आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

अख्तियारको कार्यवाहक प्रमुखमा डा. गणेशराज जोशी

अख्तियारको कार्यवाहक प्रमुखमा डा. गणेशराज जोशी

राजनीति
भदाै ३१ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी डा. गणेशराज जोशीले पाएका छन्। प्रमुख आयुक्त नवीनकुमार घिमिरेको २८ भदौमा कार्यकाल सकिएपछि जोशीले जिम्मेवारी पाएका हुन्। जोशीको कार्यकाल आगामी १९ चैतसम्म बाँकी छ। उनी १९ चैत २०७१ मा आयुक्तमा नियुक्त भएका थिए। आयोगमा जोशीसँगै डा. सावित्री थापा गुरुङ मात्रै आयुक्त हुन्। घिमिरेको कार्यकाल सकिएसँगै आयोगमा अब तीन जनाको पद रिक्त भएको छ। संवैधानिक परिषद्को बैठक बस्न नसक्दा लामो समयदेखि अख्तियारलगायत संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक परिषद्ले अख्तियार लगायतका संवैधानिक निकायमा आयुक्त नियुक्त गर्ने व्यवस्था संविधानमा छ। संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र विपक्षी दलको नेता रहने व्यवस्था छ। हाल उपसभामुख रिक्त छ। ...
समाजसेवी हरि बिष्टले आफ्नै खर्चमा गराए एक श्रमिकको पत्थरीको अप्रेसन

समाजसेवी हरि बिष्टले आफ्नै खर्चमा गराए एक श्रमिकको पत्थरीको अप्रेसन

राजनीति, समाचार, समाज
कोरोना कहर न्यून गर्न गरिएको लकडाउनका ज्याला मजदुरी गरेर विहान बेलुकी दुई छाक टार्न धौधौ हुने परिवारलाई यो समय निकै कष्टकारी सावित भएको छ । वीरेन्द्रनगर १२ बस्ने शिला नेपाली ज्याला मजदुरी गर्दै आफ्नो दैनिकी चलाई रहेकी थिईन तर विगत केहि महिनादेखि पित्त थैलिमा पत्थरको समस्या भएर उनलाई निकै समस्या भैइरहेको छ्ब। ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकि शिलाको श्रीमानको मृत्यूपछि घर चलाउने जिम्मा शिलाकै काधमा आएको थियो तर कहिले लकडाउन त कहिले काम नै नपाउने समस्याका कारण उपचार त के छाक टार्नै मुस्किल परेको अवस्था छ । भर्दौ ३ गते देखि सामान्य औषधि र दुखाई कम गर्ने सुईले पनि काम नगरेर दुखाइको पिडा सहन नसकेर अस्पताल जाँदा अप्रेशन गर्नुपर्ने र खर्च ३० हजार लाग्ने डाक्टरले बताएपछि फर्किएर आएको बताउदै तरुण दल सुर्खेतका अध्यक्ष, कलाकार, खेलाडि तथा समाजसेवी हरि विष्टलाई म्यासेजमा जानकारी गराएको श...
‘सरकार दुईवटा समस्यासँग जुधिरेको छ’

‘सरकार दुईवटा समस्यासँग जुधिरेको छ’

राजनीति
भदाै ३० काठमाडौं। परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकार यतिबोला दुईवटा समस्यासँग जुधिरहेको बताएका छन्। सरकारको प्रवक्ता तोकिएपछि पहिलो पटक मन्त्रिरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल अहिले स्वास्थ्य र आर्थिक समस्यासँग जुधिरहेको बताए। उनले कोरोना महामारीले विश्व नै संकटमा रहेको भन्दै नेपाल पनि संकटमा रहेको उल्लेख गरे। उनले कोरोना केही पनि होइन भन्ने मानसिकता कसैले पनि नराख्न नहुने बताए। उनले कोरोना केही होइन भन्ने भ्रामक कुराका पछाडी नलाग्न सुझाव दिए। उनले कोरोना महामारीका कारण लकडाउन र निषेधाज्ञा जारी गर्दा आर्थिक संकट पनि निम्तिएको बताए। ...
मलाई लोडसेडिङ अन्त्य गर्ने जिम्मेवारी दिइएको थियो, मैले पुरा गरेँ : कुलमान

मलाई लोडसेडिङ अन्त्य गर्ने जिम्मेवारी दिइएको थियो, मैले पुरा गरेँ : कुलमान

राजनीति
भदाै ३० काठमाडौं। नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेका कुलमान घिसिङलाई मंगलबार प्राधिकरणमा औपचारिक विदाई गरियो। उनको ४ वर्षे कार्यकाल गएको आइतार सकिएको थियो। जनस्तरबाट उनलाई फेरि कार्यकारी निर्देशकमा नियुक्त गर्न आवाज उठे पनि सरकारले भने कसैलाई पनि हालसम्म नयाँ कार्यकायी निर्देशक नियुक्त गरेको छैन। मंगलबार प्राधिकरणमा आफ्नो विदाइमा आयोजित कार्यक्रममा घिसिङले मन्तव्य दिँदै आफूले पाएको जिम्मेवारी पुरा गरेको बताए। उनले आफू २०७३ मा कार्यकारी निर्देशकमा नियुक्त हुँदा वर्षामा ६ देखि ८ घण्टा लोडसेडिङ रहेको र हिउँदोमा १४ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिएको भन्दै आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गरेर देशलाई अन्धकारबाटर मुक्त गरेको बताए। उनले प्राधिकरणको आर्थिक अवस्था सुधार गर्नुपर्ने आफ्नो अर्को जिम्मेवारी रहेको भन्दै सो जिम्मेवारी पनि ...
NEA bids farewell to CEO Ghising

NEA bids farewell to CEO Ghising

राजनीति
Sept 15 Kathmandu :The Nepal Electricity Authority (NEA) bade farewell to Chief Executive Officer Ghising organizing a programme on Tuesday. Ghising retired yesterday after completion of his four-year term as the head of the NEA.At the programme, senior deputy executive director Hitendra Dev Shakya praised the outgoing CEO Ghising as an honest and diligent person. “With Ghising’s successful leadership in the last four years at NEA, we all employees felt proud of working here. Even his enemy respects him.” Similarly, another deputy executive director Harraj Neupane remembered Ghising as an energetic person. He hoped that atmosphere would be built to appoint Ghising as the CEO again.Deputy Executive Director Lekhnath Koirala shared the impression of public trust on NEA while Coordinato...
पूर्व अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

पूर्व अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

राजनीति
भदाै ३० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । सोमबारको मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्रीसरहको सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । राष्ट्रिय सभाको सदस्य हुँदा अर्थमन्त्रीमा नियुक्त भएका खतिवडाको राष्ट्रिय सभाको पदावधि गत फागुनमै सकिएको थियो । तर, संघीय संसदको सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्रिपरिषद सदस्य हुन पाउने व्यवस्थाअनुसार खतिवडाले थप ६ महिना अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । संविधानअनुसार ६ महिनाको अवधि सकिने अघिल्लो ...
सभामुख सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

सभामुख सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

राजनीति
भदाै ३० काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत मजार जावेदबीच मंगलबार शिष्टाचार भेट भएको छ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुइदेशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको हो। भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० वर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गरे। उनले मानवजातिलाई परेको कोरोना संकट पारगर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गरे। सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुइदेशका संसदबीचको सहकार्य र थाँती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गरे। चार बर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत जावेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोप्रति आभार प्रकट गरे। उनले कोरोनाका कारण सात महिना य...
के छ नेकपाको अन्तरपार्टी निर्देशनमा ?

के छ नेकपाको अन्तरपार्टी निर्देशनमा ?

राजनीति
भदाै ३० काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने बताएका छन्। पुनः पुरानै अन्तरविरोधपूर्ण विवाद नगर्ने सुनिश्चित गर्ने प्रतिबद्धता ओली र दाहालले जनाएका छन्। ‘पार्टीभित्र देखा परेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाचांै बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने र पुनः त्यस प्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने, निर्देशनको पृष्ठ ७ को बुँदा नम्बर ५.६ मा छ। पार्टी एकतायताका २७ महिनासम्म ‘पुरानो बक्यौता’ विषयमै पार्टी र सरकारले गोलचक्कर लगाइरहँदा दुवै मोर्चा लथालिंग र प्रभावकारी बन्न नसकेको प्रश्न पार्टीभित्रै उठेको थियो। यही अवस्थामा...
प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि संसद् छिर्दै वामदेव

प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि संसद् छिर्दै वामदेव

राजनीति
भदाे ३० काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् । मन्त्रिपरिषद्ले सोमबार उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सिफारिस गर्ने प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभाको एक सिट फागुनदेखि खाली छ, वामदेवजीलाई सिफारिस गरौं भन्नुभयो,’ एक मन्त्रीले कान्तिपुरसँग भने, ‘त्यसमा कसैको विरोध रहेन । प्रस्ताव पारित भयो ।’ गौतमको मनोनयनका लागि सम्भवतः मंगलबार प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्र पठाउनेछ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नेछिन् अनि प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि गौतम संसद् छिर्नेछन् । तत्कालीन अर्थमन्...
ओली सरकार लाटोबुंगोको अवतार भएको नेता भट्टराईको टिप्पणी

ओली सरकार लाटोबुंगोको अवतार भएको नेता भट्टराईको टिप्पणी

राजनीति
भदौ ३० काठमाडौ । पुर्व प्रधानमन्त्री तथा जनता समाज पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा सरकारलाई लाटोबुंगोको संज्ञा दिएका छन् । पार्टीमा गुटउपगुट हुँदैन , काम र क्षमताको आधारमा पार्टीका नेतालाई उक्त पदमा नियुक्त गरिनेछ भन्दै भाषण गर्दै आएका प्रधानमन्त्री ओलीको सरकारले आफन्तवादलाई प्रसय दिएको भन्दै नेता भट्टराईले यसो भनेका हुन् । प्रतिनिधि सभामा हारेका नेता राष्ट्रिय सभामा सिफारिस , देशलाई अध्याँरोबाट उज्यालोमा लाने व्यक्तीलाई पुन नियुक्त गर्न ओली सरकार पछि हेटेको सन्र्दभमा भट्टराईले यसो भनेका हुन् । उनले आफ्नो ट्विटर मार्फत लेखेका छन् । ‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो१ओली सरकार त्यसैको अवतार जस्तो छ।आम नागरिकरमिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने तिनलाई लाने भएछ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्...