शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ११ उडान अवतरण
काठमाडौं । शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुल ११ उडान-अवतरण सम्पन्न भए । कोरोना भाइरसको संक्रमणपछि विदेशमा अलपत्र नेपालीलाई घर फर्काउने अभियान अहिले जारी छ ।
यस क्रममा शुक्रबार विभिन्न ६ गन्तब्यबाट जहाज आएका छन् । यी जहाजले कुल ९१८ जना यात्रुलाई नेपाल ल्याएका छन् । नेपालबाट भने कुल २ सय ५५ जना व्यक्ति विदेश गएका छन् । शुक्रबार २ वटा शवसमेत नेपाल ल्याइएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सको जहाजले दोहाबाट १४५ यात्रु र २ वटा शवलाई नेपाल ल्याएको छ ।
हिमालय एयरलाइन्सले आवुधावीबाट १ सय ४२ जना यात्रुलाई नेपाल भित्राएको छ । नेपाल एयरलाइन्सले दुवईबाट १ सय ४७ जना यात्रुलाई नेपाल ल्याएको छ ।
दुबईमा एक यात्रु गएका छन् । मालिन्दो एयरले मलेसियाबाट १ सय ७६ जनालाई नेपाल ल्याएको छ ।
कतार एयरवेजले दोहाबाट १४१ जना यात्रुलाई नेपाल ल्याएको छ । यो जहाजले...









