आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

सरकारी अस्पतालमा कोभिडका बिरामीले भर्ना पाउनै मुस्किल:डा.डिआर उपाध्याय

सरकारी अस्पतालमा कोभिडका बिरामीले भर्ना पाउनै मुस्किल:डा.डिआर उपाध्याय

राजनीति, समाचार
सरकारी अस्पतालमा गरिब मानिसको पहुँच पुग्न सकेन अव जाडो महिना सुरु हुन थाल्यो, त्यसैले होला कोरोना संक्रमित दर पनि बढिरहेको छ । जाडो महिनामा संक्रमण बढि फैलने अनुमान स्वास्थ्य बिज्ञले बताउदै आएका छन । यस्तो अवस्थामा हामी आफैँ सतर्क हुने, भीडभाडमा नजाने, घरबाहिर निस्कनैपरेमा मास्क प्रयोग गर्ने, व्यक्तिगत दूरी कायम गर्ने, साबुनपानीले मिचि मिचि हात धुनेबाहेक हामीसँग अरु कुनै विकल्प छैन । राज्य जनताप्रति गम्भीर र संवेदनशील बन्न सकेन । कोभिड–१९ सँग जुध्नका लागि सर्वसाधरण नागरिकलाई सकस परिरहेको छ । राज्यले केही तयारी गर्न सकेको छैन । आमनागरिकले राज्यलाई बिश्वास गर्ने ठाउँ हराउँदै गएको छ । त्यसो त प्रारम्भिक दिनहरूमा कोरोना संक्रमित हुनेबित्तिकै सम्बन्धित व्यक्तिलाई भर्ना गर्ने, निःशुल्क उपचार गर्ने, संक्रमितको खोजी गर्ने आदि काम सरकारले नगरेको होइन , गरेकै हो । त्यस बेला नागरिकमा राज्यप्रति विश्...
आ–आफ्नै रणनीतिमा शीर्ष नेता:नेकपा विवाद

आ–आफ्नै रणनीतिमा शीर्ष नेता:नेकपा विवाद

राजनीति
कात्तिक १८ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आ–आफ्नो रणनीतिमा जुटेका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू अगामी रणनीति तय गर्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । शीर्ष नेताहरू आपसमा संवाद गर्न छोडेर आ–आफ्नो रणनीति बनाउन लागेपछि कार्यकर्ता तहमा आक्रोश र निराशा सिर्जना भएको छ । ‘अहिले एकले अर्को पक्षको आगामी कदम के हुने भन्ने कुरा चासोका साथ हेरिरहेका छन्,’ स्रोतले भन्यो, ‘एउटा पक्षले कुनै कदम चालेमा अर्को पक्षले पनि सोहीअनुसार अगाडि बढ्ने रणनीति बनाउनमा नै उनीहरू व्यस्त छन् ।’ नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी गम्भीर संकटमा परेको र फुट नजिक पुगेको खुलासा ग...
मिल्लान त ओली–नेपाल ?

मिल्लान त ओली–नेपाल ?

राजनीति
कात्तिक १८ काठमाडौं । गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे । तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले । पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए । कतिले अनुमान लगाए– अब नेकपा विभाजन हुँदैछ, उनलाई फेरि सक्रिय हुन आग्रह भयो । कतिपयले त पूर्व एमाले ब्युँताएर प्रदीप नेपाललाई अध्यक्ष नै बनाउन लागेको भनिदिए । तर, नेपालले भने, ‘पार्टी एकता बचाउन तपाईंले माधव कमरेडलाई सम्झाई दिनुपर्‍यो भन्ने उहाँहरू (ओली निकट नेताहरू) को आग्रह थियो ।’ नभन्दै सोमबार वरिष्ठ नेता माधव नेपाल उनलाई भेट्न गोठाटार पुगे । त्यहाँ उनीहरूबीच करिब दुई घण्टा बातचित भयो । ‘उहाँ (माधव नेपाल) ले हिजो (आइतबार) टेलिफोन गर्नु भएको थियो । तपाईंकहाँ प्रधानमन्त्रीका मान्छे आएछन्, मैले पत्रपत्रिका पढेर थाहा पाएँ...
राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न जरुरी : मन्त्री श्रेष्ठ

राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न जरुरी : मन्त्री श्रेष्ठ

राजनीति
कात्तिक १८ काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न अब देशमा नयाँ नयाँ शहरको पनि विकास गरिने बताएका छन् । नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग आज भएको भेटमा मन्त्री श्रेष्ठले सङ्घीयताको मर्मअनुसार नयाँ शहर र सबै क्षेत्रको पूर्वाधार विकासमा सरकारले प्राथमिकता दिएको बताए । मन्त्री श्रेष्ठले शहरी क्षेत्रका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै शहरीकरणलाई अगाडि बढाइने पनि बताए । उनले आफ्ना कामका बारेमा सही मूल्याङ्कन गरिदिन सञ्चार क्षेत्रलाई आग्रह पनि गरे ।सो क्रममा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेलले सकारात्मक कामको मिडियाले सधै समर्थन गर्ने बताउँदै आलोचनात्मक समाचारका विषयमा सरकारले तत्काल टिप्पणी गर्न नहुने उल्लेख गरे । सोसाइटीका पूर्वध्यक्ष कैलाश सिरोहियाले अब नेपाललाई नयाँ नेपालका रूपमा विकास गर्नुपर्...
स्थानीय तहका रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन

स्थानीय तहका रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन

राजनीति
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई आज पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो । तर उक्त समयमा पनि पदाधिकारीको विवरण नपठाएपछि पुनःतीन दिनभित्र पठाउन मन्त्रालयले ताकेकता गर्दै पत्र पठाएको हो । मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन भनेको छ । यसअघि सरकारले रिक्त पदाधिकारीको विवरण सङ्कलन गरेर निर्वाचन गरेको थियो । गत मङ्सिरमा निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । ध...
युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास

युरोपेली आयोगसँग सहकार्यका क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास

राजनीति
कात्तिक १७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख (राजदूत) नोना डिप्रेजले आज प्रधानमन्त्री निवास बालुवाटारमा गरेको शिष्टाचार भेटमा क्रममा नयाँ राजदूतलाई स्वागत गर्दै उनको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरेका हुन् । भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र इयुबीच धेरै विषयमा समनता रहेको जनाउँदै इयुले कोभिड १९ को रोकथाम र उपचारलगायत विविध विषयमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । जवाफमा राजदूत नोनाले नेपालमा जलवायु परिवर्तनलगायत क्षेत्रमा आफूहरुले थप सहकार्य गर्न चाहेको र विगतदेखि हुँदै आए...
‘बेइज्जत’ भएको भन्दै खुल्ला मञ्चमा निःशुल्क खाना वितरणमा कामपाको रोक

‘बेइज्जत’ भएको भन्दै खुल्ला मञ्चमा निःशुल्क खाना वितरणमा कामपाको रोक

राजनीति
कात्तिक १७ काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चमा निःशुल्क खाना वितरण कार्य रोकेको छ ।सडकमै खाना खुवाउँदा ‘बेइज्जत’ र फोहोरको समस्या बढेको भन्दै महानगरले कोरोना महामारीका कारण समस्यामा पर्दै आएका विपन्न, असहाय र अशक्तलाई निःशुल्क खाना खुवाउने अभियानमा रोक लगाएको हो । केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदै आएका थिए । विगत २२० दिनयता ‘हन्ड्रेड्स ग्रुप्स’ ले कोरोनाका कारण बेरोजगार, असहाय र अशसक्तलाई खुल्ला मञ्चमा दैनिक निःशुल्क खाना खुवाउँदै आएको छ । तर, तीन दिनयता महानगरले नगर प्रहरी परिचालन गरी खाना वितरणमा रोक लगाएको अभियन्ता बताउँछन् । पहिलोचोटी ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न भनेको थियो । महानगरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एक अभियन्ता बद्रीप्रसाद ढुं...
पार्टी विभाजनको दुर्भाग्य निम्तिन लाग्यो : उपप्रधानमन्त्री पोखरेल

पार्टी विभाजनको दुर्भाग्य निम्तिन लाग्यो : उपप्रधानमन्त्री पोखरेल

राजनीति
कात्तिक १७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्।नेपाल कम्युनिस्ट पाटी (नेकपा)को विवाद चरम उत्कर्षमा पुगेका बेला नेता पोखरेलले पनि आफ्नो अभिमत सामाजिक सञ्जालबाट व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’ उनले एकताकाबेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् । उनले यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनेर खवरदारी गर्दै  व्यक्तिगत स...
नेकपा बिभाजनको मुखमा पुग्यो भने देशमा गम्भिर संकट आउने खतरा:डा.डिआर उपाध्याय

नेकपा बिभाजनको मुखमा पुग्यो भने देशमा गम्भिर संकट आउने खतरा:डा.डिआर उपाध्याय

राजनीति, समाचार
के नेकपा फुटको संघारमा पुगेकै हो त ? सत्तारुढ दल नेकपाभित्र फेरि विवाद सुरु भएको छ । यसले आम नेपाली जनतालाई चिन्तित बनाएको छ । यति खेर मुलुकमा गम्भीर स्वास्थ्य संकट परेको छ । आम नागरिक उपचार नपाएर छटपटाईरहेका छन । यतिबेला नेकपाको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । यो विाद गर्ने बेला होइन । सत्तारुढ दल नेकपा भावनात्मक रुपमा एक भएर अघि बढनु पर्छ । यो अहिलेको आबश्यकता हो । नेकपा बिभाजन हुने हो की भनेर नेता, कार्यकर्ता चिन्तित छन । त्यो अवस्था कुनै हालतमा आउन दिनु हुदैन । यदि नेकपा बिभाजनको मुखमा पुग्यो भने देशमा गम्भिर संकट आउने खतरा छ । साना तिना कुरामा अल्झिएर विवाद बढाउनु उचित छैन । नेकपा बलियो बनेर अघि बढनु पर्छ । आम नागरिकको चाहना यो हो । दुई पाटी मिलेको देखेर नै नागरिकले आम निर्वाचनमा बहुमत दिएका हुन । जनताको यो मतलाई खेलवाड गर्न मिल्दैन । देशको बिकास , समृद्धि र सुशासन कायम ...
कोरोना संक्रमणका कारण पूर्व मन्त्री विश्वकर्माको अवस्था गम्भीर

कोरोना संक्रमणका कारण पूर्व मन्त्री विश्वकर्माको अवस्था गम्भीर

राजनीति
कात्तिक १६ काठमाडौं । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको भेण्टिलेटरमा राखेर उपचार थालिएको छ । दुई साताअघि संक्रमण पुष्टि भएका विश्वकर्मालाई शुरुमा उपचारार्थ वीर अस्पतालमा भर्ना गरिएको थियो ।तर,धेरै दिनसम्म पनि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि धापासीस्थित ग्राण्डी अस्पताल लगिएको छ । यसबीच निमोनियासमेत देखिएपछि हिजोदेखि भेण्टिलेटरमा राखिएको छ ।प्रतिनिधि सभाका पूर्व सांसद विश्वकर्मा यसअघि मन्त्री बनेका थिए ।उनी काँग्रेस निकट नेपाल दलित संघका अध्यक्ष हुन् । ...