सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

भदौ १९ गते शनिवारको राशिफल

भदौ १९ गते शनिवारको राशिफल

राशिफल, समाचार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनी कृषि तथा पशुपालन व्यावसायबाट लाभ उठाउन सकिनेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथिभाई तथा आफन्तहरु तपाईँको आलोचना गर्न लागी पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला । मध्यान्हवाट समय राम्रो रहेकोले दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुनाले व्यावसायमा लगानि गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहका लागी यात्राको अवसर जुर्नेछ । मिथुन(का,क...
प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि

प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि

मनोरन्जन, समाचार
ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेका छन् । वाई वाई ग्लोकल टिन हिरो सातौं संस्करणको उपाधी टेक्नोप्रेनर प्राञ्जल चालिसेले जितेका हुन् । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा बुधबार अनलाइन कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल २०२१ को घोषणा गरिएको हो । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा युट्युबर अनुराग चापागाईं, सामाजिक उद्यमी दीपक सुतिहार, वन्यजन्तु संरक्षणवादी खुस्बु भण्डारी, सामाजिक अभियन्ता नेहा गुरुङ, र टेक्नोप्रेनर प्राञ्जल चालिसे पुगेका थिए । प्राञ्जलले दृष्टि नेपालको आविष्कार गरी दृष्टि विहिन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेका छन । त्यसैगरी उनले कृषि समाचार र प्रामाणिक स्रोतहरु बाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् जसबाट किसानहरुला...
स्नेहा तामाङ भईन ‘मिस ग्लोरियस नेपाल,२०२१’

स्नेहा तामाङ भईन ‘मिस ग्लोरियस नेपाल,२०२१’

मनोरन्जन, समाचार
काठमाडौँ — भाद्र १८, २०७८। 'मिस ग्लोरियस नेपाल,२०२१' मा स्नेहा तामाङ विजेता बनेकी छिन् । म्युजिक सिटि हलमा सम्पन्न प्रतियोगितामा अन्य २१ प्रतियोगीहरुलाई पछि पार्दै स्नेहाले बिजेताको ताज पहिरिएकी हुन । प्रतियोगितामा अश्मिता क्षेत्रीले फष्ट रनरअपको ताज हातपारीन । उनले विधागत तर्फ ग्लोबल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गरी ‘पब्लिक चोइस' अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । उनले ग्लोवल अनलाईन पे र आयोजकको तर्फबाट थाईल्याण्ड भ्रमणको टिकेट समेत प्राप्त गरिन । त्यस्तै, सेकेण्ड रनरअपको ताज आयुष्मा गुरुङ्ले जित्दा थर्ड रनरअप सन्ध्या कुँवर घोषित भइन् । प्रतियोगिताको ब्राण्ड एम्बासडरमा एन्जल बन्सामनी चयन भईन भने अर्गनाईजर चोईस र ब्युटी विथ ब्रेन क्रमशः याङ्छेन डोल्कर शेर्पा र प्रगती थापा मगर घोषित भए। प्रियारानी लामाले संचालन गरेको उक्त प्रतियोगिताको निर्णायकमा सनिश शाक...
द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

मनोरन्जन, समाचार
काठमाडौं- मोडल सङ्स नेपालले ‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला गरेको छ । मोडल सङ्सले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित भाद्र १८ गते शुक्रबार देखी प्रतियोगिताको आवेदन खुला गरेको हो । द मम् मा भाग लिन इच्छुक महिलाहरुले अनलाईन मार्फत वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए । कार्यक्रम बारे थप जानकारी दिदै राजपुत भन्छन् ’इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’ । सहभागीहरुलाई नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्यले तालिम दिने राजपुत बताउँछन् ।‘द मम्’ अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक रहने आयोजक संस्थाका सरोज ओझाको दाबी छ । द मम् लाई फरक तरिकाले गर्न खोजिएको जानकारी दिदै ओझा भन्छन् ‘इभेण्ट क्षेत्र गसिपको...
प्रधानमन्त्रीको एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्ध सुधार प्राथमिकतामा

प्रधानमन्त्रीको एमाले अध्यक्ष केपी ओलीसँगको सम्बन्ध सुधार प्राथमिकतामा

राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन्। देउवाले एकातिर बैठक सुचारु गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट प्राप्त ५० करोड अमेरिकी डलरको परियोजना संसद्बाट पारित गर्नुपर्ने छ। प्रमुख विपक्षी नेताका रूपमा देउवाले यसअघि ओलीसँग हार्दिकतापूर्ण सम्बन्ध राखेका थिए। विपक्षी नेताका रूपमा देउवाले ओलीलाई अप्ठ्यारो पारेनन्। प्रधानमन्त्रीबाट आफू हट्नुपरेका कारण सुरुआती दिनका असन्तुष्टि बाहेक ओलीका पनि देउवासँग खासै गुनासा छैनन्। ओलीको सबैभन्दा बढी आक्रोश नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छ। नेपाल र दाहाल सत्तासाझेदार भए पनि एमसिसी पारित गर्ने विषयमा देउवाका लागि ओली निकट हुन सक्छन्। देउवा...
नेपाली कांग्रेसको  आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ

नेपाली कांग्रेसको आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ

राजनीति, समाचार
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । उनका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेका मतदान अधिकृतले आफ्ना वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ । क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका सबै वडामा सम्भव भएसम्म आज नै अधिवेशन हुने र बाँकी नाम छुटेका तथा सूची मिलाउनुपर्ने वडामा समितिको स्वीकृती लिएर एक÷दुई दिनपछि अधिवेशन गर्न सकिने बताइएको छ । क्रियाशील सदस्यता न...
सामलिङ्ग पावर कम्पनीको आईपीओ  बिक्री खुला

सामलिङ्ग पावर कम्पनीको आईपीओ बिक्री खुला

आर्थिक, समाचार
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज (शुक्रबार)देखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ निष्काशन गरेको हो । निषेधाज्ञाका कारण स्थगित गरिएको कम्पनीको आईपीओमा आज (भदौ १८ गते) बाट पुनः खुला गरिएको हो । यसअघि कम्पनीले गत साउन २२ गतेबाट आयोजना प्रभावित प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भनेको थियो । तर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएसँगै कम्पनीले साउन २० गते एक सूचना प्रकाशन गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरिएको थियो। कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख कित्ता आ...
भदौ १८ गते शुक्रवारको राशिफल

भदौ १८ गते शुक्रवारको राशिफल

राशिफल, समाचार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि वढाउदा मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाइमा मन लाग्नेछैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले रमाईलो यात्रा हुने तथा मिष्ठान्न भोजनका साथ दिन बित्नेछ । मध्यान्हबाट दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्वन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । लेखन तथा साहित्यमा बाकी रहेको काम थाती रहनेछ । व्यापारमा लगानीको अभावले आम्दानीमा कमी हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यमय रहेकोछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले आफ्नो बिचारले धेरैको मन आकर्षित ...
सरकारको गति देख्दा बोल्नु पर्ने भयो

सरकारको गति देख्दा बोल्नु पर्ने भयो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, राजनीति दल र तिनका नेताहरुलाई यो देशको कुनै चिन्ता छैन । उनीहरुलाई सत्ता बाहेक अरु चिन्ता छैन । देश र जनताका्े कुनै मतलव नै छैन । कुरा गरेर मात्र हुदैन ब्यवहारमा कार्यान्वयन गरेर देखाउनु पर्छ । नेताहरुले केहि कुरा ब्यवहारमा कार्यान्वयन गरेर देखाउन सकेनन् । आज देश ठूलो राजनीतिक संकटमा छ । जनताले देशको बिकास र समृद्धि चाहेका छन । तर यता तिर कसैको ध्यान नै छैन । बिकास र समृद्धि अहिलेको आबश्यकता हो । देश बनाउने कुरामा नेताहरुको ध्यान जानु पर्छ । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा लाज लाग्छ । राजनीतिक दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने काम मात्र भएको छ । देश र जनताको अवस्था सधै खोक्रो छ । यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन त्यस देशमा जनताको अवस...
गायक रवि रिमाललाई पितृ शोक

गायक रवि रिमाललाई पितृ शोक

मनोरन्जन, समाचार
चर्चित नेपाली गीत ‘चरी उड्यो बादल छुनलाई’ का लोकप्रिय गायक रवि रिमाललाई पितृ शोक परेको छ । गायक रिमालका बुवा रघु प्रसाद रिमाल को ७५ वर्षको उमेरमा भाद्र १५ गते बिहान ७:३० मा किर्तिपुर हस्पिटलमा निधन भएको उनको परिवारले जानकारी गराउनु भयो । गायक रिमालका भाई किशोर रिमाल अमेरिका रहेको र बिहीवार आइपुग्ने हुनाले अन्येष्टी पनि सोही दिन दिँउसो नै गरिने जानकारी पनि पनि रिमाल परिवारले गराउनु भयो । ...