सातौं ब्युटिसियन नेपाल सम्पन्न मञ्जुले पहिरिन
सातौं ब्युटिसियन नेपाल सम्पन्न मञ्जुले पहिरिन ताज सातौं ब्युटिसियन नेपालकी विजेता बनिन मञ्जु थापा काठमाण्डौ, पुष २ हिमालयन मुभिजको आयोजनामा बुधबार म्युजिक सिटी स्टुडियो, ललितपुरमा सम्पन्न ब्युटिसियन नेपाल २०२१ को उपाधि सुर्खेतकी मञ्जु थापाले हात पारेकी छन् । यो ब्युटिसियन नेपालको सातौं संस्करण हो । उनले बेस्ट ब्राइडल र बेस्ट नेल आर्टको उपाधी पनि हात पारेकी छन् । नेपाली ब्युटीसियनहरुको उक्त पेशागत सौन्दर्य प्रतियोगितामा तबिता राईले फस्ट रनरअपका साथै मोस्ट कन्फिडेन्टको उपाधी हात पारेकी छन् । त्यस्तै गरी भूमिका शाहले सेकेन्ड रनर अपएवं बेस्ट ट्यालेन्टको उपाधी हात पार्न सफल भएकी छन् । सो कार्यक्रममा कुल दुई दर्जन प्रतियोगीहरुबाट छनौट भई उत्कृष्ट दशले स्टेजमा फाइनल प्रस्तुति दिएका थिए । ब्युटिसियन पेशाको प्रवद्र्धन र नेपाली सौन्दर्यकर्मीहरुको प्रतिभा प्रर्दशनको उक्त कार्यक्रममा प्रतियोगीहरुले क...









