बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्यो

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्यो

समाचार
कात्तिक १३ जुम्ला । दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ । जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै सङ्क्रमित निको भएपछि दोस्रोपटक पुनः सङ्क्रमण शून्य भएको थियो । यहाँका सर्वसाधारणदेखि अधिकांश उच्चपदस्थ व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् । तर, कोरोना सङ्क्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिइएको छ । सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञाजस्ता कार्य गर्दा आलोचना खेप्नुपर्ने स्थिति छ । गएको चैतयता जुम्लामा सङ्क्रमित हुनेक...
काभ्रेमा कोरोना सङ्क्रमण दर घट्दै

काभ्रेमा कोरोना सङ्क्रमण दर घट्दै

समाचार
कात्तिक १३ काभ्रेपलाञ्चोक। पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १०५ रहेको छ । मङ्गलबार जिल्लामा कुनै सङ्क्रमित देखिएनन् । सोही दिन उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १८ जना रहेको पोष्टले जनाएको छ । आइतबारअघिको ४८ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने त्यसअघिको सङ्क्रमणदर घट्दै गएको पोष्टले जनाएको छ । पोेष्टका अनुसार बुधबारसम्म काभ्रेपलाञ्चोकमा ५९९ महिलासहित एक हजार पाँच सय ३३ जना सङ्क्रमितमध्ये ७१ प्रतिशत अर्थात् एक हजार ७८ सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमितमध्ये १० पुरुष र सात महिलाको मृत्यु भइसकेको छ । गत असार २ गते काभ...
म्याग्दीमा पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै

म्याग्दीमा पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै

समाचार
कात्तिक १३ गलेश्वर। हिमाली जिल्ला म्याग्दीको ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ ।कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ । कोदो फल्ने बारी थलिएको छ । बनमारा र बोकेझारले बारीमा साम्राज्य जमाएको बेनी नगरपालिका–२ बगरफाँटका बेदप्रसाद शर्माले बताउनुभयो । करिब दश वर्ष अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले मुस्किलले १० पाथी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । “कोदो रोप्नै छोडे, कोदो रोप्ने बारीमा झारैझार छ, अनि कहाँवाट फलोस् त कोदो !” ८३ वर्षीय शर्माले भन्नुभयो । उहाँका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ । काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको ...
रवि लामिछाने दम्पत्तिलाई कोरोना पुष्टि

रवि लामिछाने दम्पत्तिलाई कोरोना पुष्टि

समाचार
कात्तिक १३ काठमाडौं । संचारकर्मी रवि लामिछाने कोरोना भाइरस संक्रमित भएका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन् । उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि संक्रमित भएकी छिन् । रविले लेखेका छन्, ‘मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ ।’ उनले अगाडि लेखेका छन्, ‘हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौं । धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौं ।’ ...
सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

समाचार
कात्तिक १३ काठमाडौं । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडकमार्फत जोड्न लागिएको हो । अझसम्म १३ जिल्लाका ४२ वटा स्थानीय तह सडक सञ्जालबाट जोडिएको छैन । गतवर्ष नै सुरु गर्ने भनिएको उक्त कार्यक्रम कोरोना भाइरसका कारण केही ढिलाइ भए पनि यस वर्षदेखि कार्यान्वयनमा आउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वैदेशिक सहयोग समन्वय शाखाका प्रमुख रेशम कँडेलले बताए । उक्त सडक सङ्घ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा निर्माण गरिने छ । शाखा प्रमुख कँडेलले गतवर्ष नै सञ्चालन हुने भनिएको उक्त कार्यक्रम कोरोना भाइरसका कारण सञ्चालन हुन नसकेको र यस वर्ष कार्यान्वयन हुने ब...
सरकारले अब हप्ताको दुई दिन आइतबार र बुधबार मात्रै कोरोना ब्रिफिङ गर्ने

सरकारले अब हप्ताको दुई दिन आइतबार र बुधबार मात्रै कोरोना ब्रिफिङ गर्ने

समाचार
कात्तिक १३ काठमाडौं । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए। दशैंका लागि उक्त ब्रिफिङ ५ दिनसम्म स्थगित गरिएको थियो।अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइने गौतमले बताए।सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो। उक्त ब्रिफिङमा संक्रमितको संख्यामात्रै भन्ने गरिएको भन्दै आलोचना भइरहेको थियो।स्वास्थ्य मन्त्रालयले भने ब्रिफिङमा महत्वपूर्ण सूचनासँगै विभिन्न विज्ञहरूलाई बोलाएर विभिन्न रोगबारे छलफल गर्ने गरेको थियो। ...
विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

अन्तराष्ट्रिय, समाचार
कात्तिक १३ काठमाडौं । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ । यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८५ लाख ३ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा धेरै  निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । ...
देशभर तापक्रम घट्दो क्रममा छ, चिसो बढ्दो छ

देशभर तापक्रम घट्दो क्रममा छ, चिसो बढ्दो छ

माैसम, समाचार
देशभर दिनप्रतिदिन तापक्रम बढ्दै गएको मौमसविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आज (बिहीबार) बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम ११.४ डिग्री सेल्सियस देखिएको छ। ‘हिजो र आज उस्तै तापक्रम देखिएको छ,’ मौसमविद् अर्यालले बिहीबार बिहान नेपालखबरसँग भने, ‘अस्तिसम्म चाहिँ उपत्यकाको तापक्रम १५.४ डिग्री देखिएको थियो।’ मौसमविद्का अनुसार सबैभन्दा बढी चिसो जुम्लमामा छ। एक दुई दिनअघि त्यहाँको न्यूनतम तापक्रम माइनसमा झरेको थियो। तर बुधबार फेरि १ मा उक्लिएको महाशाखाको तथ्यांकले देखाएको छ। ‘जे होस्, अहिले देशभर तापक्रम घट्दो क्रममा छ, चिसो बढ्दो छ,’ मौसमविद् अर्यालले भने। ...
बारामा प्रहरीले गोली चलाएको छ,गोली लागेर एक स्थानीयवासी गम्भीर घाईते

बारामा प्रहरीले गोली चलाएको छ,गोली लागेर एक स्थानीयवासी गम्भीर घाईते

अपराध, समाचार
बारामा प्रहरीले गोली चलाएको छ । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा एक प्रहरीले गोली चलाउन पुगेको हो । सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप हुन पुगेको र सो क्रममा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर एक स्थानीयवासी गम्भीर घाईते भएका छन् भने एकजना प्रहरी नायव निरीक्षक समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। ...
राष्ट्रपति कार्यालयको  ट्वीटरको अकाउण्ट साइबर आक्रमण भएकाले बन्द गरिएको छ

राष्ट्रपति कार्यालयको ट्वीटरको अकाउण्ट साइबर आक्रमण भएकाले बन्द गरिएको छ

राजनीति, समाचार
 राष्ट्रपति कार्यालयको सूचना प्रवाह गर्न सञ्चालनमा ल्याइएको राष्ट्रपतिको कार्यालयको सामाजिक सञ्जाल ट्वीटरको अकाउण्ट बन्द गरिएको छ। राष्ट्रपति कार्यालयको @SHITALNIWAS ट्वीटर ह्याण्डल डिएक्टिभ गरिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस विज्ञ टिका ढकालले ट्वीटर ह्याण्डल बन्द गरिएको पुष्टि गरे। राष्ट्रपति भण्डारीको निजी सचिवालयले सञ्चालन गर्दै आएको सो ह्याण्डल बन्द गरिएको हो। सो ह्याण्डलबाट राष्ट्रपति कार्यालयाबारे सूचना तथा सन्देशहरु प्रवाह गरिँदै आएको थियो। ट्वीटरले भरिफाइड गरेको सो अकाउण्ट डिएक्टिभ गरिएको हो। राष्ट्रपति कार्यालयले फेरि ट्वीटर अकाउण्ट सञ्चालन पनि गर्ने जनाएको छ। प्रेस विज्ञ ढकालले अर्को स्वरुपमा अकाउण्ट सञ्चालन छिटै गरिने जानकारी दिए। उनले भेरिफाइड भएको दुईदिनमात्र भएको सो अकाउण्टमा साइबर आक्रमण भएकाले बन्द गरिएको बताए। उनले डिसी नेपालसँग भने, ‘भेरिफाइड ...