सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

बोष्टर मिडियाको नवौं  वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वलाई सम्मान

बोष्टर मिडियाको नवौं वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वलाई सम्मान

समाचार, समाज
नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाले ८ बर्ष पुरा गरेको छ । सहरी बिकास मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको नवौ  वार्षिकोत्सव नेपाल नेपाल हाउस रेस्टुरेन्ट बालुवाटारमा भव्यतापूर्वक सम्पन्न भएको छ । नवौ  वार्षिकोत्सव अवसरमा बोष्टर मिडिया अवार्ड २०७८  बाटविभिन्न संघ सस्थाका प्रमुखहरु र पत्रकारहरु सम्मानित भएका थिए । ...
मनोज आचार्य महाधिवेशन प्रतिनिधिमा निर्वाचित, कांगे्रस ईश्वरपुरमा अझ लोकप्रिय

मनोज आचार्य महाधिवेशन प्रतिनिधिमा निर्वाचित, कांगे्रस ईश्वरपुरमा अझ लोकप्रिय

राजनीति, समाचार
काठमाडौं । युवा व्यवसायी एवं समाजसेवी मनोज आचार्य सर्लाही जिल्लाकै एक परिचित नाम हो । छोटो समयमा नै राजनीतिमा सफलता हात पारेका आचार्य नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । दुई वर्षको कोभिड १९ को महामारीमा आफ्नो ज्यानको बेवास्ता गर्दै ईश्वरपुर नगरवासीका लागि अहोरात्र खटिने आचार्य ग्यालेक्सि एक्सिलेन्स अवार्डमा कोभिड हिरो अवार्डबाट समेत सम्मानित भएका थिए । उनको जीतले सम्पूर्ण सर्लाही जिल्लावासी उत्साहित देखिएका छन । जिल्लाको विकास उन्नती र प्रगतिको लागि सधैंं तत्पर रहने युवा अव राजनिति मार्फत देशकै मुहार फेर्ने अभियानमा लागेपछि ईश्वरपुरवासी मात्र नभएर जिल्लावासीमा नै हर्षोल्लास छाएको छ । उनी सर्लाही क्षेत्र नम्बर १ बाट संस्थापन इतर पक्ष बाट महाधिवेशन प्रतिनिधिमा ३४८ मतका साथ विजयी भएका हुन् । महाधिवेशन प्रतिनिधि विजयी भएपछी उनले भने,’मेरो लगनशलिता र समाजसेव...
बरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई बोस्टर मिडिया सम्मान

बरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई बोस्टर मिडिया सम्मान

मनोरन्जन, समाचार, समाज
बरिष्ठ सौन्दर्यविद मनिषा जिसी क्षेत्री बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित हुनुभएको छ । बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट सौन्दर्यविधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । केहि दिन अघि मात्र नेपाल कल्चरल फिल्म फेस्टिवलमा युवा खेलकुद मन्त्रीको हातबाट समेत विशेष सम्मान प्राप्त गर्नुभएकी वरिष्ठ सौन्दर्यविद मनिषाले हालै दुवईमा भएको ...
‘भाग्य भित्र जीवन’ लिएर आए फुलारा (भिडियो)

‘भाग्य भित्र जीवन’ लिएर आए फुलारा (भिडियो)

मनोरन्जन, समाचार
युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर, बाबुल गिरीको सङ्गीत तथा सङ्गीत संयोजन र दिनेश राजवाहकको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रामजी लामिछानेको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । निकै मार्मिक यो सार्वजनिक गीतमा एकल नारीका विभिन्न आरोह अवरोहलाई चित्रित गरिएको छ । गीतको भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा बनेको हो । भिडियोमा रुपा मानन्धरको शृंगार, सुमन कार्कीको छायांकन, वन्देप्रसादको सम्पादन रहेको छ । फुलाराका यसअघि ‘जुनसरी बिलाई गयौं…’, ‘कस्तो भाइरस आयो…’, ‘हमेशा…’ जस्ता गीत लोकप्रिय रहेका छन् । यस्तै उहाँका ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास), ‘नेपाली भाषा...
विश्वकिर्तिमानी डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान

विश्वकिर्तिमानी डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान

मनोरन्जन, समाचार
डा. डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमान सहित ८० विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच उहाँलाई थप २१ विश्व कीर्तिमान प्रदान गरिएको हो । २१ विश्व कीर्तिमान हस्तान्तरण समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अतिथिहरू गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गर्नुभएको थियो । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै ‘यसरी एकैदिन फरक २१ विधामा दश ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पह...
युवाहरूको प्रतिनिधित्व गर्ने एक पात्र  बिनिता खड्का

युवाहरूको प्रतिनिधित्व गर्ने एक पात्र बिनिता खड्का

राजनीति, समाचार
हिजो राजनीति भन्दा नाक खुम्चाउने र ‘पोलिटिक्स इज डर्टी गेम’ भन्ने युवा अहिले राजनीतिमा चाख राख्न थालेका छन् । राज्यको नीति नै राजनीति भन्ने बुझेर यसैबाट देशको भविष्य कोर्ने सङ्कल्पसहित नेतृत्वको होडबाजीमा लागेका युवाले नेपाली राजनीतिमा नयाँ आशाको सञ्चार गराएको छ । दलहरूले महाधिवेशनबाट नेतृत्व चयनको अभ्यास थालेसँगै यसमा युवा पङ्क्तिको आकंक्षा निक्कै देखिएको छ । काँग्रेसको जारी वडा अधिवेशनदेखि एमालेको केन्द्रीय महाधिवेशनसम्म नेतृत्वमा युवा हस्तक्षेप बढेको छ ।यिनै युवाहरूको प्रतिनिधित्व गर्ने एक पात्र हुन रामेछापकी बिनिता खड्का । अघिल्लो पटक १९ वर्षमा सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधिको रूपमा चुनिएकी खड्का दोस्रो पटक नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बनिन् । त्यति बेला कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा चुनिएकी आफूलाई केन्द्रीय नेतृत्वमा उभ्याउने योजना थियो । पार्टीको विद्...
चलचित्र “प्रेमगन्ज”को सम्पादन शुरु,लगानी दुई करोड पुग्यो

चलचित्र “प्रेमगन्ज”को सम्पादन शुरु,लगानी दुई करोड पुग्यो

मनोरन्जन, समाचार
चलचित्र “प्रेमगन्ज”को धमाधम सम्पादन भइरहेको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन यहि मंसिर एक गते समाप्त भएको थियो । पहिलो लकडाउन सकिए संगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्तगित भएको थियो । देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो । लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राबिधिक माथी दुईकरोड लगानी गर्यो । अर्थात यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राबिधिकलाई राहत प्रदान गर्यो । छायांकनमा दुई करोड लगानी भएको चलचित्र प्र...
एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न

एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
दुवई- दुवईमा एमएसएन एक्सिलेन्स अवार्ड भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम मोडल सङ्स नेपालको आयोजनामा सम्पन्न भएको हो ।  उक्त अवार्ड  सो कार्यक्रमको इन एशोसियसन पार्टनरमा जनसवाल राष्ट्रिय दैनिक र राज्य दैनिक  र बाईटस पाण्डा रहेका थिए । कार्यक्रम एनआरएनए एनसिसि युएईका पुर्व अध्यक्ष समेत रहेका नेपाली समाज युएईका निवर्तमान अध्यक्ष, एनआरएनए आईसिसि मध्यपुर्व संयोजक(आर सि) तथा एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एबं बरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) को प्रमुख आतिथ्यता तथा ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुर्त्दाह बकर र एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा इन एशोसियट पार्टनर तर्फ नेपालबाट जनसवाल राष्ट्रिय दैनिक,जनसवाल डट कम तथा अर्थ रोजगार टेलीभिजनका सम्पादक तथा अध्यक्ष रामजी बगाले र नेपाल टेलिभिजन...
‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’ बाट सुरु बन्यजन्तु संरक्षण र्‍यालीमा ‘द फेस’ मोडलहरु

‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’ बाट सुरु बन्यजन्तु संरक्षण र्‍यालीमा ‘द फेस’ मोडलहरु

मनोरन्जन, समाचार
काठमाडौं । ‘यु क्यान फ्लाई’ को आयोजनामा राजधानीमा संचालित ‘द फेस’का प्रतिस्पर्धी मोडलहरु चितवनमा बन्यजन्तु संरक्षणको निम्ति एक र्‍यालीमा सहभागी भएका छन । ‘द फेस’ मोडलहरू आ-आफ्नै रचनात्मक नारासहित प्लेकार्ड बोकेर वन्यजन्तु संरक्षण र्‍यालीमा सहभागी भएका थिए । नेपाली युवाहरूमाझ वन्यजन्तु संरक्षणको आवश्यकता र त्यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यसहित नयाँ दृष्टिकोण सहित फेसनलाई सामाजिक अभियानमा जोड्दै प्रदर्शन गरेको ‘द फेस’ का आयोजक संम्शाद शाहले जनाए । ‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटबाट र्‍यालीलाई कार्यक्रम संयोजक सुप्रिया थापाले झण्डा देखाएर शुभारम्भ गरेकी थिईन । नारायणी नदीमा पुगेर समापन भएको उक्त र्‍यालीको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण र वन क्षेत्र बढाउन चेतना जगाउनु रहेको थियो । लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’का संचालक देवेन्द्र लोहनीसंगको सहकार्यमा ...
धर्मश्री जिवनको टिमले जित्यो भारतमा २१ स्वर्ण

धर्मश्री जिवनको टिमले जित्यो भारतमा २१ स्वर्ण

खेलकुद, समाचार
धर्मश्री जिवन गिरीको नेपाली टिमले भारतमा २१ स्वर्ण जितेको छ । वि.स.२०५५ का धर्म श्री विजेता,२०५५ को पहिलो मिस्टर साउथ यशियाका सेकेण्ड रनरअप लगायत मिष्टर लुम्बीनी,मिष्टर हिमालयन र मिस्टर काठमाण्डौका विजेता समेत रहेका नेपाली शारिरिक सुगठन क्षेत्रका हस्ती तथा असाधारण क्षमताका धनी जिवन गिरीले नेपालमा पहिलो पटक भित्र्याएको खेल स्ट्रन लिफ्टिङ को भारतको सिक्किममा हालै सम्पन्न चौथो स्ट्रन लिफ्टिङ च्यम्पियनसीप प्रतियोगितामा नेपालले २१ स्वर्ण सहित ३० पदक जित्न सफल भएको छ । यस खेलमा झापा,दाङ,सुर्खेत, पोखरा, काठमाण्डौ,रौतहट,जाजरकोट,वुटवल,कपिलबस्तु नवलपरासी गरि नेपालबाट कुल २६ खेलाडीको सहभागीता रहेको खेलमा कुल ३० पदक जित्दै नेपालको नाम चिनाउन यो खेल मार्फत सफल भएका हुन । वेट लिफ्टिङ र पावर लिफ्टिङ भन्दा नौलो र आकर्षक खेलको रुपमा स्ट्रन लिफ्टिङ खेललाई लिने गरिएको छ । यो प्रतियोगितको लागि सम्पुर्ण...