मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

प्रशान्त र लिभा बने ‘मिस्टर एण्ड मिस थारु’

प्रशान्त र लिभा बने ‘मिस्टर एण्ड मिस थारु’

मनोरन्जन, समाचार
तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् ।  कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिदा यहाँ गर्व गर्नुहुन्छ ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन् । यस्तै प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरी सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरी कुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् । त्यसैगरि बेस्ट फोटोजेनिक नेहा चौधरी, बे...
कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो

कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो छ । बिश्वमानचित्रमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । तर अझै हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । नेपाल जलस्रोतको धनी देश हो । कृषियोग्य जमिन पनि पर्याप्त छ । अव केवल कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो छ । वैदेशिक रोजगारमा हिँड्नेको लस्करलाई स्वदेशमै रोकेर रोजगारको अवसर सृजना गर्न सक्ने सम्भावना पनि छ । अव कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन बलियो इच्छाशक्ति, स्पष्ट नीति, प्रभावकारी कार्यान्वयनको खाँचो देखिन्छ । यसतर्फ सरकारको ध्यान पुग्न आवश्यक छ । कृषि पेसालाई हामी सवैले सम्मानको पेसाको रुपमा हेर्नु पर्छ । पछिल्लो समयमा आएर युवाहरु कृषि पेसा तर्फ आर्कर्षित बनेको पनि देखिन्छ । केहि युवाहरु बिदेशवाट स्वदेश फर्किएर कृषि पेसा तर्फ पनि लागेका छन । पछिल्लो समयमा आएर कुखुरा पालन , बाख्रा पालन , गाई पालन , बुंगुर पालनका स...
अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने

अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने

माैसम, समाचार
 काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ ।  मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका  छन् ।  वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ ।  विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वास सम्बन्धी  विरामी र मुटुका रोगीहरु बढी प्रभवित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ । विभागका उपमहानिर्देशक इन्दुबिक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरे। आगो बाल्दासम...
थप ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगे

थप ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगे

समाचार, स्वास्थ्य
 आज दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ ।  हाल क्वारेन्टिनमा ५७ जना छन । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् । विगत २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।  ...
आजदेखि काठमाडौंका धारामा मेलम्चीको पानी

आजदेखि काठमाडौंका धारामा मेलम्चीको पानी

समाचार
मेलम्चीको पानी पिउने उपत्यकावासीको २७ वर्षदेखिको सपना आज (आइतबार) पूरा हुँदैछ । बहुप्रतिक्षित मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका घरघरका धारामा वितरण गर्न लागिएको हो । गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज (आइतबार) काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) कै पाइपलाइनबाट वितरण गर्न लागिएको हो । पहिलो दिन आज चार करोड लिटर पानी धारामा पठाउने तयारी भइरहेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिएका छन् । उपत्यकाका तीन वटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाका पनि सीमित ठाउँमा मात्रै पानी पठाउने तयारी छ । काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३...
शनिबार नेपालमा थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

शनिबार नेपालमा थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
शनिबार नेपालमा थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १२ सय ८८ रहेको छ । पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म ५९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ५९ हजार ४५ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
कोभिड १९ का संक्रमितहरु कतारमा पनि बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयको  जानकारी

कोभिड १९ का संक्रमितहरु कतारमा पनि बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयको जानकारी

अन्तराष्ट्रिय, समाचार
कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन्। शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ। यहाँ यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ। यहाँका २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ। यहाँका चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन्। कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तिब्रता दिइएको छ। यसरी यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको समाचारमा जनाइएको छ। ...
राष्ट्रपति विद्यादेवी भण्डारीको कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीप्रति श्रद्धाञ्‍जलि व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीको कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीप्रति श्रद्धाञ्‍जलि व्यक्त

समाचार, समाज
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनप्रति दु:ख व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्‍जाल ट्‍विटरमार्फत् नेता जोशीप्रति श्रद्धाञ्‍जलि अर्पण गरेकी हुन् । उनले जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको उल्लेख गरेकी छिन् । इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको असामयिक निधनको खबरले दु:खी भएको छु । उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ । स्वर्गीय जोशीप्रति श्रद्धाञ्‍जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ राष्ट्रपति भण्डारीले लेखेकी छिन्। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो । ...
ज्योति लाईफको आईपीओको  नतिजा चार माध्यबाट हेर्न सकिने

ज्योति लाईफको आईपीओको नतिजा चार माध्यबाट हेर्न सकिने

आर्थिक, समाचार
पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका शेयरको बाँडफाँटको नतिजा चार माध्यबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ । यस अघि विभिन्न सञ्चार माध्यमलाई पनि उपलब्ध गराउँदै आईएको आईपीओ नतिजा लगानीकर्ताकै आग्रहमा सम्बन्धीत निकायको वेवसाइटमार्फत मात्र हेर्न सकिने व्यवस्था गरिएको हो ।  लगानीकर्ताहरुले आईपीओ बाँडफाँटको नतिजा विभिन्न सञ्चार माध्यमहरुलाई उपलब्ध गराएर गोपनियता भंग भएको गुनासो गरेपछि सिडिएससीले सञ्चार माध्यमहरुलाई उपलब्ध गराउँन छोडेको हो । अब सम्बन्धित कम्पनीको र विक्री प्रबन्धकको वेवसाइट र सिडिएससीको मेरो शेयरसँगै सिडिएससीले निर्माण गरेको नयाँ वेवसाइट आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपी (www.iporesult.cdsc.com.np) बाट आईपीओ बाँडफाँटको नजिता हेर्न सकिने भएको हो ।   ज्योति लाईफ इन्स्योरेन्सको लागि सिडिएससीको नयाँ व्यवस्था अनुसार कम्पनीको वेवसाइट, विक्री प्रबन्धक एनएमबि क...
पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संख्या ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दाको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार ६ सय ६५ पुगेको छ । त्यस्तै कोरोना सङ्क्रमणका कारण थप चार जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार तीन सय ४२ पुगेको छ । ...