जीवन प्रकृतिको सुन्दर अमूल्य उपहार
डा.डिआर उपाध्याय,
मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको तपाईको एक दिन कसरी बित्छ सर ? मैले यो बारे बताएको थिएन । बताउने कोसिस गदै छु । पत्रकारसाथीहरुले पनि कुनै अन्तरबर्ताका क्रममा यो प्रश्न सोध्दै आउनु पनि भएको छ । तर मैले बिस्तृत रुपमा भने अहिले सम्म बताएको छैन । आज बताउँदै छु । म चावहिलमा बस्छु । घाम पानी ओतने घर छ । घरको नजिक अफिस छ । मेरो एक दिन व्यस्तताले नै बित्छ । म बिहान ५ बजे उठि सकेको हुन्छु । उठि सके पछि फ्रेस हुन्छु । त्यस पछि केहि समय योगा र कसरतमा बिताउँछु । घर वरी परि बिहानको ताजा हावामा घुमफिर गर्छु । हात मुख धोएर मन तातो एक किलास पानी पिउँछु ।
त्यस पछि पत्र पत्रिका र बिभिन्न सामाजिक सञ्जालमा व्यस्त हुन्छु । लेख्न पढन पनि मलाई बिहान नै रुचि लाग्छ । राजनीतिक , आर्थिक , सामाजिक लगायतका बिषय बस्तुहरुमा मैले जे देख्यो त्यही लेख्ने गरेको पनि छु । प्रयाय जसो बिहान पख केहि...









