सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

कुशे औँसी पर्व आज  पवित्र कुश घरमा भित्र्याएर मनाउँदै

कुशे औँसी पर्व आज पवित्र कुश घरमा भित्र्याएर मनाउँदै

समाचार, समाज
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा ...
भदौ २२ गते  मंगलवारको राशिफल

भदौ २२ गते मंगलवारको राशिफल

राशिफल, समाचार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा आफ्नै कारणले कमजोरि गरेको भान हुनेछ । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी वढाउन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । तरपनि मेहनेत गर्दा ईज्जत प्रतिष्ठामा बृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला गन्तव्य पहिल्याउन सहज हुनेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा तथा परिणामूखि काम हुनाले आफन्त तथा छिमेकीहरु प्रभावित हुनेछन् । पराक्रमी क्रिर्या...
भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” को भिडियो सार्वजनिक (भिडियो)

भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” को भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ। ‘हामी खस क्षेत्री’ भिडियोलाई महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) कै आफ्नै अफिसियल युट्युव च्यानल रेस्लर यूनिका मार्फत सार्बजनिक गरिएको हो। https://youtu.be/rmOLiOpOMU4 महिला रेस्लर खेलाडी भगवती खड्का (यूनिका) को ’हामी खस क्षेत्री’ राष्ट्रिय गीतमा नेपालको एकीकरणमा क्षेत्री समुदायले पुर्याएको योगदानलाई गीतमा समावेश गरिएको छ। जसमा जीबि क्षेत्री को शब्द तथा विकाश चौधरीको संगीत संयोजन रेहेको ’हामी खस क्षेत्री’ भिडियोमा सञ्जय हमालको एरेञ्ज तथा वीरवहादुर थारुको सम्पादन रहेको छ। ...
हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा

हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा

समाचार, समाज
नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरेको छ । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । बिजेतारूलाई नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सस्कृति, पर्यटन तथा नागरिक उडड्यान सचिव यादवप्रसाद कोइरालाले अवार्ड प्रदान गर्नुभयो । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतको पनि उपस्थिति रहेको थियो । हस्तकला वर्ष २०२१ का संयोजक तथा महासंघ उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिनुभयो । प्रतियोगिताका लागि स्टार मार्वल एण्ड सेनेटरी तथा ग्...
‘हाम्रो नेपाल हामी नेपाली’ भन्ने मुल नारा सहित प्रथम ललितपुर युवा संगठन गठन

‘हाम्रो नेपाल हामी नेपाली’ भन्ने मुल नारा सहित प्रथम ललितपुर युवा संगठन गठन

समाचार, समाज
काठमाण्डौ, भाद्र २० “नि:शुल्क शिक्षा स्वास्थ्य रोजगार, भ्रष्टाचार विरुद्धको महाअभियान ‘हाम्रो नेपाल हामी नेपाली’ मुल नारा सहित प्रथम ललितपुर युवा संगठन गठन भएको छ । केन्द्रिय युवा संयोजक राजकुमार महर्जन ज्युको सभापतित्वमा र अभियानका संयोजक ज्ञानेन्द्र शाहि ज्युको प्रमुख आतिथ्यमा ललितपुर प्रथम जिल्ला युवा भेला आयोजना गर्दै सो ऐतिहासिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिजय खड्गी, शक्ति शाही, बिनोद खड्का, मुस्कान के.सि. लगायत सम्पुर्ण केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो । महर्जनको सभापतित्वमा ललितपुर युवा संगठन गठन भाद्र १९ गते भएको कमिटीको भेलाले ललितपुर युवा संयोजक बिन्द्र लाल श्रेष्ठ, उप-संयोजक महेन्द्र सिलवाल, सचिव सुनिल मिजार, कोषाध्यक्षमा उज्वल खत्री सहित ६१ सदस्य सहित ललितपुरको प्रथम जिल्ला कमिटी गठन गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सामाजिक अभियान्ता ज्ञानेन्द्र श...
महिला चेम्बरको आयोजनामा कृषि उद्यमशिलता प्रबर्धनात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न

महिला चेम्बरको आयोजनामा कृषि उद्यमशिलता प्रबर्धनात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न

आर्थिक, समाचार
काठमाडौं-कृषिमा लागेका महिला उद्यमीहरुको प्रबर्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘अनुभव आदानप्रदान  तथा अन्तर्कृया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा आबद्ध महिला उद्यमीहरुको उल्लेख्य सहभागीता रहेको थियो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन बृद्धिगरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए । चेम्बर अध्यक्ष मल्लले विचौलियाका कारण उद्यमीहरुलाई मुल्य र बजारीकरणमा  समस्या उत्पन्न हुँदै आएकोले सामुहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवम् बजारिकरण गर्न सहज हुने बताउदै जिल्ला तथा स्थानिय स्तरमा  सा...
माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान

माइकल स्टेअप एण्ड आर्टस् एकेडेमीद्वारा विभिन्न व्यक्तित्वहरूलाई सम्मान

मनोरन्जन, समाचार
‘माइकल स्टेअप एण्ड आर्टस् एकेडेमी’ले तीजको अवसर पारेर तीन दर्जन भन्दा बढी कलाकर्मीलाई सम्मान गरेको छ । काठमाडौंको डिल्लीबजारमा अवस्थित एकेडेमी’ले हरितालिका तीजको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा गायक, गायिका, मोडल, निर्देशक, छायांकार, पत्रकार लगायतलाई सम्मान गरेको हो । कार्यक्रमका विशेष अतिथी गायक सीताराम पोख्रेल र देबेन्द्र शाहले कलाकर्मीहरूलाई सम्मान पत्रबाट सम्मानित गर्नुभएको थियो । सम्मानित हुनेहरूमा गायिका रचना रिमाल, एलिना चौहान, मोडलहरू आकाश श्रेष्ठ, पुष्प खड्का, प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा, स्मारिका-समारिका ढकाल, निर्देशक सुव्रतराज आचार्य, निशान घिमिरे, कलाकारहरू राज कटुवाल, नरेन खड्का लगायतका रहनुभएको छ । साथै, कार्यक्रमका विशेष अतिथीहरू डा. कृष्णहिर बराल, डा. डीआर उपाध्याय, गायक सीताराम पोेख्रेल, देबेन्द्र शाहलाई पनि सम्मानित गरिएको थियो । एकेडेमीका अध्यक्ष म...
गीतकार लोकराज अधिकारीको “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)

गीतकार लोकराज अधिकारीको “भन्नू हुन्थ्यो “बा ले ” सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
बाबुको मुख हेर्ने दिन नजिकिदै गर्दा प्रसिद्द गीतकार लोकराज अधिकारीको नया गीत ‘भन्नुहुन्थ्यो बा’ले’ सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेकोे उक्त गीत र भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । ‘कुशे औँशी’ अर्थात ‘बुवाको मुख हेर्ने दिन’ नजिकिँदै गर्दा सम्पूर्ण बुवाहरुप्रति समर्पण गर्दै ‘भन्नु हुन्थ्यो बा’ ले’ बोलको गीत सार्वजिनक गरेको गीतकार अधिकारीले जानकारी दिए । गीतकार अधिकारी र गायक बुढाथोकीका बुवा प्रती ट्रीब्युट गरिएको गीत सार्वजनिक भए लगत्तै गीत बारे आफ्नो प्रतिकृया दिँदै गायक बुढाथोकीले भने, ‘यो धर्तिमा सबै थोक घरी-घरी मिल्न सक्छ । तर जन्म दिने आमा-बा कसैगरि पाइँदैन । हामीले बा’का अर्ति उपदेश र मार्ग दर्शन लाई जीवनमा थोरै मात्र लागू गर्न सके जीवन सार्थक हुन्छ । गीतकार लोकराज अधिकारीले आफुले सयौँ गीत रचना गरेको भए पनि यो...
अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति

अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अन्ध राष्ट्रवादमा अल्झिएको राजनीति अब मुलकमा देश भक्त राष्ट्रवादी नेताको खाँचो छ । देश बनाउने कुरामा खेलवाड गरेर हुदैन । देश बनाउने भनेको देश भक्त राष्ट्रवादीेले हो । राष्ट्रवादी भावना सवै नेपालीमा हुनु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ । बिदेशीको इसरामा चलेर देश बन्दैन । यो कुरा सबैले बुझनु पर्छ । अहिले जे भएको छ , त्यो देशको हितमा भएको देखिदैन । हाम्रो देशका जनता धेरै चिन्तित छन । नेताका कारण देश बर्वाद भयो । नेता बिदेशिको इसरामा चले । समस्या यो हो । देश र जनताको मुक्तिका लागी अव केही सोच्नु पर्ने बेला भएको छ । हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाहारो छ । खोक्रो राष्ट्रवादले मुलुक परिवर्तन हुदैन । भ्रमको खेती छर्ने नेताबाट मुलुक बन्दैन । आज नेपाली जनता धेरै सचेत छन । हिजोको जस्तो बेला अहिले छैन । अब जनतालाई भ्रम छर्ने नेताको भविश्य छैन । यो कुर...
नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले  दिए राजीनामा

नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले दिए राजीनामा

राजनीति, समाचार
नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले शुक्रवार पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराएका हुन् । राजीनामापत्रमा उनले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमाले र नेकपा(माओवादी केन्द्र)को साझा घोषणापत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटकपटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आरोप लगाएका छन् । अध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “म आफैँ सङ्लग्न भएर निर्माण भएको नेकपा(एमाले)मा तपाइँकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।” राजीनामापत्रमा जनताक...