मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय २७ जनाकाे पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ७२ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ । अहिले नाै सय ७४ जना आइसाेलेशनमा रहेका छन् । काेराेना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैकाे पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । ...
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने

समाचार, समाज
पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने भएका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले भोलि मध्यान्ह १२ बजे आयल निगम घेराउ गर्ने घोषणा गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् । पछिल्लो समय विश्व बजारमा मूल्य वृद्धि भएको र आइओसीबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले निरन्तर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ। ...
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  सरकारसँग वार्ताका लागि वार्ता टोली गठन

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि वार्ता टोली गठन

राजनीति, समाचार
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पनि सरकारसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ । विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो । विश्वकर्माको नेतृत्वमा गठन गरिएको ३ सदस्यीय वार्ता टोली आजै सार्वजनिक गरिने विप्लव नेतृत्वको नेकपाका एक नेताले जानकारी दिए । सरकारले पनि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् । वार्ताद्वारा नै सबै समस्या समाधान गर्ने गरी वार्ता टोली गठन भएको मन्त्री गुरुङले जानकारी दिए । केही समय अगाडिदेखि नै सरकारी पक्ष र प्रतिबन्धित विप्लव समूहबीच अनौपचारिक वार्ता हुँदै आएको थियो । अनौपचारिक वार्ता सकारात्मक भएपछि औपचा...
कोरियोग्राफर रोजिन शाक्य ‘वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर’ अवार्डबाट सम्मानीत

कोरियोग्राफर रोजिन शाक्य ‘वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर’ अवार्डबाट सम्मानीत

मनोरन्जन, समाचार
भक्तपुरस्थित एम्पेरियल ब्याङ्क्वेटमा संचालन गरिएको फेसन, मोडलिङ तथा ब्युटी प्याजेन्ट विधामा समर्पित फेसनफेअर अवार्डस् २०२० अन्तर्गतको स्पेशल अवार्ड विधा अन्तर्गत उल्लेखीत क्षेत्रमा लामो समयदेखि सक्रिय रही महत्वपूर्ण उपलब्धी हासिल गरेको विभिन्न व्यक्तित्वहरु सम्मानीत भएका छन् । जस अन्तर्गत ग्ल्यामर तथा फेसन फोटोग्राफर राजभाई सुवाल फोटोग्राफर अफ द इयर अवार्डबाट सम्मानीत भएका छन् भने कोरियोग्राफर रोजिन शाक्य वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर अवार्डबाट सम्मानीत भएका छन् । यसैगरी ट्रान्सजेन्डर सुपर मोडल अन्जली लामा फेसन एक्सीलेन्स अफ द इयर, फोटोग्राफर महेश प्रधान इभेन्ट फोटोग्राफर अफ द इयर, मनोरञ्जन पत्रकार नेमिष गौतम जर्नालिष्ट अफ द इयर, अभिनेता गौरव पहारी सेलिब्रेटी अफ द इयर तथा मिस युनिभर्स नेपाल प्रतियोगितालाई ब्युटी प्याजेन्ट अफ द इयर अवार्डबाट सम्मानी गरिएको थियो । मिस युनिभर्स ...
सरकार गठन अहिलेको आवश्यकता होइन

सरकार गठन अहिलेको आवश्यकता होइन

राजनीति, समाचार
डा.डिआर उपाध्याय, माधव भन्दा ओली चर्तुर र शक्तिशाली छन । ओलीलाई सजिलै प्रधानमन्त्रीबाट हटाउने आधार अझै बनेको छैन । प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि ओली उर्जावान नै छन । उनमा कुनै निराशको संकेत छैन । राजनीति भनेको नै उतार चढाव हो । यसलाई थेग्न सक्नु पर्छ । ओलीले सवै कुरा थेग्न सक्छन । प्रचण्ड माधवमा त्यो क्षमता छैन । ओली आफना कार्यकर्तालाई संरक्षण गर्न सिपालु छन । तर प्रचण्ड माधव त्यसमा असफल छन । नेता भनेको ओली जस्तो हुनु पर्छ । किन भने जस्तो परिस्थितीमा पनि लडन सक्ने क्षमता ओलीमा छ अरु नेतामा छैन । अरु सवै कातर हुन । मैले बेला बेलामा लेखेर भए पनि सुझाव दिने गर्छु तर सुनुवाई हुदैन । समस्या यो हो । ओलीले भरपर्दो आधार तय नभए सम्म प्रधानमन्त्री पदवाट राजीनामा दिनु हुदैन । किन भने मुलुक संकटमा जान्छ । सरकार गठन अहिलेको आवश्यकता होइन । नयाँ सरकारको सम्भावना देख्नु भनेको संसद खरिद बिक्रिको...
‘फुर्के रिवन भर्सेस कर्ली कपाल’ सार्वजनिक (भिडियो)

‘फुर्के रिवन भर्सेस कर्ली कपाल’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
सेभेन ११ म्युजिक फ्याक्ट्रीले निर्माण गरेको म्युजिक भिडियो ‘फुर्के रिवन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । कृष्ण केसीले लेखेको यो गीतमा ध्रुवले नै संगीत दिएका छन् । गीतको भिडियोमा पुष्प खड्का, सुधिर श्रेष्ठ, समारिका र स्मारिका ढकालले नृत्य प्रस्तुत गरेका छन् । भिडियोमा दिनेश डिसी, गौरी मल्ल र आनन्द कार्कीको पनि भूमिका रहेको छ। https://youtu.be/uA3-faPxOQM लोक लयमा तयार भएको भिडियोलाई ब्याटल शैलीमा तयार गरिएको छ । दुई टिमबीच भएको गायन तथा नृत्यको ब्याटललाई भिडियोमा उतारिएको छ। माइकल चन्दको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलर गरेका छन् । भिडियोलाई सेभेन ११ म्युजिक फ्याक्ट्रीका तर्फबाट अनिल जोशी, अमृत सुवेदी र नवराज शर्माले ...
दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा

दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित हुँदा मुलुकको राजनीति अन्योलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा चालेको असंवैधानिक कदमपछि नेकपा दुई खेमामा विभाजित भएको हो ।संसद पुनस्थापना भएपछि पनि नेकपा एक हुने कुनै छाँँटकाँट देखिदैन । नेकपा विभाजनको विषय निर्वाचन आयोगमा विचाराधीन बनेको छ । राजनीतिक दलसम्बन्धी ऐनले जुन समूहतर्फ बहुमत केन्द्रीय कार्य समिति हुन्छ । उसैले नेतृत्व गरेको पार्टीले आधिकारिक मान्यता पाउने भनेर स्पष्ट उल्लेख गरेको छ । तर, अहिले यो विषयमा निर्वाचन आयोगलाई निर्णय गर्न धेरै कठिन भइरहेको छ । प्रमुख ठूला दलहरु विभाजन हुनु लोकतन्त्रको लागि खतरा हो । जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट लोकतन्त्र प्राप्त भएको हो । यसमा कसैले खेलवाड गर्नु हुँदैन । मुलुकको हरेक राजनीतिक परिवर्तनमा नेपाली जनताको प्रत्यक्ष सहभागिता रहँदै आएको छ । ...
नेप्से आज ७९.७४ अंकले  घटेर दुई हजार चार सय ७४ दशमलब ३९ विन्दुमा

नेप्से आज ७९.७४ अंकले घटेर दुई हजार चार सय ७४ दशमलब ३९ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) भारी गिरावट आएकोे छ । बिहिबार पनि नेप्से ४४.९४ अंकले घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको थियो ।        नेप्सेका अनुसार आज ७९.७४ अंकले नेप्से घटेर दुई हजार चार सय ७४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ८ अर्ब ३५ करोड ५२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये होटल एण्ड टुरिजम बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।     आज शेयर बजार राताम्मे भएपनि एक कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स रहेको छ । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।    ...
पछिल्लो २४ घन्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घन्टामा नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार १४३ पुगेको छ । पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४०७ पुगेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७४ पुगेको छ । ...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक केरुङ नाका भोलि सोमबारदेखि पुनःसञ्चालन हुने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक केरुङ नाका भोलि सोमबारदेखि पुनःसञ्चालन हुने

आर्थिक, समाचार
काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो । “सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुप...