आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

तीन राजदूतद्वारा शपथ ग्रहण

तीन राजदूतद्वारा शपथ ग्रहण

राजनीति
कात्तिक १६ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी (बेल्जियम), तापस अधिकारी (पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुएका प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।रासस ...
कांग्रेसको सभापतिमा सुजता कोइराला उम्मेदवारी दिन तयार

कांग्रेसको सभापतिमा सुजता कोइराला उम्मेदवारी दिन तयार

राजनीति
कात्तिक १६ काठमाडौं ।लामो समय देखि कांग्रेसको विदेश विभागको नेतृत्वको अनुभव बटुलेकी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री तथा पुर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । पार्टीका लागि त्याग गरेका इमान्दार नेता कार्यकर्ताहरुको उचित मुल्यांकन नहुँदा पार्टीका अग्रज तथा युवापुस्ताबिच समन्वय गरी देशलाई एउटा निकास दिने अठोटका साथ आफु अगामी हुने महाधिवेशनमा सहभापतिको पदमा उम्मेदवारी दिने घोषणा गरेको कोइरालाले एक कार्यक्रममा जानकारी गराएकी छिन् । उनले उक्त कार्यक्रममा वर्तमान समयमा पार्टी नेतृत्वको काम प्रति अशन्तुष्ट हुँदै पार्टी देश र जनताको भन्दा पनि आफु केन्द्रित भएकाले पार्टीलाई पुर्नजिवन दिन र रुपान्तरित भएर काम गर्नुपर्ने समयको आएको बताएकी छिन् । यस भन्दा अघि कोइराला परिवारबा...
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जिते कोरोना

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जिते कोरोना

राजनीति
कात्तिक १६ हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत रहेका छन् । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ । रासस ...
कोभिडले अर्थतन्त्रमा देखिएको संकुचन पुरानै लयमा फर्काउन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

कोभिडले अर्थतन्त्रमा देखिएको संकुचन पुरानै लयमा फर्काउन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

राजनीति
कात्तिक १५ काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् ।कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भिर संकुचन देखा परेको बताएका हुन् । कोभिडको कारण देखा परेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण भएपनि आफुले अधिकतम प्रयास गर्ने उनले बताए। स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ अर्थमन्त्री पौडेलले जोड दिए। मानिसको जीवन र जिविकाको रक्षाको निमित्त अहिलेको परिस्थितिको सीमा भित्र रहेर चुनौतिहरुलाई सामना गर्दै रो...
प्रचण्डले प्रधानमन्त्रीलाई भने- सचिवालय बैठक बोलाऔं

प्रचण्डले प्रधानमन्त्रीलाई भने- सचिवालय बैठक बोलाऔं

राजनीति
कात्तिक १५ काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका छन्। १२ दिनपछि भेटघाटका लागि शनिबार बालुवाटार पुगेका अध्यक्ष दाहालले ओलीसँग पछिल्लो दिनमा घटेका राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए। त्यसक्रममा दाहालले पार्टीको सचिवालय बैठक बोलाएर छलफल गरिनुपर्ने धारणा राखेको उनीनिकट स्रोतले बतायो।दाहालले कर्णाली सरकारमाथि गएको अविश्वास प्रस्ताव, रअ प्रमुखसँग सुटुक्क भेटघाट गरेको प्रसंग, पर्सा घटना र कोभिड-१९ बारे धारणा राखेका थिए। तर, दाहालले राखेका धारणामाथि ओलीले जवाफ नदिएको स्रोतले बतायो।पार्टीमा अनुमोदन नगराई निर्णय लिन थालेपछि दाहाल र ओलीबीच पुन: तिक्तता सुरू भएको छ। यसअघि लामो रस्साकस्सीबीच नेकपा विवाद साम्य भएको थियो। तर, पछिल्ला राजनीतिक घटनापछि दाहाल-ओली भेटघाट नै बन्द भएको थ...
सांसद- मन्त्रीहरूलाई कोरोनाको परीक्षण र उपचार निःशुल्क तर जनताको उपचारका लागि लाखौं रुपैयाँ धरौटी

सांसद- मन्त्रीहरूलाई कोरोनाको परीक्षण र उपचार निःशुल्क तर जनताको उपचारका लागि लाखौं रुपैयाँ धरौटी

राजनीति, समाचार
१५ कात्तिक, काठमाडौं । सरकारले २ कात्तिकदेखि लक्षित समूहमा नपरेका जनताको कोरोना भाइरस (कोभिड–१९) परीक्षण कतथा उपचार निःशुल्क गर्न छाडेको छ । तर निजी अस्पतालहरुले लाखौं रुपैयाँ धरौटी जम्मा गर्न नसक्ने कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् भने सरकारी अस्पतालहरुले पनि उपचारका लागि धरौटी जम्मा गर्न धमाधम उर्दी जारी गरेका छन् । तर, नेपाल सरकारका मन्त्री तथा संघीय सांसदहरुले भने कोरोना परीक्षण र उपचारको खर्च आफ्नो खल्तीबाट हाल्नु पर्दैन । उनीहरुको उपचार सरकारी खर्चबाटै हुन्छ । संक्रमण भएको शंका लाग्यो, कन्ट्रयाक ट्रेसिङमा प¥यो वा लक्षण देखियो भने मन्त्री र सांसदहरू परीक्षण र उपचार गर्न नजाने कुरै भएन ।अर्थ मन्त्रालयका एक सहसचिवले भने- नेपालमा कोरोना परीक्षण र उपचारको खर्च आफैँ व्यहोर्छु भन्ने एक जना सांसद वा नेता वा मन्त्री भेटिएका छैनन् त्यसपछि उनीहरूले परीक्षण र उपचारमा लागेको...
रअ प्रमुख भेटबारे प्रधानमन्त्रीको प्रस्टीकरण : मोदीले दूत पठाउँछु भने, सामन्त पो आएछन्

रअ प्रमुख भेटबारे प्रधानमन्त्रीको प्रस्टीकरण : मोदीले दूत पठाउँछु भने, सामन्त पो आएछन्

राजनीति
कात्तिक १४ काठमाडौं । पार्टी विवाद उत्कर्षतिर अभिमुख हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्रीहरू पुनः काठमाडौंमा सक्रिय हुन थालेका छन् ।शंकर पोखरेलले प्रधानमन्त्री ओलीको सन्देश बोकेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमटार र बालुवाटार ओहोरदोहोर गरिरहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि काठमाडौंमै छन् । ओलीनिकट नेताहरूले प्रचण्डसँग पनि संवाद लिइरहेका छन् साथै प्रधानमन्त्रीसँग पनि दिनहुँजसो छलफल गरिरहेका छन् । उनीहरूले प्रचण्डसँगको असन्तुष्टिको कारण पनि बुझिरहेका छन् । ओलीनिकट नेताहरूले भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्त कुमार गोयल सँगको भेटबाट पनि चासो राखेका थिए । ‘हामीले प्रधानमन्त्रीलाई गोयल नै किन आए, उनीहरूले अरू राजनीतिक दूत किन पठाएनन् ? भनेर पनि चासो राख्यौं’, प्रधानमन्त्रीसँगको छलफलमा सहभागी एक नेताले भने, ‘प्रधानमन्...
जनताको मतलाई खेलवाड गर्न मिल्दैन:डा.डिआर उपाध्याय

जनताको मतलाई खेलवाड गर्न मिल्दैन:डा.डिआर उपाध्याय

राजनीति
कात्तिक १४ काठमाडौं । अहिले मुलुकमा साढे दुई वर्षभन्दा लामो समयदेखि कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको जननिर्वाचित सरकार छ । यो सरकारलाई जनहितको पक्षमा काम गर्न केले छेक्यो ? बहाना वाजी मात्र गरेर पाँच बर्षको समय बिताउने की काम गरेर देखाउने ? नेकपाका लागी यो काम गर्ने ठूलो अवसर हो , सधै भरी अवसर नआउन पनि सक्छ । जोश ,जाँगर र उत्साहका साथ काम हुनु पर्दथ्यो , मेसो केहि छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको पनि साढे दुई वर्षभन्दा बढि भै सक्यो । एक्लै दुई तिहाई बहुमत नजिकको संघीय सरकार छ । सातवटा प्रदेशमध्ये ६ वटामा नेकपाकै दुई तिहाइ बहुमतका सरकार छन् । यो सरकारलाई काम गर्न केले बाधा पुयाएको छ ? अचम्म लाग्दो कुरा यो छ । कम्युनिष्ट पार्टीको यो सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारा अघि सारेको पनि साढे दुई वर्षभन्दा बढि भै सक्य...
चौरसियाका हत्यारालाई कारबाही गर्न नेकपाका ३५ केन्द्रीय नेताको माग

चौरसियाका हत्यारालाई कारबाही गर्न नेकपाका ३५ केन्द्रीय नेताको माग

राजनीति
कात्तिक १३ काठमाडौं । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ स्थित प्रसौनीमा नेकपा स्थानीय नेताको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थायी समिति सदस्य मातृका यादवसहित ३५ नेताले विज्ञप्ति जारी गरेका छन् । सो विज्ञप्तिमा विन्दवासिनी गाउँपालिकाका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्याबारे गम्भीर ध्यानाकर्षण भएको र हत्या सुनियोजित भएको उल्लेख गरिएको छ । ‘घटनाको प्रकृति हेर्दा, पार्टीको गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु निर्विवादित थिए । शपथग्रहण हुन मात्र बाँकी थियो । शपथग्रहण हुनुअघि नै केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुको योजनामा अपराधीहरु बाँसको भाटालगायतका हतियारहरु बोकी कार्यक्रम स्थल पुगे’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको झण्डा र ब्यानरहरु च्यात्न थाले क मुकेश चौरसियाले रोक्न खोज्नु भयो । अपराधीहरुले उहाँ लगायत निहत्था कमरेडहरुमाथि आक्रमण गरे । क...
मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित

मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित

राजनीति
कात्तिक १३ काठमाडौं । मुख्यसचिब शंकरदास बैरागी कोरोना संक्रमित भएका छन्। मुख्यसचिब बैरागीले आफू संक्रमित भएको जानकारी दिएका छन्। उनले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘म कोरोना पोजेटिभ भएको छु। मेरो सम्पर्कमा आउनु भएका महानुभावहरुलाई आवश्यक सुरक्षा अपनाउन अनुरोध गर्दछु।’ मुख्यसचिब बैरागीले आफ्नो स्वास्थ्यबारे भने केही जानकारी दिएका छैनन्। मुख्यसचिब संक्रमित भएसँगै देशको सर्वोच्च प्रशासनिक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। ...