सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

दिपेन गुरुङको ‘स्वतन्त्र’ सार्वजनिक (भिडियो)

दिपेन गुरुङको ‘स्वतन्त्र’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायक दिपेन गुरुङ ‘एकेए बबाल’ र्‍याप गीत ‘स्वतन्त्र’ सार्वजनिक भएको छ । दिपेनकै शब्द, कम्पोज र निर्माण रहेको गीत ‘स्वतन्त्र’को भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=wiGYne30p0U नेपाली चलचित्र निर्देशन गरिसक्नु भएका सुयोग गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिपेनसँगै दिव्य दृष्टिको अभिनय रहेको छ । म स्वतन्त्र भइ बाच्न चाहन्छु, मलाई स्वतन्त्र छोडिदेउ भन्ने भाव रहेको गीतको भिडियोमा अन्य कलाकारलाई पनि देख्न सकिन्छ । गीतको भिडियो हङकङका विभिन्न स्थानमा छायाँकन गरिएको छ । दिपेनका यसअघि ‘भोटेको छोरा’, ‘जा कोरोना जा’ लगायतका र्‍याप गीत लोकप्रिय रहेका छन् । आफ्ना यसअघिका गीतलाई जस्तै ‘स्वतन्त्र’लाई पनि दर्शक/स्रोताले मन पराउनेमा आफू आशावादी रहेको दिपेनले बताउनुभयो । ...
३ हजार ५४० जना कोरोना सङ्क्रमित थपिए,३२ जनाको मृत्यु

३ हजार ५४० जना कोरोना सङ्क्रमित थपिए,३२ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा १३ हजार १४५ जनामा परीक्षण गर्दा ३ हजार ५४० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ९१० जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४९ जनामा र ३ हजार २३५ जनामा एन्टीजेन परीक्षण गर्दा ४९१जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.५ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३२ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७३७ पुगेको छ । यसैगरी देशमा हालसम्म ८३ हजार ९९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । ...
मधुमेह के हो ? कारण र रोकथामका उपाय

मधुमेह के हो ? कारण र रोकथामका उपाय

समाचार, स्वास्थ्य
– डा.प्रियादर्शिनी योन्जन, काठमाडौं । मधुमेहको विरामी तीब्र गतिमा वढिरहेको छ । हाल विश्वभर ५३७ मिलियन भन्दा वढिको संख्यामा मधुमेह रोगी रहेका छन । मधुमेह एउटा गम्भिर र दीर्घ रोग हो । समयमा उपचार गरिएन भने यस रोगले विभिन्न अंगहरुलाई हानी पुर्याउन सक्छ । मधुमेह कुनै पनि उमेर, लिङ्ग र जातिको मानिसलाई हुन सक्ने रोग हो । मधुमेह अथवा डायवेटीज ग्रीक शव्द Siphon बाट आएको हो । Melltus  मेलिटस ल्याटिन शव्द हो । जसको अर्थ मिठो (गुलीयो) हो ।छैठौं शताव्दीमा भारतमा सुश्रुत नामका उपचारकर्ताले मधुमेह पहिचान गरे र यसलाई मधुमेको नाम दिएका थिए । मधुको अर्थ मह हो । प्राचिन समयका भारतीयहरु मानिसको पिसाबमा आकर्षित भएको देखेर मधुमेहको परिक्षण गर्थे ।सन १७७६ मा म्याथ्यु डोव्सनले मधुमेहको बिरामीको पिसाबमा चिनीको मात्रा बढि भएको कारण मधुमेह रोगीको विसाबको स्वाद मिठि भएको पुष्टि गरेका थिए ।सन् १८८९ मा जोसेफ ...
सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्ड

सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्ड

शिक्षा, समाचार
सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्डको सम्मान प्राप्त भएको छ ।करिब एक वर्षदेखि ब्रिटिश काउन्सिलमा ईन्टरनेशनल अवार्डका लागि सहभागिता जनाउदै आएको अनामनगरमा रहेको सिटि मन्टेश्वरीले यो वर्ष फुल अवार्डडेड भई ईन्टरनेशनल स्कूलको परिचय बनाउन सफल भएको छ । करिब २०० भन्दा बढि विद्यार्थीहरु रहेको सिटि मन्टेश्वरीमा कक्षा एलकेजी देखि कक्षा तीन सम्मका विद्यार्थीहरु उक्त प्रोजेक्टमा सहभागी भएका थिए । आठ वटा प्रोजेक्टमा विभिन्न देशका विभिन्न स्कूलका विद्यार्थीहरुलाई भर्चुयल माध्यमबाट कक्षा संचालन गरि प्रोजेक्टमा सहभागि गराइएको थियो । विश्वव्यापी शिक्षाको अवधारणा अनुसारको विषयहरुको जवाफ दिनुपर्ने भएकोले स -साना बालवालिकालाई सिटि मन्टेश्वरीका विद्यार्थीहरुलाई केहि असहज लागे पनि अनुभवी शिक्षक शिक्षिकाको अथक प्रयासले यो सम्भव भएको मन्टेश्वरीका प्रिन्सिपल पुष्पा रिजालले जानकारी ...
रमेश कडरियाको ”कठोर ” (भिडियो)

रमेश कडरियाको ”कठोर ” (भिडियो)

मनोरन्जन, समाचार
लामो समयदेखि संगीत र अभिनय कर्ममा क्रियाशिल रमेश कडरियाको म्युजिक भिडियो ”कठोर ” सार्वजनिक भएको छ। भिडियोमा छोरी मान्छेले घर तथा समाजको पर्दाभित्र भोगेका पीडालाई देखाउन खोजिएको छ ।साथै एउटा सामाजिक बिषय बस्तु र गलत मानसिकता भएको पात्र र प्रवृत्ति माथि खबरदारी गर्दै दिदी बैनी तथा आमाहरु अन्यायको बिरोधमा लड्न सिक्नुहोस् भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ । https://www.youtube.com/watch?v=mTKWUzAL8-U यस गीतमा स्वर रचना रिमालको , शब्द सबिना श्रेष्ठको र संगीत कडरिया स्वयमको रहेको छ। मुख्य कलाकारमा लक्ष्मी बर्देवा र रमेश कडरिया रहेका छन। ...
अनलाइन हाजिरी जवाफको लागी आवेदन खुल्यो

अनलाइन हाजिरी जवाफको लागी आवेदन खुल्यो

खेलकुद, समाचार
ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा ‘नलेज माएस्ट्रो–अनलाइन लाइभ क्विज’ एक दिने अनलाइन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्ने भएको छ। प्रतियोगितामा १६ देखि २४ वर्षसम्मका युवाले निःशुल्क सहभागी भई प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिता युवाहरुको  बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको कलेजले जनाएको छ। विगतमा नलेज माएस्ट्रोको ४ संस्करणहरू सफलतापूर्वक आयोजना गरिएको थियो । यस प्रतियोगिता फेब्रुअरी १२ तारिखका दिन एकल राउण्डमा सन्चालन गरिनेछ। प्रतियोगिता २ फरक बिधामा सञ्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ। दुवै विधामा आवेदन खुलेको आयोजकले बताएको छ। दुवै विधाका प्रतियोगितामा विजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु १५,०००, रु १०,००० रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ । को को सहभागी हुन पाउने? ...
भ्रष्टाचार भनेको माहामारी जस्तो रोग हो

भ्रष्टाचार भनेको माहामारी जस्तो रोग हो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, भ्रष्ट आचार भएका ब्यक्तिहरुलाई हामी सबैले बहिष्कार गर्ने आँट गरौं । भ्रष्ट आचारसँग भ्रष्टाचार जोडिएको हुन्छ । पद र शक्तिको दुरुपयोग गरी पैसा कुम्ल्याउने जुन कार्य भइरहेको छ त्यो नै गलत कार्य हो । हरेक अनियमिता, ठगी, बेइमानीजस्ता कार्यहरू भ्रष्टचारसँग जोडिएका हुन्छन् । हाम्रो देशमा भ्रष्टाचार भनेको माहामारी जसरी फैलदै गएको छ । यसको जरो देखि उखेलेर फाल्ने कार्यमा हामी सबै जुटनु पर्छ । भ्रष्टाचार भनेको माहामारी जस्तो रोग हो । अहिले मुलुकमा एकपछि अर्कोगरी आर्थिक अनियमितताका घटना आउने गरेका छन् । मुलुकमा जताततै भ्रष्टाचार, अनियमितता, कमिसन, सेटिङको सञ्जाल मात्र फैलिएको छ ।नेपालमा भ्रष्टाचार धेरै पुरानो रोग हो । यो रोगलाई निमूल पार्नु पर्छ । भ्रष्टाचारको अंक बढेर अर्बैंमा पुगेको छ । न्यायालय, शिक्षालय सबै कार्यालयमा भ्रष्टाचार छ । भ्रष्टलाई कारबाही गर्नु पर्छ । दलका शीर...
साहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट

साहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट

आर्थिक, समाचार
अब ग्रीनसिटी अस्पतालमा साहाराका ग्राहक तथा राइडरलाई छुट काठमाडौं । अब साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । विजनेश ग्रोथ कम्पनि प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउनेछन् । मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यो सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसं...
ऐतिहासिक चलचित्र ‘सिन्धुलिगढी’ले पायो छाँयाकन अनुमति पत्र

ऐतिहासिक चलचित्र ‘सिन्धुलिगढी’ले पायो छाँयाकन अनुमति पत्र

मनोरन्जन, समाचार
काठमाण्डौं, माघ ११ बिगत लामो समयदेखिको खोज, अध्ययन, अनुसन्धान पश्चात ऐतिहासिक नेपाली कथानाक चलचित्र “सिन्धुलीगढि” को बिधिवत रुपमा नेपाल चलचित्र बिकाश बोर्डबाट छायांकन अनुमती प्रमाणपत्र प्राप्त गरियो । सास इन्टरटेण्ड्मेन्ट सिनेमा प्रा.लि.को ब्यानरमा सास अधिकारिले निर्माण गर्ने चलचित्रमा लेखन निर्देशन बिश्वमणि घिमिरेको रहने छ भने मुख्य कलाकारहरु अडिसन प्रकृयाबाट छनोट भैरहेका छन । सिन्धुली, काठमाडौं र काभ्रेमा छायांकन गरिने चलचित्रलाई साउथका चर्चित एनिमेटर निर्देशक एस एस राजामौलीले सहयोग गर्नेछन । जसका लागी चलचित्रको सम्पुर्ण पोष्ट प्रोडक्सन मुम्बईमा गरिने छ । हिन्दी, अङ्ग्रेजी भाषामा पनि डब गरिने ऐतिहासिक ‘सिन्धुलीगढी’को कुल लागत नेपाली चलचित्रको इतिहासमा अहिलेसम्मकै उच्च रहने छ भने सो को जानकारी पत्रकार सम्मेलन मार्फत जानकारी गराइने छ । ...
ओमिक्रोन महामारी संक्रमणको त्रास

ओमिक्रोन महामारी संक्रमणको त्रास

समाचार, स्वास्थ्य
-डा.डिआर उपाध्याय, बर्तमान देउवा नेतृत्वको सरकारले जनताका तमाम समस्या समाधान गर्ने बाटोमा लाग्नु पर्छ । सरकार भनेको जनताको अभिभावक हो । जनताको दुख्खमा साथ दिन सरकार हर दिन तयार भएर बस्नु पर्छ । जनताले कर तिरेका हुन्छन् । जनताको करमा देशको शासन सत्ता चलेको हुन्छ । आपत बिपत पर्दा सरकारले जनताको पिर मर्का बुझन सक्नु पर्छ । आज जनता आपत बिपतमा पदै छन । गरिव निमुखा जनताको गाँस बाँस कपास सरकारले ब्यवस्था गरिदिनु पर्छ । गरिव निमुखा जनताको अबस्था अहिले के छ त्यो बुझन जरुरी भएको छ । कोरोना महामारीको त्रासले यी निमुखा गरिव जनताहरु त्रासमा छन । कोरोना महामारीको त्रासले कति दिन सताउने हो कुनै ठेगान छैन । गरिव निमुखा जनताको चुलो बलेको छ की छैन त्यो बुझन जरुरी छ । आज हरेक उपभोग्य सामानको भाउ निकै आकासिएको छ । यो महंगीले गरिव निमुखा जनताको चुलो बल्न सकेको छैन । गरिव जनताको पक्षमा सबैले गम्भिरताका स...