भदौ ३० काठमाडौ । पुर्व प्रधानमन्त्री तथा जनता समाज पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा सरकारलाई लाटोबुंगोको संज्ञा दिएका छन् ।
पार्टीमा गुटउपगुट हुँदैन , काम र क्षमताको आधारमा पार्टीका नेतालाई उक्त पदमा नियुक्त गरिनेछ भन्दै भाषण गर्दै आएका प्रधानमन्त्री ओलीको सरकारले आफन्तवादलाई प्रसय दिएको भन्दै नेता भट्टराईले यसो भनेका हुन् । प्रतिनिधि सभामा हारेका नेता राष्ट्रिय सभामा सिफारिस , देशलाई अध्याँरोबाट उज्यालोमा लाने व्यक्तीलाई पुन नियुक्त गर्न ओली सरकार पछि हेटेको सन्र्दभमा भट्टराईले यसो भनेका हुन् ।
उनले आफ्नो ट्विटर मार्फत लेखेका छन् । ‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो१ओली सरकार त्यसैको अवतार जस्तो छ।आम नागरिकरमिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने तिनलाई लाने भएछ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ!’

