदै यसलाई कम गर्नका लागि प्राधिकरणले जनचेतना कार्यक्रम लागू गर्दै आइरहेको बताइन् । विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीले वनमा लगाइएको डढेलोका कारण घर, गोठ तथा अन्य भौतिक संरचनाको विनाश भइरहेको बताए । गृह मन्त्रालयले आगलागीबाट भएको क्षति विवरण निकाल्छ । तर अहिलेसम्म वन डढेलोका कारणमात्रै कति क्ष...
यतिबेला डढेलो नेपालको मात्र हैन विश्वव्यापी वायु प्रदूषण बढाउने समस्या

यतिबेला डढेलो नेपालको मात्र हैन विश्वव्यापी वायु प्रदूषण बढाउने समस्या

समाचार, समाज
डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्य एसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको खबर गोरखापत्र दैनिकमा छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्याएका छन् । त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन । एसियाको भारत, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकमा डढेलोको चाप बढ्दो रहेको छ । डढेलो विज्ञ सुन्दर शर्मा भन्छन्, “त्यसैले अहिले नेपाल र एसियाको मात्र हैन विश्वकै समस्याका रूपमा डढेलो ज्वलन्त ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन ? यो किन गरिएन ? त्यो किन गरिएन भनेर धुम मच्चाइयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘गत बजेटमै बढायौं। सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रै काम गर्‍यौं। अव आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार विकासका लागि पाँच अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरिने पनि प्रधानमन्त्रीले बताए । सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रो काम हामीले गर्‍यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरू गर्‍यौं । अरू पनि सामाजिक सुरक्षाका काम हामी गर्दै जान्छौं । सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस् प्रधानमन्त...
ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा

ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा

समाचार, समाज
ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज (मंगलवार) स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गरेका छन् । सो सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक नविकरण आदिका खर्च महानगरपालिकाले सबै व्यहोर्ने महर्जनले जानकारी गराए । केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपाङ्गतामैत्री सवारी साधन अर्थात क्याब महानगरपालिकाभित्र रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने भनाइ राखे । उनले भने, “महानगरपालिकाभित्र हालसम्म कूल ५५२ ले अपाङ्गताको परिचयपत्र लिइसक्नुभयो । जस्मा मात्र बहुअपाङ्गता भएकाले यस सवारीसाधन प्रयोग गर्न पाउनुहुनेछ...