आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

ढोरपाटनको नवी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

ढोरपाटनको नवी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

समाचार, समाज
गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजे आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भए । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे नियन्त्रणमा आएको स्थानीयवासीले बताए । ढोरपाटन शिकार आरक्षको कर्मचारी तथा नेपाली सेनाका हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो । शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो । ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको जनाइएको छ । क्षतिको विवरण भने अहिलेसम्म औन सकेको छैन । नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नद...
आजबाट लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान  सुरु

आजबाट लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

समाचार, समाज
काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । ‘लैंगिक हिंसा र दुर्व्यबहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ १६ दिने अभियान सुरु भएको छ । नेपालमा २०५४ सालदेखि महिला तथा बालिकाको मानव अधिकारको संरक्षणको निम्ति, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरिँदै यो अभियान सन्चालन गरिदै आएको छ । संघीय सरकारका मन्त्रालय, सातवटै प्रदेश सरकार, सबै जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम गरी सामाजिक सचेतना अभियान संचालन गर्ने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जानकारी गराएको छ । यसैबीच लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नु सन्देश जारी गर्...
निर्मलाका बाबुलाई गाडीबाटै आज काठमाडौं ल्याइदै

निर्मलाका बाबुलाई गाडीबाटै आज काठमाडौं ल्याइदै

समाचार, समाज
निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर गाडीबाट काठमाडौं ल्याइएको छ । असामान्य व्यहार देखाएपछि सेती अञ्चल अस्पतालमा बेहोस बनाएर अबेर राति काठमाडौं ल्याइएको हो । यसअघि विमानबाट काठमाडौं ल्याउने प्रयास असफल भएको थियो । विमानस्थलमा बर्बराउने, मनपरी हिंड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण उनलाई विमान कम्पनीले ल्याउन नमानेको हो । निर्मलाका बुवा, आमा र दुई जना आफन्तलाई काठमाडौं ल्याउन लागिएको हो । सुरक्षाका कारण विमानबाट काठमाडौं ल्याउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जनाए। चारै जनालाई बुद्ध एयरको बेलुकीको उडानबाट काठमाडौं ल्याउन लागिएको थियो । बुद्ध एयर धनगढी शाखा प्रमुख बुधराम माझीले एक जनाका कारण अन्य यात्रुलाई समेत जोखिम हुने देखेपछि उहाँलाई नलगिएको बताए । यात्रुसँग असामान्य व्यवहार गर्ने, बर्बर...
सार्वजनीक कार्यक्रम गर्न खुला स्थल समेत बाकी छैन, सडकमै कार्यक्रम गरियो :  प्रकाण्ड

सार्वजनीक कार्यक्रम गर्न खुला स्थल समेत बाकी छैन, सडकमै कार्यक्रम गरियो : प्रकाण्ड

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जनताको हातमा सत्ता नपुगेको जनाएका छन। सत्तामा ‘दलाल पूँजीपति वर्गको मात्र पहुच छ। आज सम्म सत्ता जनताको हातमा आएको छैन। देश विकासको मुख्य बाधक दलाल पूँजीपति वर्ग नै हो,’ राजधानीमा आयोजित जनसभामा विश्वकर्माले भने। सत्तासिन दल नेकपाका अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले सहिद परिवार, किसान र मजदूर वर्गलाइ भुलेको आरोप उनले लगाए। ‘सत्तासिनलाई सहिद परिवारको चिन्ता छदै छैन। कसरी कुर्सीमा जाने र राज्यको ढुकुटीलाई कसरी निजी बनाउने भन्ने भन्दा अरुकुनै चिन्ता छैन,’ उनले भने। सरकारले हत्या, बलात्कार र महँगी नियन्त्रण गर्न नसकेको समेत दावी गरे। समृद्धिको कुरा गर्ने सरकारले कार्यक्रम गर्ने सार्वजनिक ठाउँसमेत व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ। ‘कार्यक्रम गर्न खुला ठाउँ छैन। जनता र पार्टीका अग...
प्रधानमन्त्रीद्वारा डडेल्धुरामा भएको बस दुर्घटनाप्रति शोक  प्रकट

प्रधानमन्त्रीद्वारा डडेल्धुरामा भएको बस दुर्घटनाप्रति शोक प्रकट

समाचार
काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटना प्रति दुःख प्रकट गरेका छन् । शुक्रबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो संख्यामा यात्री घाइते भएको खबरले आफू अत्यन्तै मर्माहत भएको जनाएका छन् । उनले दुर्घटनामा परी ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।...
निर्मला पन्तका बुवाको  मानसिक अवस्था बिग्रँदै, गाली गर्दै हिड्दै

निर्मला पन्तका बुवाको मानसिक अवस्था बिग्रँदै, गाली गर्दै हिड्दै

समाचार, समाज
कन्चनपुर, मंसिर ७ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ । छोरीको न्यायका लागि १३औं दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज पन्तको शारीरिक स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था समेत बिग्रँदै गएको हो । केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले धर्नास्थलमै पुगेर पीडित परिवारको स्वास्थ्य परीक्षण गरेको थियो । तर, पछिल्लो समय यज्ञराजको स्वभाव असामान्य बन्दै गएको देखिन्छ । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको कन्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी गराए । यज्ञराजमा रातभरि नसुत्ने, बर्बराउने समस्या देखिएको छ भने दिउँसो निर्मलाको नाम लिँदै रुँदै, अरुलाई गालीगलौज गर्दै हिँड्न थालेका जनाइएको छ।...
संकटाको लगातार तेस्रो जीत, मछिन्द्र क्लबलाइ २–० ले  पराजित

संकटाको लगातार तेस्रो जीत, मछिन्द्र क्लबलाइ २–० ले पराजित

खेलकुद, समाचार
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत तेस्रो चरणको खेलमा संकटा क्लबले लगातार तीन खेलमा जीत निकालेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको खेलमा संकटाले मछिन्द्र क्लबलाई २–० गोल अन्तरले हराको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको संकटाले दोस्रो हाफमा उत्कृष्ट लय समात्दै मछिन्द्रलाई स्तब्ध पार्यो । संकटाका लागि खेलको ६४ औं मिनेटमा नितीन थापाले हेडरबात गोल गरेपछि अग्रता लिएको थियो भने ८६औं मिनेटमा अमित तामाङले गोल गरेपछि संकटाले अग्रता दोब्बर पार्यो । यसअघिका दुवै खेलमा स्पष्ट जीत निकालेको संकटाले आफ्नो तेस्रो खेलमा जीत निकाल्दै आफूलाई बलियो टोलीका रुपमा देखाएको छ । यसअघिका दुुई खेल बराबरी खेलेको मछिन्द्र भने तेस्रो खेलसम्म आइपुग्दा कमजोर सावित भएको छ । आजको जीतसँगै संकटाको ६ अंक भएको छ भने २ खेलमा बराबरी खेलेको मछिन्द्र तेस्रो खेल गुमाएपछि २ अ...
शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व रहेको मुख्यमन्त्री शङ्कर पोखरेलको बताए

शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व रहेको मुख्यमन्त्री शङ्कर पोखरेलको बताए

राजनीति, समाचार
रुपन्देही, मंसिर ७ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको बताएका छन् । श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थहरु समेत काठमाडौंका मठ मन्दिरमा रहनु गौरवको विषय रहेको बताए । नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक भएको बताउँदै उनले धार्मिक र सांस्कृतिक विविधताले रङ्गिएको हाम्रो मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको जनाए । ...
काश्मिरमा तनाव बढ्यो, दोहोरो गोली दोहोरो गोली हानाहानमा परी ६ लडाकूको मृत्यु

काश्मिरमा तनाव बढ्यो, दोहोरो गोली दोहोरो गोली हानाहानमा परी ६ लडाकूको मृत्यु

अन्तराष्ट्रिय, समाचार
काश्मिर– सँधै अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा ६ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । काश्मिरको सुटकिपोरा गाउँ अर्थात् श्रीनगर शहरबाट करीव ४८ किलोमिटर दक्षिणमा शुक्रबार बिहानै गोली चलेको थियो । भारतीय प्रहरी र सैनिकको संयुक्त गस्तीमा आतङ्कवादी आक्रमण भएलगत्तै दोहोरो भिडन्त भएको जनाइएको छ । गुप्तचर निकायले दिएको सूचनाअनुसार सुरक्षा अधिकारीहरुले शङ्कास्पद व्यक्तिहरु रहेको सूचना पाएलगत्तै सो इलाकालाई सुरक्षाकर्मीले घेराबन्दीमा पारेका थिए । काश्मिरको स्वतन्त्रताका लागि लामो समयदेखि सशस्त्र सङ्घर्ष जारी छ । भारत र काश्मिरमा बाँडिएको काश्मिरका विषयमा भारत र पाकिस्तानबीच दुई वटा ठुला युद्ध भइसकेका छन । –सिन्ह्वा...
स्मार्ट लाईसेन्सको टेण्डरमा अनियमितताको, बोलपत्र नखुल्दै अख्तियारमा पर्यो उजुरी

स्मार्ट लाईसेन्सको टेण्डरमा अनियमितताको, बोलपत्र नखुल्दै अख्तियारमा पर्यो उजुरी

आर्थिक, समाचार
काठमाडौं– यातायात व्यवस्था विभागबाट आह्वान गरिएको स्मार्ट लाइसेन्सको टेण्डर नै त्रुटिपूर्ण रहेको देखिएको छ । स्मार्ट लाइसेन्सको सप्लाई, डेलिभरी तथा कार्ड प्रिन्टिङ मेशिन खरिदका लागि आह्वान गरेको टेण्डरमा एउटा कम्पनीले मात्र पाउने गरी कार्ड प्रिन्टरको स्पेशिफिकेसन राखेर मिलेमतोमा टेण्डर आह्वान गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । बिहिबार आयोगमा दर्ता भएको ‘८३८३’ दर्ता नम्बरको उजुरीअनुसार विभागले टेण्डरमा उल्लेख गरेको कार्ड छपाई मेशिनको स्पेशिफिकेसन विश्वभर उपलब्ध भएका मेशिनहरु मध्ये ‘डाटाकार्ड’ नामक कम्पनीले उत्पादन गरेको कम्पनीसँग मात्र मेल खाने देखिन्छ । डाटाकार्ड कम्पनीले फ्रान्सेली कम्पनी ‘आईडिमिया’ लाई मात्र उक्त प्रिन्टर उपलब्ध गराएपछि यातायात ब्यवस्था विभागले ‘आईडिमिया’ सँगको मिलेमतोमा टेण्डर आह्वान गरेको तथ्य बाहिरिएको छ । डाटाकार्डले ‘आईडिमिया’...