आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

जेठ २१पछि निषेधाज्ञा खुकुलो गर्ने तयारीमा

जेठ २१पछि निषेधाज्ञा खुकुलो गर्ने तयारीमा

समाचार, समाज
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू जेठ २१ गतेपछि निषेधाज्ञामा खुकुलो गर्ने तयारीमा पुगेका छन् ।उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञाको अवधि जेठ मसान्तसम्म लम्ब्याउने निर्णयमा पुगेको हो भने अबको निषेधाज्ञा पछिल्लो निषेधाज्ञाभन्दा खुकुलो हुने बताइएको छ । एक साताको कडा निषेधाज्ञाको समीक्षा गर्दै खुकुलो बनाउने विषयमा छलफल गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । उनले भने ‘अहिलेसम्म गरिएको निषेधाज्ञा केही सुधारोन्मुख भएको छ ।अहिले संक्रमणदर घट्दै गएको छ भने अस्पतालहरूमा संक्रमितका लागि उपचार गर्न बेड तथा अक्सिजनको अभाव हटेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा थप छलफल भएको छ ।’ बैठकले गरेको निर्णय गृह सचिव महेश्वर न्यौपानेसँग छलफल गरे पनि सार्वजनिक जानकारीको लागि प्रकाशित गर्ने बुझिएको छ । पछिल...
आज जेष्ठ १९ ,राजदरबार हत्याकाण्ड भएको २० वर्ष पूरा

आज जेष्ठ १९ ,राजदरबार हत्याकाण्ड भएको २० वर्ष पूरा

समाचार, समाज
आज जेष्ठ १९ गते । राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो । उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो । सरकारद्वारा गठित छानविन समितिहरुले युवाराज दीपेन्द्रले घटना घटाएको दाबीसहित प्रतिवेदन पेश गरे पनि दरबारर हत्याकाण्डलाई आजसम्म पनि रहस्यमयी रुपमा लिइएको छ । विरेन्द्रको वंशनाश भएपछि राजगद्दी सम्हाल्ेका भाई ज्ञानेन्द्रले समेत घटनाको सत्यतथ्य छानविनतर्फ चासो नदेखाएपछि घटनाको रहस्योद्घाटन भएन । दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलि संविधानसभाको चुना...
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ववल बहादुर थापाको निधन

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ववल बहादुर थापाको निधन

समाचार, समाज
 विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ववल बहादुर थापाको ४४ बर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई मेडिसिटी अस्पतालमा उपचाररत रहेका नेता थापाको आज दिउसो ४ बजेर १५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको छ। उनलाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो। थापा २०७६ असोज अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए। आठ वर्ष उनले अध्यक्ष पदमा रहेर काम गरेका थिए। उनको उपचारमा खर्चको अभाव भएपछि चन्दा उठाएर उपचार गर्ने क्रममा उनको निधन भएको हो। उनको उपचारका लागि सर्वधारणले सद्भाव देखाएका थिए। विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधनमा अस्पतालको विज्ञप्ति: 473Shares ...
चिनियाँ खोप लिनका लागि नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदै

चिनियाँ खोप लिनका लागि नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदै

समाचार, समाज
चिनियाँ खोप लिनका लागि नेपाल वायुसेवा निगमको विमान बेइजिङ जाँदैछ । सोमबार नेपाल वायुसेवाको चार्टर विमान बेइजिङ जाने भएको हो । गत बुधबार चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । सोही घोषणा अनुसारको खोप लिन विमान बेइजिङ जान लागेको जनाइएको छ । १० लाख डोजमध्ये ८ लाख डोज खोप ल्याइने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । ...
आज २५६५ औँ बुद्ध जयन्ती

आज २५६५ औँ बुद्ध जयन्ती

समाचार, समाज
आज २५६५ औँ बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको जयन्ती शान्तिको कामना गर्दै प्रत्येक वर्ष मनाइन्छ । विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप मनाइन्छ । यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि लुम्बिनीमा वैशाख शुक्ल पूर्णिमाकाे दिनमा भएको थियो । नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । गत वर्ष झैँ यस वर्ष पनि कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीम...
आज चन्द्रग्रहण,नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने

आज चन्द्रग्रहण,नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने

समाचार, समाज
वैशाख शुक्ल पूर्णिमा (आज) लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ‘नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नु पर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ’, उनले भने । यो छायाँजनित ग्रहण भएकोले समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ‘पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन’, सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल ...
नेपाली काँग्रेस गाऊ एकाई समिति माकादुम लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण

नेपाली काँग्रेस गाऊ एकाई समिति माकादुम लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण

समाचार, समाज
कोरोना भाइरस संक्रमणबाट मुलुक आक्रान्त भएको र लाखौं संक्रमित तथा हजारौंले ज्यान गुमाउनु परेको अवस्थामा नेपाली काँग्रेस गाऊ एकाई समिति माकादुम, नेपाल तरुण दल माकादुम, रामेछाप काठमाडौं सम्पर्क समितिको पहलमा मास्क , सेनिटाईजर, नर्मलबेड दुईसेट,सिटामोल, मल्टीभिटामिन, अक्सोमिटर, थर्मोगन्, थरमोमिटर, पिपी इँसेट, फेससिल्ड, निम्स,पञ्जा, लगायतकाे स्वास्थ्य सामग्री खाँडादेवी गाउँपालिका वडा नं ६ स्थीत स्वास्थ्य चौकी माकादुम , ई प्र का खाँडादेवी र साबिक ९ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ । यस्तो सहयोग र अभियानले नेपाल प्रहरी र अन्य सुरक्षाकर्मीहरुमा आत्मबल बढ्ने तथा सुरक्षित पनि हुने हुँदा अभियान थालनी गरेको नेपाल तरुण दल रामेछाप प्रदेश ‘ख’ को सदस्य तथा अभियानका सदस्य कुशल खत्रीले बताए ।  रामेछाप काठमाडौं सम्पर्क समिति को पहलमा सहयोगि हातहरू :- राजनारायण श्रेष्ठ बाट मास...
काठमाडौ उपत्यकामा निषेधाज्ञालाई  थप एक हप्ता अझै कडाई गर्ने

काठमाडौ उपत्यकामा निषेधाज्ञालाई थप एक हप्ता अझै कडाई गर्ने

समाचार, समाज
 कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी भएपछि त्यसमा भएका प्रावधान कार्यान्वयन गर्न आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ। निषेधाज्ञालाई थप कडाई गर्ने र उल्लंघन गरे जरिवान समेत गर्ने गरी जारी गरिएको अध्यादेशको प्राब्धानलाई कार्यान्वनको विषयमा छलफल गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सरकारले केही दिन अघि जारी गरेको अध्यादेशको बारेमा छलफल हुनेछ। निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा बुधबारबाट लागू गर्ने तयारी गरेको पनि जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ। काठमाडौ उपत्यकामा पहिलाको भन्दा संक्रमणदर कम हुदै गएको अवस्थामा एक हप्ता अझै कडाई गर्ने हो भने थप कम हुने बुझाई उपत्याकाका...
मान्छेको असली रूप भनेको संकटका बेला परिक्षण गरिन्छ

मान्छेको असली रूप भनेको संकटका बेला परिक्षण गरिन्छ

समाचार, समाज
-डा.डिआर उपाध्याय, केही समय अघि देखी कोरोना महामारीले देश थलिएको अवस्था छ । कोरोना भाईरसका कारण निषेधाज्ञा जारी गरिएको र त्यसवाट उत्पन्न समस्याले देशको अर्थतन्त्र पनि कमजोर बनेको छ । अहिले सम्म माहामारी नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा आम नागरिक चिन्तित बनेर बस्न बाध्य छन । निषेधाज्ञा र यसवाट उत्पन्न समस्याले आज धेरैको रोजीरोटी खोसिएको अवस्था छ । बिहान बेलुकाको हात मुख जोडन समेत धेरैलाई धौ धौ भईरहेको छ । जनताको जनजीवन र अहिलेको अवस्था अत्यन्तै जटिल बन्दै गएको छ । जनताको समस्या समाधान गर्ने भन्दा पनि दलहरु आफनै स्वार्थमा केन्द्रित बनिरहेका छन । आज देशको राजनीति सहि ढंगले अघि बढन सकिरहेको छैन । राजनीति सहि ढंगले अघि बढन नसक्दा देशमा धेरै समस्या उत्पन्न भईरहेका छन । शक्ति र स्वार्थका लागी दल र तिनका नेताहरुले जे मन लाग्यो त्यही गरिरहेका छन । नेताले जे गर्दा पनि नागरिक चुप लागे...
सरकारले ल्याएको नागरिकता  अध्यादेश खारेज गर्न माग गर्दै सर्बोच्चमा रिट पेश

सरकारले ल्याएको नागरिकता अध्यादेश खारेज गर्न माग गर्दै सर्बोच्चमा रिट पेश

समाचार, समाज
 प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट पेश भएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले आज रिट पेश गरेको छन। रिटमा अध्यादेश संविधानसँग बाझिएको भन्दै उत्प्रेषणको आदेशद्वारा अमान्य र बदर गर्न माग गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालयलाई विपक्षीय बनाइएको रिटमा अध्यादेशमार्फत थपिएका सबै दफा तथा उपदफा बदर गर्न माग गरिएको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न संसदमा छलफल समेत सकिएर पारित हुन बाँकी रहेको विधेयक रहेको भन्दै अध्यादेश ल्याउन उचित नुहने उनीहरुको तर्क छ । यस्तै सत्तासँग नागरिकता जस्तो विषयमा सम्झौता गरेको समेत आरोप लगाइएको छ। ...