आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

जनता समाजवादी पार्टीले संविधान दिवसका दिन विरोध प्रदर्शन गर्ने

जनता समाजवादी पार्टीले संविधान दिवसका दिन विरोध प्रदर्शन गर्ने

राजनीति
असाेज २ काठमाडाैं । जनता समाजवादी पार्टीले संविधान दिवसको दिन देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्ने भएको छ ।सरकारले संविधान दिवस मनाउनका लागि आम नागरिकमा अनुरोध गरेकोप्रति पनि जसपाले असहमति जनाएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यावले शुक्रबार एक विज्ञप्ती जारी गर्दै संविधान दिवसका दिन (शनिबार) देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्ने जनाएका हुन् ।संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु अपुरो र अपूर्ण हुनुका साथै विभेदकारी प्रावधानहरु राखिएको जसपाको भनाइ छ । ‘सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन अर्थात असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान ग...
आजका लागि बोलाइएको नेकपाको सचिवालय बैठक पछि सर्‍यो

आजका लागि बोलाइएको नेकपाको सचिवालय बैठक पछि सर्‍यो

राजनीति
असाेज २ काठमाडाैं । आजका लागि बोलाइएको नेकपाको सचिवालय बैठक दुई दिनपछि सरेको छ।आज बस्ने तय भएको बैठक असोज ४ गते आइतबार बस्ने गरी सारिएको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए। ‘आज बस्ने भनिएको बैठक आइतबार बिहान ११ बजे पेरिसडाँडामै बस्नेगरी सारिएको छ,’ उनले भने। तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए। ...
गणेशमान नेपाली राजनीतिका शिखर पुरुष: सभापति देउवा

गणेशमान नेपाली राजनीतिका शिखर पुरुष: सभापति देउवा

राजनीति
असाेज २ काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन् । नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसका अवसरमा आज सभापति देउवाले उहाँकै प्रेरणा र मार्गदर्शनले आफू सानो उमेरमै राजनीतिमा होमिएको बताएका छन् । “मेरो अभिभावक गणेशमान सिंहप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु । तपाईको विचार र मार्गदर्शन अजनवि छ”, सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । यसैगरी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि लौहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनको जाज्वल्यमान इतिहास सर्वमान्य नेता गणेशमान महान त्याग र बलिदानको प्रतिमूर्ति स्वरुप सबैको प्रेरणाको अजस्र स्रोत ...
मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छु :महामन्त्री कोइराला

मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छु :महामन्त्री कोइराला

राजनीति, समाचार
असाेज १ काठमाडौं ।नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताउनुभएको छ । आज भिडियो सन्देश जारी गर्दै उहाँले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताउनु भएको हो । “ मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ”, उहाँले भिडियो सन्देशमा भन्नुभएको छ । कोरोना भाइरस (कोेभिड १९)को सङ्क्रमण देखिएपछि उहाँ मङ्गलबार अस्पताल भर्ना हुनु भएको हो । होम आइसोलेसनमा रहनु भएका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयो । महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उहाँको भिडियो सन्देश जारी गरेको हो ।(रासस) ...
नेता वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यमा शपथ

नेता वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यमा शपथ

राजनीति, समाचार
असाेज १ काठमाडौं ।राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिंहदरबारमा नेता वामदेव गौतमलाई सदस्यताको पद तथा गोपनीयताको शपथ गराउँदै । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार माथिल्लो सदनका सदस्यमा मनोनयन गर्नुभएको थियो । रासस
Gautam nominated member of Upper House

Gautam nominated member of Upper House

राजनीति
Kathmandu, Sept 17:President Bidya Devi Bhandari has nominated Bamdev Gautam from Dakhakwadi -1 of Pyuthan, the member of the National Assembly, the upper house of the federal parliament. The Head-of-State nominated Gautam to the post as per Article 86 (2) (B) of the Constitution of Nepal and on the recommendation of the government, spokesperson at the President Office, Hari Prasad Dahal, stated in a communique, today. As per the constitutional provision, the President nominates three members including at least one woman to the 59-member National Assembly on the recommendation of the federal government. (RSS)
सरुवा भयाे ३४ उपसचिवको

सरुवा भयाे ३४ उपसचिवको

राजनीति, समाचार
असाेज १ काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ ।मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरेको हो । अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ । यस्तो छ सरुवाहरुको सूची :
वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

राजनीति
असाेज १ काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बनेका छन् ।मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले बिहीबार दिउँसो राष्ट्रिय सभा सदस्यको शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गौतम २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । त्यसयता पटक पटक सांसद बन्न प्रयास गरेका भनिएका उनलाई अन्ततः पार्टीको निर्णयका आधारमा सरकारले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सिफारिस गरेको हो । ...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

राजनीति
असोज १ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न मन्त्रिपरिषद बैठक डाकेका छन् ।सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भएका कतिपय एजेण्डामा निर्णय गर्न १२ बजे मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ । बैठकमा यही असोज ३ गते संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूका लागि घोषणा गरिने विभूषणको नामावली टुंग्याउने तयारी छ ।यस्तै विभिन्न मुलुकमा रिक्त राजदूत पदपूर्तिको विषयसमेत टुंग्याउने तयारी भएको स्रोतले जनाएको छ ...
नागरिकले प्रश्न गरे केपी ओलीलाई खतिवडा भित्र कुलमान किन बाहिर ?

नागरिकले प्रश्न गरे केपी ओलीलाई खतिवडा भित्र कुलमान किन बाहिर ?

राजनीति, समाचार
असोज १ काठमाडौ ।सार्वजनिक पदधारी कुनै पनि व्यक्तिको मूल्यांकन तिनले गरेका काम र त्यसबाट निस्केको नतिजालाई हेरेर गरिन्छ।सरकारले कामको मूल्यांकन गरेर जिम्मेवारी दिन्छ भन्ने मान्ने हो भने अहिले कुलमान घिसिडले फेरि नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गरिरहेका हुन्थे। दुर्भाग्य, उनी अहिले निवृत्त जीवनमा प्रवेश गरिसकेका छन्। तर एक साताअघि अर्थमन्त्रीबाट राजीनामा दिएका युवराज खतिवडा भने फेरि पुरस्कृत भइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन्, त्यो पनि मन्त्री पदको सुविधासहित।अर्थमन्त्री खतिवडाको तीनवर्षे कार्यकालमा मुलुकको आर्थिक वृद्धिदर ९गत वर्षबाहेक० ६–७ प्रतिशतले बढेको थियो। गत वर्ष कोभिडका कारण २।३ प्रतिशतमात्र हुने भनिएको छ। ६–७ प्रतिशतको नतिजा आफैंमा नराम्रो होइन। तर दुईतिहाइको सरकारबाट गरिएको अपेक्षाभन्दा कम हो। खतिवडाले तीन वर्षभर...