सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

ॐ चाबहिल डेन्टलको कोटेश्वरमा शाखा ,१ महिनासम्म निशुल्क परिक्षण

ॐ चाबहिल डेन्टलको कोटेश्वरमा शाखा ,१ महिनासम्म निशुल्क परिक्षण

आर्थिक, समाचार, स्वास्थ्य
ॐ चाबहिल डेन्टलले कोटेश्वरमा आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंको चाबहिलमा मुख्य कार्यालयबाट दाँत सम्बन्धि सेवा दिँदै आएको डेन्टलले शनिवार कोटेश्वर चोकमा शाखा विस्तार गरेर सेवा प्रारम्भ गरेको हो । डेन्टल शाखाको उद्घाटन गर्दै आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्य शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले अन्य रोगहरूको तुलनामा दाँत एवम् मुखको रोगलाई गम्भीर रूपमा नलिने हाम्रो प्रवृत्ति, सरकारी तथा निजी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचार मात्र प्रदान गरिने तथा दाँत र मुखका रोगहरूबाट मानिसको तत्कालै ज्यान नजाने भन्ने विश्वासले थाहै नपाइ रोगले जटिलता लिइसक्ने भएकाले बेला बेलामा दाँतको परीक्षण गराइरहनुपर्ने बताए । सेवाग्राहीकै अनुरोधमा कोटेश्वरमा शाखा खोलिएको सञ्चालक तथा अस्पतालक...
युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ?

युवाहरूलाई विदेश मात्र पठाउने की देशको बिकास पनि गर्ने ?

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ। प्रकृतिले यति सुन्दर देश नेपाल हिमाल–पहाड–तराई मिलेर बनेको छ। बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजाति सदियौंदेखि मिलेर बसेका छन्। त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बन्न सक्ने प्रचुर सम्भावना छ। नेपालको विकास र समृद्धि सम्भव छ। तर, यसका लागि नेपाल चिन्न सक्ने एक दुरदर्शी नेतृत्व आवश्यक छ। अब नेपालका लागि दूरदर्शी नेतृत्व नै अपरिहार्य बनेको छ। कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन। देशलाई समृद्धशाली बनाउन देशमा विद्यमान साधनस्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ। त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधनस्रोतहरू जस्तै जल, जंगल, जमिन, जडीबुटी, डाँडाकाँडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबा...
अग्रज लोकदोहोरी गायक रामप्रसाद खनालको “तिम्री आमा, मेरी आमा”सार्वजनिक (भिडियो)

अग्रज लोकदोहोरी गायक रामप्रसाद खनालको “तिम्री आमा, मेरी आमा”सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
आफ्नो चौध वर्षको अमेरिकाको बसाइलाई पनि रामको १४ वर्षको वनवास जस्तै भनेर तुलना गर्ने अग्रज लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनालले यस पटक गाएको आफ्नो दोस्रो पारिवारिक, सामाजिक र सन्देश बोकेको गीत "तिम्री आमा, मेरी आमा" भर्खरै सार्वजनिक गरेका छन् ।नेपालका अहिलेका चलेका देखी जाने मानेका सम्म धेरै लोक दोहोरी गायक, गायिकाका पथ प्रदर्शक, गुरु, र उनीहरूलाई टेलिभिजन स्क्रिनमा सिकाइ सिकाइ पहिलो टेक दिने खनालले यस पटकको नेपाल यात्रा र बसाइमा रेकर्ड गरेका सात वटा गीत मध्ये पहिलो कोसेली  "हे कृष्ण, हे राम" धार्मिक भजन गत साता नै सार्वजनिक गरेका थिए । अग्रज लोक गायक, दोहोरी गायक खनाल तिनै व्यक्ति हुन जसले नेपालमा लोक गीत र दोहोरी गीतलाई गाउँ बाट सहर र देश बाट विदेश सम्म पुराएर र यो क्षेत्रको विकास गरेर लोक दोहोरी क्षेत्रको अभिभावकत्व ग्रहण गरेका छन् ।  उनकै सक्रियतामा नेपालमा मेला महोत्सबमा द...
अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

अठार हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

अपराध, समाचार
राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा दर्ता गराएको हो । नियमावलीअनुसार हराएका राहदानीबारे इन्टरपोललाई समय–समयमा अद्यावधिक गर्नुपर्ने प्रावधन छ । यसै हप्ता परराष्ट्र मन्त्रालयले जारी गरेको नेपालको परराष्ट्र मामिलासम्बन्धी वार्षिक प्रतिवेदनमा विभागले हराएको राहदानीको विवरण नियमित रूपमा इन्टरपोललाई पठाउँदै आएको जनाइएको छ । वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को विवरणमात्र समावेश गरिएको छ । विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालय, १९ इलाका प्रशासन कार्यालय र विदेशस्थित ४० नेपाली कूटनीतिक नियोगमार्फत राहदानी सेवा उपलव्ध गराउँदै आएको तथा उक्त अविधि सम्ममा ६८ लाख ६ हजार ९१...
साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन

साल्ट ट्रेडिङका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन

आर्थिक, समाचार
साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् उद्योगी लक्ष्मीदास मानन्धरको ९३ बर्षको उमेरमा निधन भएको छ।  भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाइ केहि दिन यता ज्वरो र खोकीको समस्या आएसंगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उहाँलाइ कोभिड देखिएको थियो । उद्योगी मानन्धरलाई हाम्स अस्पतालमा उपचारका लागि लगिएको र विहिवार साँझ ७ बजे उहाँको निधन भएको  पारिवारिक श्रोतले जानकारी दिएको छ । स्वर्गिय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । ...
‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’हुने

‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’हुने

मनोरन्जन, समाचार
काठमाण्डौ, माघ ६ जाडो महिना सकिने क्रम र गर्मी शुरु हुन लागेसंगै “समर हट फेशन शो एण्ड म्युजिकल नाइट’ हुने भएको छ । स्टुडियो कुबेरको आयोजनामा पेजेन्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको उक्त फेशन शोको यही ८ गते शनिवारका दिन ११ बजे टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार काठमाण्डौंमा अडिसन हुन लागेको हो । कार्यक्रममा सहभागीता जनाउनका लागि अडिसनकै दिन गएर आवेदन भर्न सकिने छ । कार्यक्रमको ग्राण्ड फिनाले केही महिनापछी हुने र अहिले अडिसन तथा ट्रेनिङ हुने आयोजक स्टुडियो कुबेरका चेयरपर्सन कुबेर तामङगले बताए । अहिलेसम्मा गरिएका फेशन शो भन्दा केही फरक र दमदार प्रस्तुती सहित हामी मार्केटमा आउन लागेको कुरा तामाङगले बताए । अहिलेको विषम परिस्थिति पूर्ण सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाएर यस्को अडिसन गरिने र समय अनुकुल हेरेर यसको फाइणल कार्यक्रमको मिती तय गरिने कुरा पनि आयोजना टिमले बताए । अडिसनक...
चर्चित हेयर डिजाइनर बिगेन तामाङ अब फेसियल हाउसमा

चर्चित हेयर डिजाइनर बिगेन तामाङ अब फेसियल हाउसमा

आर्थिक, समाचार
काठमाडौं । नेपालकै नम्बर वान ब्युटी शैलुन फेसियल हाउसमा अब चर्चित हेयर डिजाइनर बिगेन तामाङले सर्भिस दिने भएका छन् । आफ्ना ग्राहकहरूलाई थप केयरिङका साथ सुविधा उपलब्ध गराउने उद्देश्यअनुरूप फेसियल हाउसले नेपालकै चर्चित हेयर डिजाइनर तामाङलाई हालै आफ्नो संस्थामा अनुबन्धित गरेको हो । तामाङलाई फेसियल हाउसले एक कार्यक्रमको आयोजना गरी संस्थामा स्वागत गरेको फेसियल हाउसले जनाएको छ । फेसियल हाउसमा अनुबन्धित भएसँगै अब तामाङले आफ्नो उत्कृष्ट सर्भिस दिनाका साथै कक्षाहरू समेत सञ्चालन गर्ने फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा सौन्दर्यविद सुषमा महराले जानकारी दिइन् । ‘हामीले फेसियल हाउसलाई नम्बर वान मात्रै भनेका छैनौं,’ प्रबन्ध निर्देशक महराले भनिन्, ‘फेसियल हाउसमा उपलब्ध सेवासुविधा पनि त्यही अनुसार उत्कृष्ट र गुणस्तरीय बनाउँदै लगेका छौं ।’ फेसियल हाउसमा आउने ग्राहकहरूको अझ बढी केयरिङका लागि आफूहरूले अनुभवी...
आयुषी, जिनिसा, प्रिया र अवानिस भए यो वर्षको नेपाल्स लिटिल आइकन २०२२ को विजेता

आयुषी, जिनिसा, प्रिया र अवानिस भए यो वर्षको नेपाल्स लिटिल आइकन २०२२ को विजेता

मनोरन्जन, समाचार
ए.एन.पी. मिडिया हाउसको आयोजनामा नेपाल्स लिटिल आइकनको ११ औं सस्ंकरणको ग्राण्ड फिनाले राजधानीमा सम्पन्न भएको छ । शनिवार राष्ट्रिय नाचघरमा सम्पन्न उक्त प्रतियोगितामा जुनियर गल्र्स तर्फ आयुषी खनालले मोष्ट एक्टिभ सहित उपाधी हात पार्न सफल भईन भने सिनियर गल्र्स तर्फ जिनिसा रोक्का मगरले मस्ट व्यूटिफुल तथा टिन गल्र्स तर्फ बाट भने प्रिया रोक्का मगरले वेष्ट र्याम्प वाक र वेष्ट डान्स सहितको विजेता बन्न सफल भईन भने व्वाईज तर्फको उपाधी अवानिस थपलियाले वेष्ट स्पिच सहित उपाधी हात पार्न सफल भए । विजेता तथा टाईटल विजेताहरुले आकर्षक गिफ्ट ह्याम्पर सहित विभिन्न पुरस्कार प्राप्त गरेका थिए । उपत्यकाका विभिन्न विद्यालयबाट अडिसन मार्फत छनौट भएका प्रतियोगिहरुले करिब १ महिना लामो प्रशिक्षण पश्चात फाईनलमा आफ्ना प्रस्तुती दिएका थिए । सुमी बानियांको कोरियोग्राफी रहेको प्रतियोगितामा करीब ६० जना भन्दा बढि प्रतियोगिहरुक...
कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई कोरोना संक्रमण

कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई कोरोना संक्रमण

समाचार, समाज
कीर्तिमानी गीतकार डा.डीआर उपाध्याय कोरोना संक्रमित भएका छन् । शरीर दुख्ने, ज्वरो आउने लगायत भएलगत्तै कोरोना परीक्षण गर्दा उपाध्यायलाई संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सुरक्षित र सतर्क रहन समेत अनुरोध गरेका छन् । उपाध्याय निजी डाक्टरको सल्लाहमा होम आइसोलेसनमा छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा अहिले विभिन्न ८० वटा विश्व रेकर्ड कायम गरेका छन् । उनी अहिले आफ्नो विश्व रेकर्ड एकसय एक पुर्याउने दौडमा रहेका छन् । ...
सरकारको सुस्त गति

सरकारको सुस्त गति

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यो बर्तमान गठबन्धन सरकारबाट नेपाली जनताले जुन किसिमको आशा गरेका थिए त्यो अनुसार काम हुन सकेन । वर्तमान सरकारले ६ महिना अवधि पूरा गरिसकेको छ । सरकार बनेदेखि यता यो सरकारसँग धेरैले धेरै कुराको अपेक्षा गरेका पनि हुन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न झन्डै तीन महिना कुर्नुप¥यो । जबकि, यो तीन महिना सरकारको कामको सुरुवाती हेर्ने अवधि थियो । उनले ८८ दिनपछि मात्र असोज २२ मा मन्त्रिपरिषद् विस्तार गरे । नेपाली जनताले यो सरकारबाट के पाए ? देशमा सुशासन कायम गरेको खै ? सरकारको प्राथमिकताका बिषय के के हुन ? अर्थतन्त्र ओरालो लाग्दै छ । कोरोनाविरुद्ध खोपबाहेक जनताको नजरमा सरकार खासै देखिएन । सरकारको गति सुस्त भयो । सरकारले काममा गति दिन सकेन । अहिले गतिका साथ काम गर्नेबेला थियो । संघीयतालाई व्यवस्थापन गर्न अत्यावश्यक कानुन निर्माण गर्नुपर्न...