साविक विजेता मुम्बई इन्डियन्स (युएई)मा जारी १३ औं संस्करण (आईपीएल)को प्ले अफ नजिक पुगेको छ
साविक विजेता मुम्बई इन्डियन्स संयुक्त अरब ईमिरेट्स (युएई)मा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफ नजिक पुगेको छ ।
बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो ।
आबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहँदै ७९ रनको बनाए । यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्ड्या १७ रनमा आउट हुँदा कुर्नाल पाण्ड्याले १० रन बनाए ।
मुम्बईविरुद्ध बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २/२ विकेट लिए । क्रिस मोरिसले १ विकेट लिए ।
सअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । बैंगलोरका लागि ओपनर देबदुत पडीकल...









